मुख्य समाचार
केआईआईटी विश्वविद्यालयले माग्यो माफी
केआईआईटी विश्वविद्यालयले माग्यो माफी

: नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले माफी मागेको छ।


मंगलबार क्षमा याचना पत्र जारी गर्दै विश्वविद्यालयले माफी मागेको हो।

विश्वविद्यालयका उपकुलपति प्रा. सरनजीत सिंहले १६ फेब्रुअरी २०२५ को साँझ क्याम्पसमा भएको अप्रिय घटनाबाट आफूहरु अत्यन्तै दुखी भएका जनाएका छन्।


उनले क्याम्पससँग सम्बन्धित केही व्यक्तिले आन्दोलनकारी विद्यार्थीहरूसँग गरेको व्यवहारप्रति पनि विश्वविद्यालय परिवार दुःखी भएको बताए।

उनले भने, 'हामी हाम्रा विद्यार्थीहरूलाई माया गर्छौं र उनीहरूलाई कहिल्यै कुनै अपमान गरेका छैनौं। हाम्रा दुई अधिकारीहरूले गरेका टिप्पणीहरू अत्यन्तै गैरजिम्मेवारपूर्ण छन्। यद्यपि टिप्पणीहरू उनीहरूको व्यक्तिगत क्षमतामा क्षणिक प्रेरणामा गरिएका हुन्। हामी उनीहरूको कार्यलाई समर्थन गर्दैनौं।'

सजायस्वरुप ती कर्मचारीलाई सेवाबाट हटाइएको उनले बताए। घटनाप्रति माफी माग्दै उनले भने, 'उनीहरूले पनि आफ्नो व्यवहारको लागि माफी मागेका छन्। हामी पनि जे भयो त्यसको लागि माफी चाहन्छौं र यसैद्वारा सबै विद्यार्थी र नेपालका जनताप्रति हाम्रो माया र स्नेह प्रकट गर्दछौं। हामी उनीहरूलाई त्यति नै माया गर्छौं जति हामी भारतका जनता र विश्वका जनतालाई माया गर्छौं।'

उनले नेपाली विद्यार्थीलाई नियमित शैक्षिक कार्यक्रममा सामेल हुन अपील गरेका छन्।

विटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको शंकास्पद ‘मृत्यु’ लाई विश्वविद्यालयले आत्महत्या भनेको थियो। तर, विद्यालय प्रशासनको भनाइप्रति विद्यार्थीहरू आक्रोशित बन्दै उक्त घटनाको छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए। त्यस लगत्तै ठूला संख्यामा नेपाली विद्यार्थीलाई विश्वविद्यालयबाट निकालिएको थियो। विश्वविद्यालयकै कर्मचारी दूर्व्यवहार गरेको भिडियोमा पनि स्पष्ट देखिन्छ।

सोही विश्वविद्यालयमा अध्ययरत भारतीय विद्यार्थीको दुर्व्यवहारका कारण छात्रा लम्सालको मृत्यु भएको नेपाली विद्यार्थीहरूको आरोप थियो। नेपाली विद्यार्थीको प्रदर्शनप्रति विश्वविद्यालय प्रशासन उल्टै आक्रोशित बनेको थियो। ठूला संख्यामा नेपाली विद्यार्थीलाई रातारात विश्वविद्यालयबाट निकालियो। रेल स्टेसनमा लगेर अलपत्र पारियो। दुर्व्यवहार गरी सयौं विद्यार्थीलाई घर फिर्ता जान प्रशासनले जबर्जस्ती गरेको विद्यार्थीहरूको गुनासो छ। सो विश्वविद्यालयमा करिब १२ सयको हाराहारीमा नेपाली विद्यार्थी अध्ययनरत रहेको अनुमान छ। अलपत्र परेका विद्यार्थीले दिल्लीस्थित नेपाली राजदूतावासमा फोन गरेर पीडा सुनाएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाको मिसिसिपी राज्यमा भएको सामूहिक गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ। राज्यको एक हाई स्कुलमा भएको अन्धाधुन्ध गोलीबारीमा १२ जना घाइते भएका छन्। गम्भीर घाइते भएका चार जनालाई हेलिकप्टरबाट स्थानीय अस्पताल लगिएको सहरका मेयर जोन लीले बताए। उनले अनुसन्धान जारी रहेको र घटनाको कारण पत्ता लगाउने काम भइरहेको बताए।
: इजरायल र हमासबीच युद्धविराम लागू भएपछि हमासलाई बन्धक बनाइएकालाई रिहा गर्न ७२ घण्टाको समय दिइएको छ। हमासले इजरायलले केही उच्च प्रोफाइल प्यालेस्टिनी कैदीलाई रिहा गर्न चाहेको छ। उनीहरुको नाम इजरायली न्याय मन्त्रालयले शुक्रबार रिहा गरेका करिब २५० कैदीको सूचीमा समावेश गरिएको थिएन। युद्धविरामको पहिलो चरणको सर्तअन्तर्गत गाजामा ठुलो मात्रामा मानवीय सहायता पुर्‍याउनु पर्ने थियो। ...
: अमेरिकामा जारी सरकारी बन्दका बीचमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले डेमोक्र्याटलाई दबाब दिन हजारौँ संघीय सरकारी कर्मचारीलाई हटाउन थालेको छ। ह्वाइट हाउस अफिस अफ म्यानेजमेन्टका निर्देशक रसेल भोटले एक्समा पोस्ट गर्दै भने, ʻआरआईएफ सुरु भएका छन्।ʼ आरआईएफको अर्थ ʻकार्यबलमा कमीʼ हो। रसेल भोटको कार्यालयका प्रवक्ताले कर्मचारी कटौती सुरु भएको पुष्टि गर्दै यो महत्त्वपूर्ण भएको बताए। ...
: इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहाइ सम्झौताको घोषणाले गाजाका जनतामा खुशी ल्याएको छ। यसैबीच इजरायली सेना गाजाका केही क्षेत्रबाट आंशिक फिर्ता हुन थालेका छन्। गाजाका बासिन्दाहरूले बीबीसीलाई बताएअनुसार इजरायली सेना गाजा शहरको उत्तरपश्चिमको बाहिरी इलाकाबाट फिर्ता गएका छन्। पूर्वमा रहेको पहेँलो रेखा तिर फर्किएका छन्। इजरायली सेनाले सम्झौताको एक भागको रूपमा ...
: इजरायल–हमास युद्धविराम र कैदी रिहाइ सम्झौतामा पुगेका छन्। तर गाजामा मृत्यु हुने क्रम जारी छ। हमास नियन्त्रित गाजा स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा १७ जनाको मृत्यु भएको र ७१ जना घाइते भएको जनाएको छ। मन्त्रालयले अक्टोबर ७, २०२३ देखि जारी द्वन्द्वमा मृत्यु हुनेको संख्या ६७,२११ पुगेको बताएको छ। तर यसबारे इजरायलबाट तत्काल कुनै टिप्पणी आएको छैन। संयुक्त राष्ट्र ...