तीन वर्षअघि जब म दिल्लीबाट पहिलो पटक क्रिकेट खेल्न नेपाल आएको थिएँ, त्यति बेलासम्म महिला क्रिकेटको खासै चर्चा पाएको थिइनँ । जब हामी आईसीसी यू–१९ विश्वकपमा पुग्न सफल भयौं, त्यसपछि यो चर्चाको विषय भएजस्तो लाग्छ । पुरुष क्रिकेट त यसअघि नै स्थापित भइसकेको थियो ।
यसको चर्चा परिचर्चा भइरहन्छ । तर, नेपाली महिला क्रिकेट नतिजा नभएर हो कि जुन चर्चा पाउनुपर्ने हो त्यो नपाइरहेको मैले महसुस गरेको थिएँ । नेपालको यू–१९ महिला टोली विश्वकपमा छनोट भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पनि यसलाई अलि बढी नै प्राथमिकतामा राखेको छ । अझै यस्तो खाले नतिजा दिने हो भने महिला क्रिकेटलाई अन्य खाले सहयोग पनि आउन सक्छ ।
नेपालको महिला क्रिकेटको विकास गर्ने हो भने क्रिकेट एकेडेमीहरू हुन निकै जरुरी छ । त्यो चाहे क्यानले खोलेको होस् वा व्यक्तिले । म दिल्लीमा क्रिकेट सिकेर हुर्किएको हुँ, त्यहाँ एकछिनकै फरकमा क्रिकेट एकेडेमीहरू भेटिन्छन् । यसले क्रिकेटको संस्कार बुझाउन धेरै सहयोग गर्छ ।
नेपालमा पनि विभिन्न स्थानमा एकेडेमीहरू हुने हो भने महिला, पुरुष दुवैको क्रिकेट विकास धेरै नै हुन्छ । थोरै मात्र एकेडेमी भएका कारण पुरुष क्रिकेटको पनि खासै विकास भइसकेको छैन । मेरो गृहजिल्ला महोत्तरीमा त एउटा पनि क्रिकेट एकेडेमी छैन । म्याचहरू जिल्लाका प्रतियोगितामा खेल्न पनि सकिन्छ । तर, बेसिक कुरा एकेडेमीमै सिक्ने हो । बेसिक प्राविधिक सिकाइ एकेडेमीले मात्र दिन सक्छ । हाम्रो क्रिकेटको आधार बनाउन पनि एकेडेमी आवश्यक छ ।
वर्गीकृत विज्ञापन
पोस्ट गर्नुहोस्
मर्मत
ढलट्वाइलेट मंगाल सेफ्टीट्यांकी जामखोल्ने
सम्पर्क: 9841050858
बिहावारी
२१दे खि ४५वर्षसम्म डिभो र्सभएका व्यक्तिहरूले बरबधुमा सम्पर्कः
सम्पर्क: ९८०८४७५७१४
चाहियो
कुक चाहियो, टिचिङ अगाडी
सम्पर्क: 9803670327
भर्ना
rivate SEE, फर्मभर्ने अन्तिमदिन माघ ८, कक्षा सञ्चालन भइरहेकोछ, City School Koteshwor
सम्पर्क: 9841206019
मर्मत
सेफ्टीट्यांकी ढलट्वाइलेट मंगाल जामखोल्ने
सम्पर्क: 9841663344
मर्मत
मेसिनबाट सेफ्टीट्याङ्की ढलमंगाल जामखोल्ने
सम्पर्क: 9849442728
सबै हेर्नुहोस्
भारतमा पैसा तिरेपछि राम्रो एकेडेमीमा राम्रो सुविधाहरू पाइन्छन् । तर साना–साना एकेडेमीमा पनि बेसिक कुराहरूमा धेरै फोकस गरिन्छ । त्यही भएर होला भारतीय क्रिकेटरहरू ‘स्किलफुल’ हुन्छन् । मैले पनि क्रिकेटको ए–बी–सी–डी दिल्लीमै सिकेकी हुँ । डिफेन्स, ड्राइभ, कोनमा कसरी खेल्ने कुराहरू एकेडेमीमै सिकेको हो । जहाँ एउटा शटको अभ्यास हजार पटक गर्नुपर्छ ।
Sunrise bank
Nepal Life Insurance
मैले एकेडेमी भर्ना भएपछि स्याडो प्रशिक्षणमात्र एक महिना गरेको थिएँ । कोन लगाएर डिफेन्स शटमा दिनभर प्रशिक्षण गरिरहनुपर्थ्यो । अर्को दिन ड्राइभको स्याडो हुन्थ्यो, ब्याटिङ होल्ड गर्न । बलिङमा पनि नेटिङ मैले धेरै पछाडि गरेको थिएँ । पहिला बल कसरी फाल्ने, थ्रो कसरी फाल्ने भनेर प्रशिक्षण गरेको थिएँ । त्यही भएर सुरुमा एकेडेमिक हिसाबमै क्रिकेट अगाडि बढ्नुपर्छ । नेपालमा अहिले पनि स्ट्रेट ब्याटले खेल्ने महिला क्रिकेटर धेरै कम छन् ।
