मुख्य समाचार
कालोमोसो दल्ने घटनाका संलग्न भएको आरोपमा जसपा नेपाल धरानका उपाध्यक्ष पक्राउ
कालोमोसो दल्ने घटनाका संलग्न भएको आरोपमा जसपा नेपाल धरानका उपाध्यक्ष पक्राउ

: ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जि माबोलाई धरानमा कालोमोसो दल्ने घटनामा संलग्न भएको आरोपमा जनता समाजवादी पार्टी नेपाल धरानका उपाध्यक्ष सुमन चेम्जोङ पक्राउ परेका छन्।


सोमबार माबोले इलाका प्रहरी कार्यालय धरानमा कालोमोसो दल्ने ८ जना विरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले मंगलबार पक्राउ गरिएको हो।

मामोको उजुरी दिएपछि कालोमोसो दल्ने विरुद्ध ८ जना विरुद्ध उजुरी दिएपछि इलाका प्रहरी कार्यालय धरानले जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिएको थियो। अदालतको अनुमतिपश्चात् प्रहरीले चेम्जोङलाई पक्राउ गरिएको धरानका डीएसपी प्रकाश जबेगुले बताए। माबोले कालोमोसो दल्ने विरुद्ध आपराधिक उपद्रो ऐन अन्तर्गत किटानी जाहेरी दिएका छन्।


पक्राउ परेका जसपा उपाध्यक्ष चेम्जोङले माबोलाई कालोमोसो दलिरहेको अवस्थामा आफूले छुट्याएर अप्रिय घटना हुनबाट बचाएको बताए। उनले आफूलाई फसाउने उद्देश्यले उजुरी दिएको भन्दै सत्यतथ्य छानबिन गर्न माग गरे।

आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले धरान-९ स्थित पुतलीलाइनमा कुटपिट गरी कालोमोसो दलेका थिए।

कालोमोसो दल्ने कार्यमा संलग्न जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम, पहिचानवादी मोर्चाका नेता जेन्टल लावती लगायत ८ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य डिस्चार्ज भएका छन्। कीर्तिपुरस्थित बर्न अस्पतालबाट मेयर आचार्य डिस्चार्ज भएका हुन्। गत शनिबार पोखरा भ्रमण वर्षको उद्‍घाटनका क्रममा बेलुन पड्किँदा उनी घाइते भएका थिए। मेयर आचार्यसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडे घाइते भएका थिए। अर्थमन्त्री पौडेल यसअघि नै डिस्चार्ज भइसकेका छन्। मेयर आचार्यले प्राविधिक त्रुटि हुँदा आफूहरू घाइते भएको बताएका ...
: नेपालमा सञ्चालित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्थगित भएको छ। जनवरी २० मा राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशसँगै नेपालमा एमसीसीका परियोजना स्थगित भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरेर अमेरिकी सहायता सञ्चालित एमसीसी परियोजना ९० दिनका लागि स्थगित भएको जानकारी दिएको छ। 'अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज ...
: पक्राउ परेका दुई जना कार्यकर्ता रिहाइको माग गर्दै धरानमा पहिचानवादीले प्रदर्शन गरेका छन्। धरानमा सामाजिक सञ्जालमा अफबाह फैलाएको आरोपमा पक्राउ परेकी सिर्जना बेघा र ताप्लेजुङका पदम माबोलाई कालोमोसो दलेको आरोपमा पक्राउ परेका जसपा नेपाल धरानका उपाध्यक्ष सुमन चेम्जोङको रिहाइको माग गर्दै धरानमा पहिचानवादीहरुले विरोध प्रदर्शन गरेका हुन्। किराँत याक्थुम चुम्लुङ धरानको आयोजनामा पहिचानवादीहरूले विरोध ...
— जाजरकोटको कुशे गाउँपालिका–१ स्थित आधारभूत स्वास्थ्य केन्द्र काफलबाटामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाका देवीसरा वादीको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको छ । आज बिहान घाँस काट्दै गर्दा लडेर घटनास्थलमै मृत्यु भएको स्वास्थ्य चौकी टालेगाउँका स्वास्थ्य चौकी प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए । कुशे–१ को गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा भिरबाट ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भण्डाफोर सभा आयोजना गर्ने भएको छ। पार्टी महासचिव राजेन्द्र गुरुङले विज्ञप्ति जारी गरेर फागुन ९ गतेदेखि प्रदेश स्तरीय भण्डाफोर सभा आयोजना गर्ने जानकारी दिएका छन्। उनका अनुसार भोलि पोखराबाट भण्डाफोर सभाको सुरुवात हुनेछ। त्यस्तै बुटवलमा १७ गते, धनगढीमा १८ गते, जनकपुरमा २१ गते, काठमाडौंमा २५ गते र सुर्खेतमा २७ गते भण्डाफोर ...