मुख्य समाचार
राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक पारस्परिक(रेसिप्रोकल) कर लगाउने कुरा दोहोर्‍याएका छन्
राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक पारस्परिक(रेसिप्रोकल) कर लगाउने कुरा दोहोर्‍याएका छन्

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक पारस्परिक(रेसिप्रोकल) कर लगाउने कुरा दोहोर्‍याएका छन्। उनले विश्वभरका देशहरूमा पारस्परिक भन्सार लगाउने कुरा गरेका छन्।


'व्यापारमा, पारदर्शिताको खातिर मैले पारस्परिक र लगाउने निर्णय गरेको छु,' उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'यसको अर्थ जुन देशले अमेरिकामा जति कर लगाउँछ उक्त देशमा हामी पनि त्यति नै कर लगाउनेछौं। न कम न बढी।'

यो सबैका लागि निष्पक्ष हुने ट्रम्पले बताएका छन्। कुनै पनि देशले यसबारे गुनासो गर्न नसक्ने उनको भनाइ छ। कुनै देशलाई अमेरिकाले धेरै कर लगाएको भन्ने लाग् भने सो देशले पनि अमेरिका विरुद्ध लगाउँदै गरेको शुल्क घटाउनु वा हटाउनु पर्ने हुन्छ।


अमेरिकामै बनेका उत्पादनहरूमा भने कर नलाग्ने उनले बताए।

राष्ट्रपति ट्रम्पले फेब्रुअरी १३ मा एक ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए, त्यसमा रेसिप्रोकल करको योजना बनाउन आदेश दिइएको थियो।

यस विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पले निष्पक्ष, स्वतन्त्र, पारस्परिक व्यापारको योजना घोषणा गरेको ह्वाइट हाउसले जनाएको थियो।

ह्वाइट हाउसले संयुक्त राज्य अमेरिकाले अब अर्को देशले गरेको अत्यधिक मूल्य निर्धारण सहन नसक्ने जनाएको थियो। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...