भारतका धेरै ठाउँमा म्याटिङ लगाएर खेल्छन् । वर्षाको धेरै समयमा म्याटिङमै खेल्ने गरिन्छ । हरेक स्थानमा राम्रो मैदान हुनुपर्छ भन्ने छैन । नेपालमा चाहिँ हरेक स्थानमा मैदान कम छन् । हाम्रो जिल्ला, प्रदेशको छनोट क्रिकेट खेल्दा मैले एउटै राम्रो मैदानमा खेल्न पाएकी छैन । कुनै पनि मैदानमा घाँस देखेको छैन । मैदानभित्रै ढुंगाहरू छरिएका हुन्छन् । विकेटको स्तर पनि निकै कमजोर पाइन्छ । स्कुलस्तरसम्म त यो ठीकै हुन्छ । तर जिल्ला, प्रदेशमा यो सुधारोन्मुख हुनुपर्छ । महिलाको मात्र नभएर देशको पूरै क्रिकेटलाई स्तरीय विकास गर्ने हो भने मैदानका सुविधाहरू थप्नुपर्छ ।
नेपालको महिला क्रिकेट अझै राम्रोसँग खुल्न नसक्नु कारण घरेलु म्याचहरू पनि हो । घरेलु प्रतियोगिता लामो खालको हुनुपर्छ । अन्य प्रतियोगिता पनि थपिनुपर्छ । एउटा मात्र प्रतियोगिताले महिला क्रिकेट माथि आउन गाह्रो छ । अहिलेको स्थितिमा १–२ खेलबाटै महिला टोली छानिनुपर्ने अवस्था छ । कम्तीमा ४ वटा जति लामो समयसम्म चल्ने लिग खालका प्रतियोगिताहरू आयोजना गर्नुपर्छ र त्यसमा प्रधानमन्त्री कप, मेयर कप जस्ता अन्य प्रतियोगिताहरू थपिँदा राम्रो हुन्छ ।
लिगमा एउटा टोलीले अर्को ८ टोलीसँग खेल्न पाउनुपर्छ । प्रतियोगिता अभावका कारण खेलाडीहरूले कम खेल्न पाउँछन् । कम खेल्न पाउँदा खेलाडीहरू मिहिनेतका साथ प्रशिक्षण गर्न जोस देखाउँदैनन् । अभ्यास खेलहरू पनि ४० ओभरको खेल्यो भने खेलाडीको स्किल विकास हुन्छ । अहिले त हामीलाई ट्वान्टी–२० ओभर टिक्नै गाह्रो भएजस्तो देखिन्छ । हप्तामा एक दिन भए पनि ४० ओभरसम्मको खेल खेल्ने हो भने यसले हाम्रो खेलमा धेरै सुधार ल्याउँछ । यसले धैर्यसाथ खेल्न सिकाउनुका साथै स्किलहरू सुधारिन्छ ।
यू–१९ विश्वकपमा खेलिसकेपछि नेपालको महिला क्रिकेटले पनि एउटा स्तरमा पुग्ने संकेत देखाएको छ । मलेसियामा सम्पन्न विश्वकपमा हाम्रो इनर्जी निकै राम्रो थियो । युवा टिम भएकाले होला फिटनेस र रनिङ राम्रो थियो । तर, हामी ब्याटिङमा अलिक कमजोर देखियौं । किनकि हाम्रो ब्याटिङको आधार नै थिएन । एउटा स्किलफुल खेलाडीले १–२ वटा खेलमा रन नहान्ला, तर तेस्रो खेलमा उसले रन बनाउँछ नै । त्यो खेलाडी लामो समयसम्म चल्छ । स्किल सधैंका लागि हो । यो हामीले बुझ्न जरुरी छ ।
यू–१९ विश्वकप खेलेका खेलाडीहरू निकै फुर्तिला थिए, राम्रा प्रयासहरू गर्थे तर ब्याटिङ त्यहीअनुरूप थिएन । हाम्रो बेस राम्रो बनाउनुपर्यो अनि तब न स्किल बढ्दै जान्छ । त्यसपछि हामी ठूला टोलीलाई हराउन पनि सक्छौं । नेपालले सन् २०२७ मा बंगलादेशसँग मिलेर यू–१९ विश्वकप आयोजना गर्दै छ । त्यसका लागि हामीले अहिलेदेखि बेस बनाउनुपर्छ र स्किल सिकाउनुपर्छ । आयोजकका हिसाबले हामीले आउने टोलीलाई सबै सुविधा दिनुपर्छ ।
मलेसियाले यू–१९ विश्वकप आयोजना गर्दा ३ वटा राम्रो मैदान बनाएको थियो । होटल, बसहरू पनि निकै राम्रो थियो । हामीले यो पक्षमा निकै ध्यान दिनुपर्छ । अस्ट्रेलिया, दक्षिण अफ्रिका राम्रो सुविधामा बसिरहेका टोली हुन् । उनीहरूले त्यहीअनुरूप यहाँ पनि सुविधा खोज्छन् । हामीले त्यो सुविधा प्रदान गर्न सकेनौं भने भोलिका दिनमा अन्य आईसीसीका प्रतियोगिताहरू आयोजना गर्न गाह्रो पर्न सक्छ । ठूला राष्ट्रहरूको आवश्यकता के के हुन्छन्, त्यसमा हामीले अहिलेदेखि गृहकार्य गर्नुपर्छ ।
