: नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशका विषयमा अनावश्यक विरोध नगर्न विपक्षी दललाई आग्रह गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले संसद नचलेका बेला अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार रहेको भन्दै अध्यादेशको विरोधका लागि विरोध नगर्न आग्रह गरेका हुन्। अध्यादेशलाई सधैं विरोध गर्ने हो भने अध्यादेश ल्याउने संविधानमा भएको व्यवस्था हटाउन उनले सुझाव दिए।
उनले अध्यादेश संसदबाट अघि बढेपछि मात्रै विधेयकको रुप दिने भन्दै संसद छलेर अध्यादेश ल्यायो भन्न नमिल्ने तर्क गरे। प्रतिपक्षीमा बस्दैमा सबै कुराको विरोध नै गर्नुपर्छ भन्ने नहुने उनको भनाइ छ । प्रमुख सचेतक घिमिरेले संविधान संशोधनको कुरा चलिरहेको भन्दै सहमतिमा नै संशोधन गर्नुपर्ने बताए।
उनले भारतमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा सरकारले गरेको पहलका कारण सम्बन्धीत व्यक्तिलाई पक्राउ गरि विद्यार्थीलाई कजेलमा फर्काउने काम भएको बताए।