मुख्य समाचार
संसद्मा झुट बोलेको अभियोगमा सिंगापुरका विपक्षी नेतालाई जरिवाना
संसद्मा झुट बोलेको अभियोगमा सिंगापुरका विपक्षी नेतालाई जरिवाना

: सिंगापुरका विपक्षी दलका नेतालाई संसद्मा झुट बोलेको र पार्टीका एक सदस्यलाई झुटो साक्षीको विवरण ढाकछोप गर्न सहयोग गरेको अभियोगमा सोमबार जरिवाना गरिएको छ। सिंगापुर वर्कर्स पार्टीका महासचिव ४८ वर्षीय प्रितम सिंहलाई एक सांसदमाथि छानबिन गरिरहेको संसदीय समितिसमक्ष झुट बोलेको अभियोगमा जिल्ला अदालतले दोषी ठहर गरेको हो।


केही महिनाभित्रै हुने चुनावमा सत्तारूढ पिपुल्स एक्सन पार्टी (पीएपी) को अत्यधिक प्रभुत्वलाई चुनौती दिन खोजिरहेको बेला यो सजाय आएको हो। पीएपीले सन् १९५९ देखि धनी सहर–राज्यमा शासन गर्दै आएको छ।

सिंहले समितिलाई भनेको कुरा विपरीत सांसद रइसाह खानलाई संसद्मा आफ्नो झुटलाई ढाकछोप गर्न भनिए पनि सिकाएअनुसार ‘बनावटी कुरा’ गर्दै गर्दा उनी चुकेको देखिएको जिल्ला अदालतका न्यायाधीश ल्युक टानले बताए। न्यायाधीशले खानको बयानलाई उद्धृत गर्दै भने, ‘सिंहले खानलाई बैठकको क्रममा आफ्नो दाबीलाई बास्तविक प्रमाणित गर्न’ हदैसम्मको अभिनय गर्न भनेका रहेछन् तर खानले सिंहले भनेजस्तो गर्न सकेनन्।’


अदालत बाहिर पत्रकारहरूसँग बोल्दै आफूलाई राजनीतिक प्रतिशोध लिने मनसायबाट सत्ताधारी मान्छेहरूले फसाएको सिंहले आरोप लगाए। ‘मसँग भएको सल्लाह र मलाई शुभेच्छुकहरूले दिएको सल्लाहको आधारमा म आम चुनावमा भाग लिनेछु,’ उनले भने, मलाई कानुन एकदम स्पष्ट छ भनेर सल्लाह दिइएको छ। निर्वाचन विभागले पछि विज्ञप्ति जारी गर्ने छ भन्ने मैले बुझेको छु। यो चुनाव सजिलो हुने वाला छैन। हामीले कडा संघर्ष गर्नुपर्ने छ र हामी त्यही गर्ने छौं।’

सिंहलाई प्रत्येक अभियोगमा ७ हजार सिंगापुर डलर जरिवाना गर्ने अदालतको फैसलाविरुद्ध अपिल गर्ने सिंहले बताए। सिंहले भने, ‘विपक्षी राजनीति रोज्ने बाटो कमजोर मन भएकाहरूका लागि होइन।’

संविधानअनुसार न्यूनतम १० हजार सिंगापुर डलर (७ हजार ४०० अमेरिकी डलर) जरिवाना वा कम्तीमा एक वर्षको जेल सजाय पाउने व्यक्ति निर्वाचनमा भाग लिन वा पाँच वर्षसम्म संसदीय सिट धारण गर्न अयोग्य ठहरिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाको मिसिसिपी राज्यमा भएको सामूहिक गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ। राज्यको एक हाई स्कुलमा भएको अन्धाधुन्ध गोलीबारीमा १२ जना घाइते भएका छन्। गम्भीर घाइते भएका चार जनालाई हेलिकप्टरबाट स्थानीय अस्पताल लगिएको सहरका मेयर जोन लीले बताए। उनले अनुसन्धान जारी रहेको र घटनाको कारण पत्ता लगाउने काम भइरहेको बताए।
: इजरायल र हमासबीच युद्धविराम लागू भएपछि हमासलाई बन्धक बनाइएकालाई रिहा गर्न ७२ घण्टाको समय दिइएको छ। हमासले इजरायलले केही उच्च प्रोफाइल प्यालेस्टिनी कैदीलाई रिहा गर्न चाहेको छ। उनीहरुको नाम इजरायली न्याय मन्त्रालयले शुक्रबार रिहा गरेका करिब २५० कैदीको सूचीमा समावेश गरिएको थिएन। युद्धविरामको पहिलो चरणको सर्तअन्तर्गत गाजामा ठुलो मात्रामा मानवीय सहायता पुर्‍याउनु पर्ने थियो। ...
: अमेरिकामा जारी सरकारी बन्दका बीचमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले डेमोक्र्याटलाई दबाब दिन हजारौँ संघीय सरकारी कर्मचारीलाई हटाउन थालेको छ। ह्वाइट हाउस अफिस अफ म्यानेजमेन्टका निर्देशक रसेल भोटले एक्समा पोस्ट गर्दै भने, ʻआरआईएफ सुरु भएका छन्।ʼ आरआईएफको अर्थ ʻकार्यबलमा कमीʼ हो। रसेल भोटको कार्यालयका प्रवक्ताले कर्मचारी कटौती सुरु भएको पुष्टि गर्दै यो महत्त्वपूर्ण भएको बताए। ...
: इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहाइ सम्झौताको घोषणाले गाजाका जनतामा खुशी ल्याएको छ। यसैबीच इजरायली सेना गाजाका केही क्षेत्रबाट आंशिक फिर्ता हुन थालेका छन्। गाजाका बासिन्दाहरूले बीबीसीलाई बताएअनुसार इजरायली सेना गाजा शहरको उत्तरपश्चिमको बाहिरी इलाकाबाट फिर्ता गएका छन्। पूर्वमा रहेको पहेँलो रेखा तिर फर्किएका छन्। इजरायली सेनाले सम्झौताको एक भागको रूपमा ...
: इजरायल–हमास युद्धविराम र कैदी रिहाइ सम्झौतामा पुगेका छन्। तर गाजामा मृत्यु हुने क्रम जारी छ। हमास नियन्त्रित गाजा स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा १७ जनाको मृत्यु भएको र ७१ जना घाइते भएको जनाएको छ। मन्त्रालयले अक्टोबर ७, २०२३ देखि जारी द्वन्द्वमा मृत्यु हुनेको संख्या ६७,२११ पुगेको बताएको छ। तर यसबारे इजरायलबाट तत्काल कुनै टिप्पणी आएको छैन। संयुक्त राष्ट्र ...