महिला राष्ट्रिय क्रिकेट टोलीमा म पनि भर्खर आएको छु । धेरै कुरा बुझ्दै छु । नेपाली महिला टोलीले अझै कुनै प्रतियोगिता जित्न सकेको छैन । हाम्रो महिला टोलीको मानसिकता पनि धेरै फरक छ । ठूलो टोली भनेर हामी खेल्नुअघि नै हार मानिसकेका हुन्छौं । जबकि हामीले यू–१९ मा एक पटक पनि त्यस्तो सोचेनौं । यूएईको त्यही टोली हो जसको यू–१९ टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका ७ खेलाडी थिए । तर, हामीले कहिल्यै उनीहरू ठूलो हो भनेर सोचेनौं ।
त्यही यूएईलाई हराएर हामी विश्वकपमा पुग्यौं । दुई वर्षअगाडि मात्र यूएईले नेपाली यू–१९ टोलीलाई ८ रनमा अलआउट गरेर ७ बलमा खेल जितेको रहेछ । हामीले यो कुरा पनि खेल्दाखेरि दिमागमा राखेनौं । जब हामी यूएई, पाकिस्तानलाई हराउन सक्छौं भने विश्वकप खेल्न सक्दैनौं भनेर किन सोच्ने ? हामी विश्वकप खेल्न सक्छौं भन्न पहिला खेलाडीहरूमा जितको मानसिकता आउनुपर्यो ।
मलाई यो पटक हामी विश्वकपमा पुग्छौं जस्तो लाग्छ । यू–१९ मा एउटा सिनियर खेलाडीको हिसाबमा मैले जति गर्न सक्थें गरें, म्याचहरू पनि जिताएँ । राष्ट्रिय टोलीमा पनि आफ्नो तर्फबाट अझ राम्रो खेलेर महिला टोलीलाई विश्वकपमा पुर्याउने म हरदम प्रयास गर्नेछु ।
एसिया कप छनोटमा हामी मलेसियासँग अन्तिम ओभरमा हार्नुको कारण पनि यही थियो । हामी सकारात्मक सोचका साथ खेलेका थिएनौं । हामीले जितिसकेको खेल हारेर मलेसियालाई उपहार दिएका थियौं । अहिलेदेखि नै प्रशिक्षणमा जितको मानसिकता लिएर आउनुपर्छ ।
बूढीऔंलामा चोट लागेर मैले त्यो खेल खेल्न सकेको थिइनँ । बाहिर बसेर हेर्दा मैले धेरै कुरा गहिरिएर बुझ्ने अवसर पाएँ । दबाबको स्थितिमा खेलाडीले आफैंलाई शान्त बनाएर राख्न सक्नुपर्छ । मलेसियासँगको त्यो खेलमा हामीले पूरै धैर्य गुमाउन पुग्यौं । महिला टोलीमा फिटनेसको धेरै समस्या छ । हामीले खानपिनमै धेरै ध्यान दिनुपर्छ ।
क्याम्प नभएका बेला आ–आफ्नो क्षेत्रमा भए पनि प्रशिक्षण गरेर बस्नुपर्छ । वर्षभर फिटनेसमा केही नगरेर १४ दिनको क्याम्पले केही हुनेवाला छैन । त्यही भएर खेलाडीले आफैं फिटनेसमा ध्यान दिनुपर्छ, आफ्नो जिम्मेवारी आफैं लिनुपर्छ । वर्षभर फिटनेस गर्दै आएका छौं भने क्याम्पमा खेलमै मात्र ध्यान दिन पाउँछौं । प्रशिक्षकले पनि यस्तो बेला केही गर्न सक्दैन ।
प्रशिक्षकले जति गरे पनि मैदानमा गएर खेल्न सक्दैन । एउटा खेलाडी भएर बुझ्नुपर्छ, राम्रो प्रशिक्षक आए नि नराम्रो प्रशिक्षक आए पनि खेल्ने खेलाडीले नै हो । हामीले राम्रो गरेपछि खेलाडीको नाम नै तुरुन्तै आइहाल्छ । टिमले नराम्रो गर्यो भने तुरुन्तै प्रशिक्षकको नाम आउँछ । हामी भने त्यहीं गल्ती गरिरहेका हुन्छौं ।
क्यानले आफ्नोतर्फबाट महिला क्रिकेटलाई माथि उठाउन प्रयासहरू गरिरहेकै छ । विभिन्न देशका टिमलाई नेपालमा खेल्न बोलाइरहेको छ । सरकारले क्यानको कदममा साथ दिनुपर्छ जस्तो लाग्छ । हामी विश्वकप खेल्न सक्छौं । त्यो हाम्रो लक्ष्य हो । त्यसका लागि हामी दृढ पनि छौं ।