मुख्य समाचार
अमेरिकाको एरिजोना विमानस्थलमा हावामै दुई साना विमानहरू ठोक्किँदा दुई जनाको मृत्यु
अमेरिकाको एरिजोना विमानस्थलमा हावामै दुई साना विमानहरू ठोक्किँदा दुई जनाको मृत्यु

: अमेरिकाको एरिजोना विमानस्थलमा हावामै दुई साना विमानहरू ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।


अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रारम्भिक जानकारी अनुसार टक्सनको उत्तरपश्चिममा रहेको माराना क्षेत्रीय विमानस्थल नजिकै स्थानीय समयअनुसार बुधबार बिहान ८:२८ मा दुर्घटना भएको हो।

जे सेस्ना १७२एस र ल्यान्केयर ३६० एमके II विमान ठोक्किएका थिए। विमानस्थलको दुई रनवेमध्ये एक रनवे १२ माथि फिक्स्ड-विङ सिंगल-इन्जिन विमान ठोक्किएका हुन्।


माराना प्रहरी विभागले घटनाबाट दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ। दुबै विमानमा दुई/ दुई जना रहेको जनाइएको छ।

दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

अमेरिकामा पछिल्लो समय धेरै विमान दुर्घटना भइरहेको छ। यसअघि टोरन्टोमा अवतरण गर्ने क्रममा डेल्टा जेट पल्टिएको थियो। उक्त जहाजमा रहेका सबै ८० जनालाई बचाइएको थियो।

त्यसअघि अलास्कामा विमान दुर्घटना भएको थियो। जनवरीको अन्त्यतिर वाशिंगटन डीसीमा अमेरिकन एयरलाइन्सको यात्रुवाहक विमान र सैन्य हेलिकप्टर ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...