मुख्य समाचार
आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकाले कीर्तिमानी जित
आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकाले कीर्तिमानी जित

। आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकाले कीर्तिमानी जित हासिल गरेको छ । मंगलबार भएको खेलमा अमेरिकाले सबैभन्दा कम योगफल डिफेन्ड गर्दै ‌ओमानलाई हरायो ।

अमेरिकाले ओमानविरूद्ध १२२ रनको योगफल डिफेन्ड गरेको हो । जवाफी ब्याटिङ गरेको ओमान ६५ रनमै अलआउट भयो । ओमानलाई सस्तैमा समेट्न अमेरिकाका नोसथुस केन्जिगेले ७.२ ओभरमा ११ रन दिएर ५ विकेट लिए ।



यो एकदिवसीय क्रिकेटमा कुनै पनि ओभर नघटाइकन पूरै ५० तोकिएको खेलमा सबैभन्दा कम योगफल डिफेन्ड भएको कीर्तिमान हो ।

यसअघि सन् १९८५ मा भारतले पाकिस्तानविरूद्ध रथम्यान्स कपमा १२५ रनको स्कोर डिफेन्ड गरेको थियो । अमेरिकाले ४० वर्ष पुरानो रेकर्ड तोडेको हो ।


त्यसैगरी खेल अवधिभर दुवै टोलीले कुल ९ बलर प्रयोग गरेका थिए जसमा सबै बलर स्पीनर रहे । यो पनि एकदिवसीयमा पूर्ण भएका खेलमा फास्ट बलर प्रयोग नभएको पहिलोपटक हो ।

नेपालसहित ८ टिम सम्मिलित लिग २ क्रिकेटमा‌ अमेरिका १६ खेलमा २२ अंकसहित शीर्ष स्थानमा छ । नेपाल भने १२ खेलमा ६ अंकसहित सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित