मुख्य समाचार
प्रकृति लम्सालको मध्यराति नै स्वर्गद्वारी घाटमा अन्तिम संस्कार
प्रकृति लम्सालको मध्यराति नै स्वर्गद्वारी घाटमा अन्तिम संस्कार

: भारतको केआईआईटीमा ‘शंकास्पद मृत्यु’ भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम संस्कार मध्यराति नै गरिएको छ । आइतबार विश्वविद्यालयको छात्रावासमा मृत अवस्थामा फेला परेकी उनको मंगलबार पोष्टमार्टमपछि उनको शव परिवारको जिम्मा लगाइएको थियो।


बुधबार विमानमार्फत ओडिसाको भुवनेश्वरबाट दिल्ली हुँदै गोरखपुरसम्म उनको शव ल्याइएको हो। प्रहरीका अनुसार त्यसपछि सडक मार्गबाट एम्बुलेन्समा बेलहिया नाका हुँदै उनको शव भैरहवा ल्याइएको थियो। null

शवलाई राती नै भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्‍याएर उनको अन्त्येष्टि गरिएको थियो । उनको अन्त्येष्टिमा केआईआईटीमा अध्ययनरत उनका सहपाठी आफन्तजन र सर्वसाधारणहरूको ठूलो उपस्थिति रहेको थियो ।


भारतमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

यता विद्यालयले निकालेपछि विद्यार्थीहरू अत्यन्त कष्ठका साथ १६ जना विद्यार्थी नेपाल आइपुगेका छन्। भारतको ओडिसा राज्यस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी(केआईआईटी)बाट फिर्ता आएका विद्यार्थीहरू सुरक्षाको सुनिश्चिता नगरेसम्म जान नसक्ने बताउँछन्। विश्वविद्यालय प्रशासनले फिर्ता आउनका लागि विद्यार्थी, अभिभावकलाई फोन गरेर र चिठी लेखेर बोलाए पनि उनीहरू घटना सम्झिएर तत्काल जान नसक्ने बताउँछन्।

हरेक नेपाली विद्यार्थी अहिले मानसिक त्रासमा रहेको उनीहरू बताउँछन्। उनीहरू फेब्रुअरी २८ बाट हुने परीक्षा सार्न पनि कलेज प्रशासनसँग माग गरेका छन्। कुटपिट गर्ने सेक्युरिटी गार्ड, बाउन्सर, दुर्व्यवहार गर्ने बार्डेनलगायत कारबाही नगरेसम्म कुनै पनि हालतमा फिर्ता हुन नसक्ने उनीहरूको तर्क छ।

मृत भेटिएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबाट पीडित नेपाली विद्यार्थीको न्यायका लागि नेपाल सरकारले पहल गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु भएको अवस्थामा शव नेपाल लैजाने प्रक्रिया अत्यन्तै जटिल र खर्चिलो भएको भन्दै मृतकका परिवार र कोरियास्थित नेपाली समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन्। नेपाल सरकारको स्पष्ट नीतिगत व्यवस्था नभएका कारण शोकमा डुबेका परिवारले शव नेपाल लैजान निकै सास्ती खेप्नु परिरहेको छ। विद्यार्थीको मृत्यु भएमा परिवारका सदस्य एवं कोरियास्थित नेपाली ...
: भारतको गोवास्थित नाइट क्लबमा आगलागीमा परी मृत्यु भएका २५ जनामध्ये चारजना नेपाली रहेको खुलेको छ। मृत्यु भएका चारैजना उक्त क्लबमा कार्यरत रहेको गोवा प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चूर्णबहादुर पुन,विवेक कटवाल,सुदीप र सविनको पहिचान खुलेको प्रहरीले जनाएको छ। चारैजनाको पोस्टमार्टम रिपोर्ट आइसकेको र गोवाको अस्पतालमा शव राखिएको जनाइएको छ। गोवा सरकारले नयाँ दिल्लीस्थित नेपाली ...
। बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ । बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन, त्यसपछिका ८ वर्षसम्म समेत लाइसेन्स अर्थात् कडा निगरानीमा राख्ने फैसला सुनाएको हो । ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी विभिन्न २५ वटा ...
— दक्षिण कोरियामा पछिल्ला महिना शरणार्थी (शरणार्थी/मानवीय) प्रयोजनका लागि प्रदान गरिने जी–१ भिसासम्बन्धी भ्रामक प्रचार तीव्र रूपमा बढेको भन्दै सियोलस्थित नेपाली दूतावासले सजग रहन चेतावनी जारी गरेको छ । दूतावासले सामाजिक सञ्जालमार्फत ‘जी–१ भिसा सजिलै पाइन्छ’, ‘काम गर्न मिल्छ’, ‘बस्न मिल्छ’ जस्ता भ्रामक सामग्रीले नेपालीलाई गलत रूपमा आकर्षित गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो । दूतावासका ...
— भारतको उत्तर प्रदेशमा बस दुर्घटनामा केही नेपाली घाइते भएका छन् । उत्तर प्रदेशको बलरामपुर जिल्लाको फुलवरिया बाइपासमा भएको सडक दुर्घटनामा २१ जना नेपाली घाइते भएका छन् । सुनौलीबाट दिल्ली गइरहेको यूपी २२ एटी ०२४ नम्बरको बस मंगलबार बिहान यूपी २१ डीटी ५२३७ नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको हो । ट्रकसँग ठोक्किएपछि बसमा आगलागी भएको बलरामपुरका एसपी ...