मुख्य समाचार
तीन वर्षदेखि जारी रुस–युक्रेन युद्ध अन्त्यको प्रयास स्वरुप पहिलो वार्ता
तीन वर्षदेखि जारी रुस–युक्रेन युद्ध अन्त्यको प्रयास स्वरुप पहिलो वार्ता

। तीन वर्षदेखि जारी रुस–युक्रेन युद्ध अन्त्यको प्रयास स्वरुप मंगलबार पहिलो वार्ता भयो । तर, वार्तामा युद्धको एक पक्ष युक्रेनकै सहभागिता भने थिएन ।

अमेरिकाले पहल लिइरहेको यो वार्तामा युक्रेन मात्र होइन, युद्धमा अमेरिकाभन्दा बढी सहायता गरेको युरोप पनि कतै देखिएन । त्यसो भए वार्तामा को थिए ? वार्तामा थिए, अमेरिकी र रुसी अधिकारीहरू । तर, यो वार्तामा नजर भने संसारभरको थियो ।




साउदी अरबको रियादस्थित दिरिया प्यालेसमा भएको यो बैठकको प्रयोजन थियो, ‘तीन वर्षदेखि जारी रुस–युक्रेन युद्ध अन्त्यको प्रयास ।’ अमेरिकी र रुसी अधिकारीहरू युद्ध अन्त्यको लागि भन्दै जुटिरहँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की टर्कीको राजधानी अंकारामा छन् । तीन वर्षअघि रुसले युक्रेनमा आक्रमण गरेयता जेलेन्सीको यो तेस्रो टर्की भ्रमण हो । टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानसँगको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरिनेछ । सम्भवतः त्यहाँ जेलेन्सकीले साउदीमा जारी वार्ताबारे केही नयाँ प्रतिक्रिया दिनेछन् ।

त्यसोतः यसअघि उनले आफ्नो मुलुकको सहभागिताविना हुने कुनै पनि वार्ताको सहमति मान्न आफू बाध्य नहुने बताइसकेका छन् । यसैसाता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा पनि उनले यो कुरा स्पष्ट गरेका थिए । तर, ट्रम्पले रुसका राष्ट्रपति भ्यादिमिर पुटिनसँगै वार्ता गराउने विश्वास जेलेन्सीलाई दिलाएका छन् ।




युद्धरत एक पक्ष नै सहभागी नभएको यो वार्ताले कसरी परिणाम देला ? वार्तापछि अमेरिकी विदेशमन्त्री रुबियोले मंगलबारको वार्ता ‘लामो र कठिन यात्राको पहिलो तर महत्वपूर्ण पाइला भएको’ प्रतिक्रिया दिए ।
ट्रम्पले यो विश्वास त्यसै विश्वस्त भएका होइनन् । जेलेन्सीसँगको भेटभन्दा केही घण्टा अघि ट्रम्पले पुटिनसँग ९० मिनेट टेलिफोन संवाद गरेका थिए । स्रोतहरूका अनुसार सोही क्रममा उनले युद्ध अन्त्यका लागि जेलेन्सीसँगको सम्भावित भेटका लागि पुटिनलाई मनाइसकेका छन् ।

केही महिनाअघि चुनावी र्‍यालीको दौरान डोनाल्ड ट्रम्पले दोस्रोपटक आफू निर्वाचित २४ घण्टाभित्रै रुस–युक्रेन युद्ध अन्त्य गराउने प्रतिबद्धता जनाएका थिए । ह्वाइटहाउसमा उनको पुनरागमनसँगै उनले पहल थाले । त्यसकै परिणाम मंगलबारबाट साउदी अरबमा वार्ता सुरु भएको हो ।

यसबीच पनि ट्रम्पले पुटिनलाई ‘आवश्यक भएमा’ जेलेन्स्कीसँग वार्ता गर्न तयार रहन सम्झाएका छन् । क्रेमलिनले मंगलबार नै भनेको थियाे, ‘अमेरिका र रुसबीच वार्ता भइरहेको छ ।’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भ्लादिमिर पुटिनले आवश्यक भएमा भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको घोषणा गरेका थिए ।

रियादको दिरिया प्यालेसमा चार घण्टा चलेको वार्तामा रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियो सहभागी थिए । यस्तै, ट्रम्पका मध्यपूर्व राजदूत स्टिभ विटकफ र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज तथा पुटिनका विदेश नीति सल्लाहकार युरी उशाको पनि सामेल थिएन् ।

