मुख्य समाचार
साउदी अरबमा सडक दुर्घटनामा मृत्यु भएका ३ नेपालीको शव नेपाल पठाइने भएको छ
साउदी अरबमा सडक दुर्घटनामा मृत्यु भएका ३ नेपालीको शव नेपाल पठाइने भएको छ

: साउदी अरबमा सडक दुर्घटनामा मृत्यु भएका ३ नेपालीको शव नेपाल पठाइने भएको छ ।


नेपाली वाणिज्य दूत सिर्जना अधिकारीका अनुसार सडक दुर्घटनामा परि मृत्यु भएका पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको शव २० र २१ फब्रुअरीका दिन स्वदेश पठाउन लागेको हो ।

क्षतिपूर्ति साथ मृतक नेपालीहरूको शव चाँडो भन्दा चाँडो नेपाल पठाउन सम्बन्धित कम्पनी र निकायसँग समन्वय गरेको उनले बताइन्।


सोही दुर्घटनामा घाइते इलामका सुकबहादुर लिम्बुको उपचार चलिरहेको छ।

गत जनवरी २७ का दिन साउदीको पश्चिम क्षेत्र जिजान शहरको आराम्को रिफाइनरी रोडनजिकै कामदार चढेको गाडी र ट्रेलर एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा तीन नेपालीसहित भारतका नौ र घानाका तीन जना गरी १५ जनाको मृत्यु भएको थियो।

उनीहरू अरेबियन कन्सोलिडेटेड इन्ड्रस्टियल क्लिनिङ सर्भिसेज कर्पोरेसन (एसीआईसी) कम्पनीमार्फत जिजानको आराम्को प्रोजेक्टमा गर्दै आएका थिए।

दुर्घटनाका घाइते सुकबहादुर लिम्बुसहित अन्य मुलुका ११ जना नजिकैको अस्पतालमा उपचारार्थ छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इराकका लागि नेपालका गैरआवासीय राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हसन् । त्यसअवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेको कुवेतस्थित नेपाली ...
: इजरायलमा अपहृत नेपाली नागरिक विपिन जोशीको परिवारले लामो प्रतीक्षापछि उनको एउटा जीवनको संकेतसहितको भिडियो सार्वजनिक गरेको छ। यो भिडियो इजरायली सेनाले 'युद्धका दौरान प्राप्त सामग्री' (IDF spoils)मा फेला पारेको र इजरायली गुप्तचर निकायमार्फत परिवारसम्म पुर्‍याइएको जनाइएको छ। परिवारका अनुसार उक्त भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ, जसमा विपिनलाई हमासको नियन्त्रणमा रहेको अवस्थामा देखिएको ...
श्रद्धा र आत्मीयताका साथ इजरायलमा नेपालीहरूको दशैं
। विदेशी जेलमा एक हजार भन्दा बढी नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही समयअघि सांसदको प्रश्नमा परराष्ट्र मन्त्रालयले दिएको जवाफ हालै संघीय संसद् सचिवालयले प्रकाशन गरेको छ । जसमा १ हजार १७१ नेपाली विदेशी जेलमा रहेको उल्लेख छ । यसमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । बाँकी जानकारी मन्त्रालयले उपलब्ध गराएको छैन । ...
। बेलायतको अल्डरसटमा कारको ठक्करबाट दुईजना वृद्ध नेपाली पैदलयात्रुको निधन भएको छ । फ्लीट रोडमा बुधबार बिहान करिब ६ः३० तिर निलो स्कोडा कारले ठक्कर दिँदा ७६ र ७७ वर्षीय दुई नेपाली पैदलयात्रीको घट्नास्थलमै निधन भएको ह्याम्पसायर प्रहरीले जनाएको छ । प्रहरीले मादक पदार्थ वा लागूऔषध सेवन गरी लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको आरोपमा कार चालक वकिङहाम निवासी ...