मुख्य समाचार
युट्युबर तथा पडकास्टर रणवीर अलाहबादिया ‘बियरबाइसेप्स’लाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश
युट्युबर तथा पडकास्टर रणवीर अलाहबादिया ‘बियरबाइसेप्स’लाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश

। विवादित भारतीय युट्युबर तथा पडकास्टर रणवीर अलाहबादिया ‘बियरबाइसेप्स’लाई पक्राउ नगर्न त्यहाँको सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । ‘इण्डियाज गट लेटेन्ट’ नामक युट्युब शोमा अभद्र र अश्लिल टिप्पणी गरेको भन्दै उनीविरुद्ध महाराष्ट्र, असम र राजस्थानमा एफआईआर दर्ता भएका थिए ।

न्यायाधीश सूर्यकान्त र एन कोटेश्वर सिंहको इजलासले विभिन्न आदेश दिएको भारतीय संचारमाध्यमले जनाएका छन् । गतसाता बियरबाइसेप्सले सुरक्षा माग्दै अदालतमा निवेदन दिएका थिए । आदेशमा केही राहतका सर्त भएपनि कतिपय मामिलामा निर्देशन पनि दिइएको छ ।


अदालतले भनेको छ, ‘अलाहबादियाको दिमागमा पक्कै पनि केही फोहोर कुरा थियो, जसलाई उनले युट्युब शोमा बाहिर निकाले ।’ उनले प्रयोग गरेको शब्दले दिदीबहिनी-छोरी, आमाबुवा र समाजलाई पनि लाजमर्दो हुने पनि अदालतले भनेको छ । अदालतले प्रश्न गरेको छ, ‘समाजको मूल्य मान्यता के हो ? यी प्यारामिटरहरू के हुन्, के तपाईंलाई थाहा छ ? अभिव्यक्ति स्वतन्त्रताको नाममा समाजको मर्यादाविपरीत केही पनि बोल्न पाइँदैन ।’

अदालतले के निर्देशन दियो ?

रणवीरले आफ्नो पासपोर्ट प्रहरी चौकीमा बुझाउनुपर्नेछ, उनी अनुमतिबिना भारत बाहिर जान पाउने छैनन् ।
रणवीरले आफूविरुद्ध परेका उजुरीहरूमा प्रहरी र अनुसन्धान एजेन्सीहरूलाई सहयोग गर्नुपर्नेछ ।
मुद्दाको अन्त्य नभएसम्म रणवीर इलाहाबादियाको शोको कुनै पनि एपिसोड अन-एयर हुने छैन ।
रणवीरलाई के कुरामा राहत मिल्यो ?

मुम्बई र गुवाहाटीमा दर्ता भएका एफआईआरहरूमा दण्डात्मक कार्वाहीबाट उनलाई सुरक्षा प्रदान गरिएको छ ।
आपत्तिजनक टिप्पणीको मामिलामा रणवीर इलाहाबादियाविरुद्ध कुनै नयाँ एफआईआर हुनेछैन ।
यदि नयाँ एफआईआर दर्ता भयो भने रणवीरलाई पक्राउ गरिने छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मस्तिष्कमा गम्भीर चोट भोगेका स्कटल्यान्डका एक व्यक्तिको प्रेरणादायी सगरमाथा यात्रामा आधारित नयाँ डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ तयार भएको छ । डेढ वर्षको मिहेनतपछि तयार भएको फिल्मलाई गणेश पाण्डेले निर्देशन गरेका हुन् । फिल्मले दुर्घटनापछि जीवनसँग संघर्ष गरिरहेका केही व्यक्तिले देखेको असाधारण सपनाको कथा प्रस्तुत गर्छ । डाक्टरले पुनः राम्रोसँग हिँड्न, बोल्न वा सामान्य जीवन ...
। फिल्म ‘सिनर्स’ की छायांकन निर्देशक (डीपी) अटम डुराल्ड अर्कापाउले अस्कर इतिहासमा नयाँ कीर्तिमान कायम गरेकी छन् । उनी उत्कृष्ट छायांकन (सिनेमाटोग्राफी)तर्फ अस्कर जित्ने पहिलो महिला बनेकी हुन् । फिलिपिनो र अफ्रिकन-अमेरिकन क्रियोल मूलकी अर्कापाउ यो अवार्ड जित्ने पहिलो महिला हुन् । यस विधाको इतिहासमा हालसम्म केवल तीन महिलाले मात्र मनोनयन पाएका थिए । सन् २०१८ मा ...
। अभिनेता माइकल बी. जोर्डनले फिल्म ‘सिनर्स’ बाट उत्कृष्ट अभिनेता विधामा सन् २०२६ को अस्कर अवार्ड जितेका छन् । अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित ९८औँ एकेडेमी अवार्ड समारोहमा उनले यो प्रतिष्ठित सम्मान प्राप्त गरेका हुन् । ‘सिनर्स’मा जोर्डनले गहिरो मनोवैज्ञानिक द्वन्द्व र नैतिक संघर्षबाट गुज्रिरहेका पात्रको भूमिका निर्वाह गरेका छन् । फिल्मको कथावस्तु मानव स्वभाव, अपराधबोध ...
। सलमान खान अभिनित आगामी युद्धप्रधान फिल्म ‘ब्याटल अफ गलवान’ को नाम परिवर्तन भएको छ । सलमानले सोमबार नयाँ पोस्टर सार्वजनिक गर्दै यसको शीर्षक ‘मातृभूमि’ राखिएको जनाएका छन् । पोस्टसँगै उनले क्याप्सनमा ‘युद्धले शान्ति पाओस्’ भन्ने सन्देश लेख्दै ‘मातृभूमि’ ह्यासट्याग प्रयोग गरेका छन् । पोस्टमा सलमानले निर्देशक अपूर्व लाखिया, अभिनेत्री चित्रांगदा सिंह तथा यो फिल्म निर्माणमा ...
— अस्कर २०२६ मा 'वान ब्याटल आफ्टर अनादर' ले उत्कृष्ट फिल्मसहित ६ वटा अवार्ड जितेको छ । त्यस्तै 'सिनर्स'ले ४, 'फ्रान्केन्स्टाइन'ले २ र 'के-पप डिमन हन्टर्स'ले २ वटा अवार्ड हात पारेका छन् । उत्कृष्ट फिल्मको मनोनयनमा 'वान ब्याटल आफ्टर अनादर'सहित १० वटा फिल्म थिए । 'वान ब्याटल आफ्टर अनादर' ले 'बेस्ट फिल्म'सँगै 'बेस्ट कास्टिङ', 'बेस्ट ...