युद्धमा युक्रेनलाई अमेरिकी सहयोग पनि रहेकाे छ, तर युरोपको तुलनामा कम । यस्ताेमा युक्रेन भविष्यको निधो गर्ने भन्दै थालिएको वार्तामा बेवास्ता गरिएपछि युरोपेली मुलुकहरूमा अमेरिकाप्रति असन्तोष देखियो ।
युद्धरत एक पक्ष नै सहभागी नभएको यो वार्ताले कसरी परिणाम देला भन्ने कौतुहलता थियो । वार्तापछि अमेरिकी विदेशमन्त्री रुबियोले मंगलबारको वार्ता ‘लामो र कठिन यात्राको पहिलो तर महत्वपूर्ण पाइला भएको’ प्रतिक्रिया दिए ।

लगत्तै अमेरिकी विदेश मन्त्रालयले भन्यो, ‘अमेरिका र रुसले युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न टोली तोक्ने छन् ।’ रुसले पनि वार्ता सकारात्मक र रचनात्मक रहेको प्रतिक्रिया दिएको छ । रुसी सर्गेई लाभरोभले त अमेरिका र रुस दुई देशबीचको कूटनीतिक नियोगहरू पुनः सञ्चालन गर्न र सकेसम्म चाँडो राजदूत नियुक्त गर्न सहमत भएको जनाए ।

युरोपमा असन्तोष

तर, यो विकसित घटनाक्रमबाट न युक्रेन खुसी छ, न युरोपका अन्य देश ।

तीन वर्षअघि रुसले युक्रेनमाथि पूर्ण आक्रमण गरेपछि धेरैलाई लागेको थियो । बढीमा एक साताभित्र किभ पुटिनको नियन्त्रणमा आउनेछ । तर, त्यस्तो भएन । किभको सामरिक संरचनाहरूले रुसलाई त्यहाँसम्म पुग्नै दिएन । फलस्वरुप रुसले रणनीति बदल्यो र लामो समय लगाएर युक्रेनका भूगोलमाथि कब्जा गर्न सुरु गर्‍यो ।

त्यसबेला युक्रेनका लागि युरोपेली देशहरू अक्सिजन सावित भए । उनीहरूले युद्धमा रहिरहन युक्रेनलाई सबै खाले सहयोग गरे । त्यसोतः युद्धमा युक्रेनलाई अमेरिकी सहयोग पनि रहेकाे छ, तर युरोपको तुलनामा कम ।

अमेरिका र रुस वार्तामा जुट्नुअघि फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोनले सोमबार पेरिसमा विभिन्न नेताहरूको आपतकालीन बैठक बोलाएका थिए ।
त्यस्तो सहयोगीलाई समेत युक्रेन भविष्यको निधो गर्ने भन्दै थालिएको वार्तामा बेवास्ता गरिएपछि युरोपेली मुलुकहरूमा अमेरिकाप्रति असन्तोष देखियो ।

यस्तोमा रुस–युक्रेनबीच जारी युद्ध अन्त्यका लागि अमेरिकी प्रयास सफल होला ?

युद्ध रोक्नका लागि ट्रम्पको योजनामुताविक अमेरिका र रुस साउदी अरबमा वार्तामा जुट्नुअघि फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोनले सोमबार पेरिसमा विभिन्न नेताहरूको आपतकालीन बैठक बोलाएका थिए । जसको मुख्य एजेन्डा नै युक्रेन तथा ‘युरोपमा सुरक्षा चुनौती’ बारे केन्द्रित थियो ।

वासिङ्टन पोस्टले उल्लेख गरे अनुसार साउदीमा अमेरिका र रुसका अधिकारी बैठकका बस्नुअघि सोमबार बसेकाे बैठकमा जर्मनी, बेलायत, इटाली, पोल्यान्ड, स्पेन, नेदरल्यान्ड्स र डेनमार्कका नेता सहभागी थिए । साथै, युरोपेली संघका वरिष्ठ अधिकारीहरू तथा नेटोका प्रमुख मार्क रुट पनि सहभागी थिए ।

