मुख्य समाचार
कतारी अमीर शेख तमिम बिन हमद अल-थानी भारत पुगे
कतारी अमीर शेख तमिम बिन हमद अल-थानी भारत पुगे

: कतारी अमीर शेख तमिम बिन हमद अल-थानी सोमबार राति भारत पुगेका छन्। उनलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैं नयाँ दिल्ली विमानस्थलमा गएका थिए।


प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स मा लेखेका छन्, 'मेरो भाइ कतारका अमीर शेख तमिम बिन हमद अल-थानीलाई स्वागत गर्न विमानस्थलमा गएको थिएँ। मलाई आशा छ उनको भारत भ्रमण सफल हुनेछ। म मंगलबारको बैठकको बारेमा उत्साहित छु।'

त्यस्तै भारतका विदेशमन्त्री एस. जयशंकरले इन्स्टाग्राममा कतारका अमीर शेख तमिम बिन हमद अल-थानी भारत भ्रमणमा आइपुगेका जनाएका छन्। उनले लेखेका छन्, 'मलाई विश्वास छ कि प्रधानमन्त्री मोदीसँगको उनको भेटले दुई देशबीचको मित्रतालाई अझ बलियो बनाउनेछ।'


भारतीय विदेश मन्त्रालयका अनुसार कतारका अमीर शेख तमिम बिन हमद अल-थानी फेब्रुअरी १७ र १८ मा भारतको भ्रमणमा रहने छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इजरायल र हमासबीच युद्धविराम लागू भएपछि हमासलाई बन्धक बनाइएकालाई रिहा गर्न ७२ घण्टाको समय दिइएको छ। हमासले इजरायलले केही उच्च प्रोफाइल प्यालेस्टिनी कैदीलाई रिहा गर्न चाहेको छ। उनीहरुको नाम इजरायली न्याय मन्त्रालयले शुक्रबार रिहा गरेका करिब २५० कैदीको सूचीमा समावेश गरिएको थिएन। युद्धविरामको पहिलो चरणको सर्तअन्तर्गत गाजामा ठुलो मात्रामा मानवीय सहायता पुर्‍याउनु पर्ने थियो। ...
: अमेरिकामा जारी सरकारी बन्दका बीचमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले डेमोक्र्याटलाई दबाब दिन हजारौँ संघीय सरकारी कर्मचारीलाई हटाउन थालेको छ। ह्वाइट हाउस अफिस अफ म्यानेजमेन्टका निर्देशक रसेल भोटले एक्समा पोस्ट गर्दै भने, ʻआरआईएफ सुरु भएका छन्।ʼ आरआईएफको अर्थ ʻकार्यबलमा कमीʼ हो। रसेल भोटको कार्यालयका प्रवक्ताले कर्मचारी कटौती सुरु भएको पुष्टि गर्दै यो महत्त्वपूर्ण भएको बताए। ...
: इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहाइ सम्झौताको घोषणाले गाजाका जनतामा खुशी ल्याएको छ। यसैबीच इजरायली सेना गाजाका केही क्षेत्रबाट आंशिक फिर्ता हुन थालेका छन्। गाजाका बासिन्दाहरूले बीबीसीलाई बताएअनुसार इजरायली सेना गाजा शहरको उत्तरपश्चिमको बाहिरी इलाकाबाट फिर्ता गएका छन्। पूर्वमा रहेको पहेँलो रेखा तिर फर्किएका छन्। इजरायली सेनाले सम्झौताको एक भागको रूपमा ...
: इजरायल–हमास युद्धविराम र कैदी रिहाइ सम्झौतामा पुगेका छन्। तर गाजामा मृत्यु हुने क्रम जारी छ। हमास नियन्त्रित गाजा स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा १७ जनाको मृत्यु भएको र ७१ जना घाइते भएको जनाएको छ। मन्त्रालयले अक्टोबर ७, २०२३ देखि जारी द्वन्द्वमा मृत्यु हुनेको संख्या ६७,२११ पुगेको बताएको छ। तर यसबारे इजरायलबाट तत्काल कुनै टिप्पणी आएको छैन। संयुक्त राष्ट्र ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर १ देखि चीनबाट आयात हुने सामानमा थप १०० प्रतिशत भन्सार लगाउने बताएका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले अमेरिकाले अत्यावश्यक सफ्टवेयरको निर्यातलाई पनि नियन्त्रण गर्ने बताएका हुन्। चीनले यस हप्ता दुर्लभ पृथ्वीको निर्यातमा नियन्त्रण कडा पारेको छ। त्यसपछि ट्रम्पले चीनले धेरै शत्रुतापूर्ण मनोवृत्ति अपनाएको र संसारलाई कब्जा गर्न खोजेको आरोप लगाए। ट्रम्पले ...