मुख्य समाचार
नेपाली विद्यार्थीलाई दूर्व्यवहार गर्ने केआईआईटी छात्रावासका दुई सुरक्षा कर्मचारी बर्खास्त, आइआरओका अधिकारी निलम्बन
नेपाली विद्यार्थीलाई दूर्व्यवहार गर्ने केआईआईटी छात्रावासका दुई सुरक्षा कर्मचारी बर्खास्त, आइआरओका अधिकारी निलम्बन

: नेपाली विद्यार्थीलाई दूर्व्यवहार गर्ने भारतको ओडिसा राज्यस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) छात्रावासका दुई सुरक्षा कर्मचारी बर्खास्त भएका छन्।


विटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको शंकास्पद ‘मृत्यु’ पश्चात विरोध गर्ने नेपाली विद्यार्थीलाई रातारात निकाल्ने र दूर्व्यवहार गरेपछि सुरक्षा अधिकारीलाई कारबाही गरिएको केआईआईटीका रजिष्टारले जनाएका छन्। रजिष्टारका अनुसार दुई सिनियर होस्टल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (IRO) का एक वरिष्ठ प्रशासनिक अधिकारीलाई अनुसन्धानको लागि निलम्बन गरिएको छ।

विटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको शंकास्पद ‘मृत्यु’ लाई विश्वविद्यालयले आत्महत्या भने। तर, विद्यालय प्रशासनको भनाइप्रति विद्यार्थीहरू आक्रोशित बन्दै उक्त घटनाको छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए। त्यस लगत्तै ठूला संख्यामा नेपाली विद्यार्थीलाई विश्वविद्यालयबाट निकालिएको थियो। विश्वविद्यालयकै कर्मचारी दूर्व्यवहार गरेको भिडियो पनि स्पष्ट देखिन्छ।


विद्यार्थीमाथि ज्यादती गरिएको भन्दै नेपाल र भारतमा चौतर्फी आलोचना भएपछि फर्काउन पहल गरिएको हो। आलोचना र दबाब बढ्दै जान थालेपछि उक्त घटनालाई लिएर आज प्रशासनले कारबाही प्रक्रिया अगाडि बढाएको हो।

‘केआईआईटी अधिकारीहरू र सम्पूर्ण कर्मचारीहरू १६ फेब्रुअरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछन्। दुई सुरक्षा कर्मचारीलाई तुरुन्तै बर्खास्त गरिएको छ। दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (IRO) का एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको छ।’आज विश्वविद्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ,‘कर्मचारीहरूले विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्कन सक्रिय रूपमा मनाइरहेका छन्। क्याम्पसमा नेपाली विद्यार्थीहरूलाई फर्काउन सहज बनाउन क्याम्पस ६ मा एक समर्पित नियन्त्रण कक्ष चौबिसै घण्टा सञ्चालनमा छ। ’

सोही विश्वविद्यालयमा अध्ययरत भारतीय विद्यार्थीको दुर्व्यवहारका कारण छात्रा लम्सालको मृत्यु भएको नेपाली विद्यार्थीहरूको आरोप थियो। नेपाली विद्यार्थीको प्रदर्शनप्रति विश्वविद्यालय प्रशासन उल्टै आक्रोशित बनेको थियो। ठूला संख्यामा नेपाली विद्यार्थीलाई रातारात विश्वविद्यालयबाट निकालियो। रेल स्टेसनमा लगेर अलपत्र पारियो। दुर्व्यवहार गरी सयौं विद्यार्थीलाई घर फिर्ता जान प्रशासनले जबर्जस्ती गरेको विद्यार्थीहरूको गुनासो छ। सो विश्वविद्यालयमा करिब १२ सयको हाराहारीमा नेपाली विद्यार्थी अध्ययनरत रहेको अनुमान छ। अलपत्र परेका विद्यार्थीले दिल्लीस्थित नेपाली राजदूतावासमा फोन गरेर पीडा सुनाएका थिए।

यद्यपी आज विज्ञप्ति जारी गर्दै कर्मचारी विद्यार्थीमाथि गरेको व्यवहारप्रति क्षमा मागेको छ। विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा कर्मचारीहरुले गरेको केही टिप्पणीहरू प्रति क्षमा चाहन्छौं। हामी हाम्रा विद्यार्थीहरूको सुरक्षा र कल्याणलाई सबैभन्दामाथि प्राथमिकता दिन्छौं।’

सुरुवातमा विश्वविद्यालयको भनाइ भने फरक थियो। विश्वविद्यालयले विज्ञप्ति नै निकालेर भनेको थियो, ‘हाम्रो प्रशासनले नेपाली विद्यार्थीको मृत्युको घटनालाई लिएर १० घण्टादेखि शान्तिपूर्वक धेरैपटक परामर्श गर्न खोज्यो, शान्तिपूर्वक सम्झाउन खोज्यो। तर, नेपाली विद्यार्थीहरूले कानुनलाई उल्लंघन गर्दै कलेजमा तनाव सिर्जना गर्न खोजे। उनीहरूले सार्वजनिक सडकमा पनि १ घण्टा अवरूद्ध गरेर थप तनाव दिए।’ तनाब बढेपछि विद्यार्थी घर पठाएको विश्वविद्यालयको भनाइ थियो।