क्रेमलिनका प्रवक्ता दमित्री पेस्कोभले मंगलबारको छलफलले ट्रम्प र पुटिनबीचको शिखर बैठकको आधार तयार पारेको बताएका छन् ।
बैठकमा विभिन्न देशका प्रतिनिधिले युक्रेनमा सेना परिचालनसम्मका प्रस्ताव राखेका थिए । तर, कुनै ठोस निष्कर्ष भने निस्किएन । बरु, शान्ति वार्ताको नाममा रुसी प्रभुत्व बढ्ने र युक्रेनलाई निशस्त्र बनाउन नहुने धारणा सार्वजनिक गर्‍यो ।

सबैतिर चासो छ, युक्रोनमा शान्ति कायम गराउन युक्रेनले कस्तो मूल्य चुकाउनुपर्नेछ ? किभबासी आफ्ना सबै जमिन फिर्ता मागिरहेका छन् । तर, कब्जा गरेको भूभाग फिर्ता दिन पुटिन तयार होलान् भन्ने उनीहरूलाई लागेको छैन ।

केही दिनअघि अमेरिकाका नयाँ रक्षामन्त्री पिट हेगसेथले युक्रेनले आफ्नो गुमाएको जमिन फिर्ता माग्ने र नाटोको सदस्यता प्राप्त गर्ने चाहना छोडे मात्र शान्ति प्राप्त हुने अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले युक्रेनबासीलाई मात्र होइन, सिंगै युरोपका राष्ट्रप्रमुखलाई समेत चिन्तित बनाएको छ ।

रुसको लक्ष्य

रुसी विदेशमन्त्री लाभ्रोवका अनुसार मंगलबारको वार्तामा उनको टोलीले मूलतः अमेरिकी पक्षको कुरा गम्भीरता साथ सुन्यो र द्विपक्षीय छलफललाई पुनः सुचारु बनाउन सहमति जनायो । पछिल्लो तीन वर्षयता यस्तो छलफल हुन सकेको थिएन ।

क्रेमलिनका प्रवक्ता दमित्री पेस्कोभका अनुसार छलफल ‘अमेरिका र रुसको जटिल सम्बन्धलाई सुल्झाउने’ दिशामा केन्द्रित रहेको थियो । साथै ‘युक्रेन मामिलामा सम्भावित सम्झौताको तयारीमा’ पनि थियो ।

पेस्कोभले मंगलबारको छलफलले ट्रम्प र पुटिनबीचको शिखर बैठकको आधार तयार पारेको बताए । उनले मस्कोले अस्थायी युद्धविरामको पक्षमा नरहेको स्पष्ट पारेको पनि उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार वार्ताको दौरान रुसी टोलीले युक्रेनले तटस्थता स्वीकार्नु पर्ने, युक्रेनको असैन्यकरण हुनुपर्ने र नाजीमुक्त बनाइनुपर्ने तथा युद्धको हालको अवस्थामा कब्जामा रहेका भूभागको आधारमा सीमा कायम हुनुपर्ने विषय स्पष्टसँग राखेको छ ।

के छ ट्रम्पको युक्रेन योजना ?

डोनाल्ड ट्रम्पले पहिले नै भनेका छन् कि उनीसँग युद्ध अन्त्य गर्ने ठोस योजना छ । त्यो के हो ? उनले खुलाएका छैनन् ।

यसबीच, युक्रेनी समाचार आउटलेट स्टानाले ‘ट्रम्पको युक्रेन योजना’ भन्दै एक रिपोर्ट सार्वजनिक गरेको छ ।

जसमा ट्रम्पले चाहेको शान्ति वार्ताले रुसको निरन्तर अगाडि बढिरहेको फ्रन्ट लाइनलाई रोक्ने र युक्रेनमा पुनः आक्रमण नगर्न रुसलाई प्रतिबद्ध बनाउने उल्लेख छ ।

यससँगै अहिलेसम्मको युद्धमा रुसले कब्जा गरिसकेको भूमिमा रुसी स्वामित्व स्वीकार गर्न युक्रेनलाई राजी गराउने पनि रहेको छ ।

यस्तै, युक्रेनलाई नेटोको सदस्यता लिनबाट रोक लगाइने र तटस्थ मुलुक घोषणा गर्ने अर्को योजना रहेको रिपोर्टमा उल्लेख छ । यसैगरी, तीन वर्षको युद्धबाट थला परेको युक्रेनको पुनर्निर्माणका लागि अमेरिकाले नै पहल लिने पनि रहेको छ । तर, यो रिपोर्टलाई किभले खण्डन गर्दै रुसी योजनाको संज्ञा दिएको छ ।
(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...