मुख्य समाचार
बाल क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्क औषधिको पहिलो खेप आइपुग्यो
बाल क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्क औषधिको पहिलो खेप आइपुग्यो

। बाल क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्क औषधिको पहिलो खेप आइपुगेको छ । अमेरिकाको सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च हस्पिटलको सहकार्यमा विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले नेपाललाई ३५ थरीको औषधि निःशुल्क दिने सम्भौता भएको थियो ।

सोही सम्झौताअनुसार आइतबार पहिलो खेप औषधि आइपुगेको विश्व स्वास्थ्य संगठन नेपालका बाल क्यान्सर अधिकृत डा.सुमन पन्थीले जानकारी दिए।

डब्लुएचओ नेपालका अनुसार क्रमैसँग थप औषधि उपलब्ध हुनेछ। पहिलो खेपमा २३०० भन्दा बढी प्याकेट औषधि आएका छन् ।

यी औषधीहरू क्यान्सरबाट प्रभावित बालबालिकाको उपचारका लागि प्रयोग गरिनेछन् । अहिले आएको औषधि तत्कालका लागि नेपालका ४ अस्पताललाई दिइँदैछ।

भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन अस्पताल र भतरपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालले औषधि पाउनेछन्।

सरकारले २०८१ मंसिर १ गतेबाट लागु हुनेगरी तोकिएका अस्पतालहरूमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने घोषणा गरेको छ । अत्यावश्कय औषधि नि:शुल्क आएपछि उपचार सहज हुने अपेक्षा छ ।

नेपालमा हाल बाल क्यान्सर निको हुने दर करिब ३० प्रतिशत मात्रै छ। नेपालले सन २०३० सम्म बाल क्यान्सर निको हुनेदर कम्तिमा ६० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ।

बाल क्यान्सरको निःशुल्क औषधि आएपछि निको हुने दर बढ्ने र लक्ष्य प्राप्तिमा सहयोग पुग्ने डा.पन्थीले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वीर अस्पतालको निर्देशकमा डा.विकास नेपाल नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) का उपकुलपतिको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा.नेपाललाई वीरको निर्देशकमा नियुक्त दिएकी हुन् । ११औँ तहका डा.नेपाल ग्यास्ट्रो सर्जन हुन् । त्यसै गरी सहायक निर्देशकमा डा.अपार लामिछाने र अनिता विसी नियुक्त भएका छन् । यस भन्दा अगाडि सरकारले रुपमा डा.प्रभा ...
। जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् । सङ्क्रमितमा मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जना छन् । स्वास्थ्य कार्यालय ...
। सुर्खेतको चौकुने गाउँपालिका–१० चालिखेकी ५६ वर्षीया देउमा कामीको सर्पको टोकाइबाट मृत्यु भएको छ । बुधबार बिहान घरमा हात धुने क्रममा दायाँ हातको चोर औँलामा सर्पले डसेपछि उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा उनको मृत्यु भएको हो । मृतकका देवर बाल विंक अनुसार सर्पले टोकेपछि देउमालाई सुरुमा पश्चिम बाजुरा चौरस्थित पलाईतेको स्वास्थ्य संस्थामा लगिएको थियो । ...
। सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुँदै आएका औषधिको सूची परिमार्जन गरेको छ । स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागु गर्दै बीमामार्फत उपलब्ध हुने औषधिको संख्या घटाएको हो । यससँगै अब स्वास्थ्य बीमा कार्यक्रमबाट १ हजार १०२ प्रकारका औषधि उपलब्ध हुनेछन् । बोर्डका सुचना अधिकारी विकेश मल्लका अनुसार यसअघि बीमा कार्यक्रमअन्तर्गत १ हजार २८९ प्रकारका औषधि ...
: वीरगन्जको नारायणी अस्पतालमा सर्पले टोकेपछि बिरामीलाई लगाइने एन्टी स्नेक भेनम (एएसभी) नामक इन्जेक्शन (सुई) दुई दिनदेखि सकिएको छ । जसका कारण सर्पले डसेका बिरामीहरुलाई अस्पतालले अन्यत्र पठाउन थालेको छ । सोमबार नारायणी अस्पताल प्रशासनले नै एक सूचना जारी गर्दै सर्पले टोकेपछि बिरामीलाई लगाइने एन्टी स्नेक भेनम इन्जेक्शनको मौज्दात अस्पतालमा सोमबारदेखि सकिएको र तालुक कार्यालयबाट ...