मुख्य समाचार
अमेरिकाको एरिजोना विमानस्थलमा हावामै दुई साना विमानहरू ठोक्किँदा दुई जनाको मृत्यु
अमेरिकाको एरिजोना विमानस्थलमा हावामै दुई साना विमानहरू ठोक्किँदा दुई जनाको मृत्यु

: अमेरिकाको एरिजोना विमानस्थलमा हावामै दुई साना विमानहरू ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।


अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रारम्भिक जानकारी अनुसार टक्सनको उत्तरपश्चिममा रहेको माराना क्षेत्रीय विमानस्थल नजिकै स्थानीय समयअनुसार बुधबार बिहान ८:२८ मा दुर्घटना भएको हो।

जे सेस्ना १७२एस र ल्यान्केयर ३६० एमके II विमान ठोक्किएका थिए। विमानस्थलको दुई रनवेमध्ये एक रनवे १२ माथि फिक्स्ड-विङ सिंगल-इन्जिन विमान ठोक्किएका हुन्।


माराना प्रहरी विभागले घटनाबाट दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ। दुबै विमानमा दुई/ दुई जना रहेको जनाइएको छ।

दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

अमेरिकामा पछिल्लो समय धेरै विमान दुर्घटना भइरहेको छ। यसअघि टोरन्टोमा अवतरण गर्ने क्रममा डेल्टा जेट पल्टिएको थियो। उक्त जहाजमा रहेका सबै ८० जनालाई बचाइएको थियो।

त्यसअघि अलास्कामा विमान दुर्घटना भएको थियो। जनवरीको अन्त्यतिर वाशिंगटन डीसीमा अमेरिकन एयरलाइन्सको यात्रुवाहक विमान र सैन्य हेलिकप्टर ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डालासमा भारतीय मूलका मोटेल म्यानेजर चन्द्र नागमल्लैयाको हत्यापछि अमेरिकामा गैरकानुनी रुपमा रहिरहेका आप्रवासीमाथि निशाना साँधेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रथ सोशलमा लेखेका छन्, ‘टेक्सासको डालासमा चन्द्र नागमल्लैयाको हत्याको जानकारी पाएँ । उनी एक सम्मानित व्यक्ति थिए । उनकै पत्नी र छोराको अगाडि बर्बरतापूर्ण तरिकाले टाउको काटेर मारिएको छ ...
– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डालासमा भारतीय मूलका मोटेल म्यानेजर चन्द्र नागमल्लैयाको हत्यापछि अमेरिकामा गैरकानुनी रुपमा रहिरहेका आप्रवासीमाथि निशाना साँधेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रथ सोशलमा लेखेका छन्, ‘टेक्सासको डालासमा चन्द्र नागमल्लैयाको हत्याको जानकारी पाएँ । उनी एक सम्मानित व्यक्ति थिए । उनकै पत्नी र छोराको अगाडि बर्बरतापूर्ण तरिकाले टाउको काटेर मारिएको छ ...
: अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गर्ने भएका छन्। भेटमा कतारमा इजरायली आक्रमण पछिको अवस्थाबारे छलफल हुने अपेक्षा गरिएको छ। गत हप्ताको आक्रमणमा हमासका नेताहरूलाई निशाना बनाइएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा धेरै विरोध भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसको आलोचना गरेका थिए। रुबियोले पहिले भनेका थिए,ʻस्पष्ट रूपमा हामी यसबाट खुसी ...
। इजराइलले पछिल्ला ७२ घण्टामा ६ देशहरूमा हमला गरेको छ। यसमा गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया रहेका छन्। यी आक्रमणहरूमा २०० भन्दा बढीको मृत्यु भएको छ र १००० भन्दा बढी घाइते भएका छन्। यी आक्रमण सोमबारदेखि बुधबारबीच भएका हुन्। इजराइलले यी देशहरूमा रहेका आतंककारी केन्द्रहरूलाई लक्ष्य बनाइरहेको जिकिर गरेको छ। इजरायलको यो कदमको ...
। अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले नेपालमा विकसित भएको घटनाबारे चासो राख्दै प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासको महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ, नागरिकको कडा योगदानले प्राप्त उपलब्धिहरूको रक्षा गर्नु वाञ्छनीय रहेको छ ।’ साथै नागरिकहरूविरुद्ध ...