मुख्य समाचार
नेपाल चिकित्सक संघले आफ्ना माग पूरा नभएको भन्दै आजदेखि आन्दोलन गर्ने
नेपाल चिकित्सक संघले आफ्ना माग पूरा नभएको भन्दै आजदेखि आन्दोलन गर्ने

। नेपाल चिकित्सक संघले आफ्ना माग पूरा नभएको भन्दै आजदेखि आन्दोलन गर्ने भएको छ । संघले सरकारलाई दिएको ४८ घण्टाको समयभित्र माग पूरा नभएपछि उनीहरु आआफ्नो कार्यालयअगाडि कालोपट्टी बाँधेर एक घन्टा धर्ना बस्ने भएका हुन्।

संघद्वारा जारी विज्ञप्ति अनुसार बुधबार र बिहीबार देशभरका स्वास्थ्य संस्थामा यो आन्दोलका कार्यक्रम हुनेछ ।




सरकारले निकासका लागि सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम गर्न संघ बाध्य हुने चेतावनी समेत दिएको छ ।

संघले आइतबार विभिन्न ९ बुँदे माग राखेर सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको थियो । जसमध्ये सरकारले १ र २ नम्बर बुँदाको माग पूरा गरेको तर अन्य विषयमा चासो नदिएको भन्दै संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का नेपाल प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डव र युनिसेफका निमित्त नेपाल प्रतिनिधि बुधि सेटियावनले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई औषधि हस्तान्तरण गरे । प्राप्त औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र ...
। बृहत् नागरिक आन्दोलनका तर्फबाट मंगलबार काठमाडौंमा खगेन्द्र संग्रौला, कृष्ण खनाल, रामजी राम र निरन्ती तुम्वापोले शक्तिशाली नागरिक जागरण जरुरी भएको मत राखे । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा ६ बुँदे माग राख्दै वक्तव्य जारी गरेका उनीहरूले अबको नागरिक आन्दोलन नेताराजका विरुद्ध अघि बढ्ने उद्घोष गरे । लेखक खगेन्द्र संग्रौलाले भने, ‘नागरिक आन्दोलन नेताहरूका विरुद्धमा होइन, नेताराजका विरुद्धमा हो ...
: स्वास्थ्य कार्यालय पाल्पाले नसर्ने रोगहरूको अवस्था पहिचान र निदानका विषयमा एक महिने अभियान सञ्चालन गरेको छ । कार्यालयले सरोकारवाला पक्षसँग अन्तरक्रिया गरी परीक्षणको कामलाई तीव्रता दिएको छ । नसर्ने रोग न्युनिकरणका लागि संघीय स्वास्थ्य मन्त्रालयले ७७ वटै जिल्ला र ७५३ वटा पालिकामा फागुन १ गते मसान्तसम्म एक महिने जनचेतना,खोज अनुसन्धान, रोग परीक्षण पहिचान तथा ...
जनकपुरधाम : मुख्यमन्त्री : वीरेन्द्र जी, कहाँ हुनुहुन्छ ? वीरेन्द्र : हस्पिटलमा। मुख्यमन्त्री : कुन हस्पिटलमा। वीरेन्द्र : को बोल्दै हुनुहुन्छ ? मुख्यमन्त्री : म एम्बुलेन्स ड्राइभर। वीरेन्द्र ...
। बाल क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्क औषधिको पहिलो खेप आइपुगेको छ । अमेरिकाको सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च हस्पिटलको सहकार्यमा विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले नेपाललाई ३५ थरीको औषधि निःशुल्क दिने सम्भौता भएको थियो । सोही सम्झौताअनुसार आइतबार पहिलो खेप औषधि आइपुगेको विश्व स्वास्थ्य संगठन नेपालका बाल क्यान्सर अधिकृत डा.सुमन पन्थीले जानकारी दिए। डब्लुएचओ नेपालका अनुसार क्रमैसँग थप औषधि ...