मुख्य समाचार
दक्षिण कोरियाले चिनियाँ एआई च्याटबट ‘डिपसिक’को डाउनलोडमा प्रतिबन्ध
दक्षिण कोरियाले चिनियाँ एआई च्याटबट ‘डिपसिक’को डाउनलोडमा प्रतिबन्ध

— दक्षिण कोरियाले चिनियाँ एआई च्याटबट ‘डिपसिक’को डाउनलोडमा प्रतिबन्ध लगाएको छ । दक्षिण कोरियाको व्यक्तिगत जानकारी सुरक्षा आयोगका अनुसार डिपसिकले डेटा संरक्षणको कानुन सुधार गर्न आवश्यक छ । आयोगले सुधारको आग्रह गर्दै, सुधार नभएसम्म कोरियाली प्रयोगकर्ताका लागि उपलब्ध नहुने बताएको हो ।


गत साता डिपसिक विश्वभर चर्चित भएपछि दक्षिण कोरियामा पनि यसका प्रयोगकर्ता तीव्र रुपमा बढेका थिए । एप स्टोरको शीर्ष स्थानमा पुगेको यो एप सातामा १० लाखभन्दा बढीले डाउनलोड गरेका थिए । तर यो एपले व्यक्तिगत गोपनियता र राष्ट्रिय सुरक्षासँग सम्बन्धित चिन्ताहरु ल्याएको कारण विभिन्न देशहरुले यसमा प्रतिबन्ध लगाएका छन् ।


दक्षिण कोरियाका केही सरकारी निकायहरूले आफ्ना कर्मचारीलाई काम गर्ने उपकरणहरूमा डिपसिक डाउनलोड गर्न नदिने निर्णय गरेपछि शनिबार साँझदेखि यो एप एप्पल स्टोर र गुगल प्ले स्टोरमा उपलब्ध छैन ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई सांग–मोकले डिपसिकलाई ‘सक’ अर्थात झड्का भन्दै यसले एआई मात्रै नभई अन्य उद्योगहरूमा पनि प्रभाव पार्न सक्ने बताएका छन् । यद्यपि, पहिल्यै डाउनलोड गरिएको डिभाइसमा भने एप प्रयोग गर्न मिल्छ र यसको वेबसाइट पनि प्रयोग गर्न सकिन्छ ।

दक्षिण कोरिया मात्र होइन, ताइवान र अस्ट्रेलियाले पनि यसलाई सरकारी उपकरणहरूमा प्रतिबन्ध लगाएका छन् । इटालीको नियामक निकायले पनि डिपसिकलाई यसको गोपनीयता नीति सुधार गर्न आग्रह गरेको छ । सुधार नहुन्जेल एप स्टोरमा डिपसिक उपलब्ध नहुने नियामक निकायले जनाएको छ ।

त्यसैगरी, अमेरिकामा सांसदहरूले सरकारी उपकरणहरूमा डिपसिक प्रतिबन्ध लगाउने प्रस्ताव राखेका छन् । टेक्सास, भर्जिनिया र न्यूयोर्क राज्यमा सरकारी कर्मचारीहरूलाई एप प्रयोग गर्न नदिने नियम लागू भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाको मिसिसिपी राज्यमा भएको सामूहिक गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ। राज्यको एक हाई स्कुलमा भएको अन्धाधुन्ध गोलीबारीमा १२ जना घाइते भएका छन्। गम्भीर घाइते भएका चार जनालाई हेलिकप्टरबाट स्थानीय अस्पताल लगिएको सहरका मेयर जोन लीले बताए। उनले अनुसन्धान जारी रहेको र घटनाको कारण पत्ता लगाउने काम भइरहेको बताए।
: इजरायल र हमासबीच युद्धविराम लागू भएपछि हमासलाई बन्धक बनाइएकालाई रिहा गर्न ७२ घण्टाको समय दिइएको छ। हमासले इजरायलले केही उच्च प्रोफाइल प्यालेस्टिनी कैदीलाई रिहा गर्न चाहेको छ। उनीहरुको नाम इजरायली न्याय मन्त्रालयले शुक्रबार रिहा गरेका करिब २५० कैदीको सूचीमा समावेश गरिएको थिएन। युद्धविरामको पहिलो चरणको सर्तअन्तर्गत गाजामा ठुलो मात्रामा मानवीय सहायता पुर्‍याउनु पर्ने थियो। ...
: अमेरिकामा जारी सरकारी बन्दका बीचमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले डेमोक्र्याटलाई दबाब दिन हजारौँ संघीय सरकारी कर्मचारीलाई हटाउन थालेको छ। ह्वाइट हाउस अफिस अफ म्यानेजमेन्टका निर्देशक रसेल भोटले एक्समा पोस्ट गर्दै भने, ʻआरआईएफ सुरु भएका छन्।ʼ आरआईएफको अर्थ ʻकार्यबलमा कमीʼ हो। रसेल भोटको कार्यालयका प्रवक्ताले कर्मचारी कटौती सुरु भएको पुष्टि गर्दै यो महत्त्वपूर्ण भएको बताए। ...
: इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहाइ सम्झौताको घोषणाले गाजाका जनतामा खुशी ल्याएको छ। यसैबीच इजरायली सेना गाजाका केही क्षेत्रबाट आंशिक फिर्ता हुन थालेका छन्। गाजाका बासिन्दाहरूले बीबीसीलाई बताएअनुसार इजरायली सेना गाजा शहरको उत्तरपश्चिमको बाहिरी इलाकाबाट फिर्ता गएका छन्। पूर्वमा रहेको पहेँलो रेखा तिर फर्किएका छन्। इजरायली सेनाले सम्झौताको एक भागको रूपमा ...
: इजरायल–हमास युद्धविराम र कैदी रिहाइ सम्झौतामा पुगेका छन्। तर गाजामा मृत्यु हुने क्रम जारी छ। हमास नियन्त्रित गाजा स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा १७ जनाको मृत्यु भएको र ७१ जना घाइते भएको जनाएको छ। मन्त्रालयले अक्टोबर ७, २०२३ देखि जारी द्वन्द्वमा मृत्यु हुनेको संख्या ६७,२११ पुगेको बताएको छ। तर यसबारे इजरायलबाट तत्काल कुनै टिप्पणी आएको छैन। संयुक्त राष्ट्र ...