यतिमात्रै होइन कलेजले मृत्युको घटनालाई सहज र पूर्वाग्रहरहित तरिकाले अनुसन्धानलाई निरन्तरता दिन नेपाली विद्यार्थीलाई घर जान सल्लाह दिएको बताएको थियो । ‘घटनाका बारेमा निष्पक्ष भएर छानबिन नहुँदासम्मका लागि हामीले नेपाली विद्यार्थीलाई तत्काल स्थानीयहरूको सहयोगमा घर जान सल्लाह दिएका हौं।’ तर, पछि कलेजले होस्टेलमा बसेका र अस्थायी रूपमा निकालिएका विद्यार्थीहरूको निलम्बन फिर्ता लिएको जनाएको छ। उसले फिर्ता हुन चाहने विद्यार्थीलाई राख्ने पनि जनाएको छ। उसले विद्यार्थीहरूको एकेडेमिक कक्षा चाँडै सञ्चालन हुने र यसमा विशेष ध्यान दिइने पनि बताएको छ।

विश्वविद्यालयले फिर्ता गर्ने भने पनि नेपाली विद्यार्थीहरूमा त्रास कायमै छ। विदेशी विद्यार्थीमा गर्ने व्यवहारमा विभेद छ।

कूटनीतिक पहल के भयो ?

उक्त घटनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीरतापूर्वक लिएको प्रतिक्रिया दिए। प्रधानमन्त्री ओलीले नेपाली विद्यार्थी मारिएको र होस्टलबाट जबरजस्ती निकालिएको घटनामा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको सामाजिक सञ्जालमार्फत जानकारी दिए।

‘केआईआईटी विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ, यस विषयमा सरकारले कूटनीतिक तबरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखे।

भारतस्थित नेपाली राजदूतावासले नेपाली विद्यार्थीहरूलाई छात्रावासबाट निकालिएको सूचना प्राप्त हुनासाथ रजिस्ट्रार लगायतका प्रतिनिधिसँग छलफल गरेको जानकारी दिएको थियो। शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरूको कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउनसमेत अनुरोध गरिएको दूतावासले जनाएको छ।

राजदूतावासको अनुरोध र प्रधानमन्त्री ओलीको सक्रियताले नेपाली विद्यार्थीहरूलाई छात्रावासमा फर्काउने र नेपाली विद्यार्थीहरूका लागि कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी राजदूतावासलाई विश्वविद्यालयले गराएको छ। राजदूतावासका काउन्सिलर गोकुल बस्नेतले अथक प्रयत्नपछि समस्या समाधान भएको जानकारी दिए।

राजदूतावासले मृत्यु भएकी विद्यार्थी लम्सालको मृत्युको सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष तबरले अनुसन्धान हुनुपर्नेमा जोड दिएको छ। विश्वविद्यालयले पनि यो विषयलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको थियो। राजदूतावासले वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा मंगलबार ओडिसामा टोली पठाउने जनाएको छ। घटनाको यथार्थ जानकारी लिन एसएसपीसहित टोली विश्वविद्यालय जाने काउन्सिलर बस्नेतले जानकारी दिए।

परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ढकालले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र सम्बन्धित विश्वविद्यालयसँग निरन्तर सम्पर्कमा रहेको र आवश्यक सहयोग र समन्वय भइरहेको जानकारी दिए। ढकालका अनुसार विश्वविद्यालयले विद्यार्थीलाई पुनः होस्टलमा फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ।

परराष्ट्रमन्त्री डा आरजु देउवाले समेत केआईआईटीमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताएकी थिइन्। सो विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा आफू सोमबार बिहानदेखि नै सम्पर्कमा रहेर आवश्यक कूटनीतिक पहल थालेको उनले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विदेशमा रहेका नेपाली कामदारको पहिलो मासिक आम्दानी ५४ हजार ४०३ रुपैयाँ बराबर रहेको सरकारी सर्वेक्षणले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को प्राविधिक सहयोगमा नेपालमा पहिलो पटक आप्रवासी भर्ना लागत सर्वेक्षण २०२३ सञ्चालन गरेको हो । सो सर्वेक्षणको नतिजा कार्यालयले मंगलबार सार्वजनिक गरेको हो । सर्वेक्षणमा विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारसँग ...
: साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण ...
: साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण ...
: दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन् । २०८३ जेठ १५ देखि असार १३ सम्मको अवधिमा तीन जनाको मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुर स्थायी घर भएका प्रकाश राई र ओखलढुंगाको मोलुङ गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षीय गणेश थापाको सवारी दुर्घटनामा ...
। कतारको रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा घाइते भएका पाँच नेपालीमध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबार राति भएको विस्फोट र त्यसपछिको आगलागीमा १३ जनाको मृत्यु हुनुका साथै ६६ जना श्रमिक घाइते भएका थिए । मृत्यु हुनेमध्ये १२ जना भारतीय र एक जना पाकिस्तानी नागरिक रहेका छन् । परराष्ट्र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम