मुख्य समाचार
मलेसियाले एकैपटक १८ जना नेपालीलाई निष्कासन
मलेसियाले एकैपटक १८ जना नेपालीलाई निष्कासन

: नेपालीहरूको वैदेशिक रोजगारको प्रमुख गन्तव्य हो, मलेसिया। मलेसियामा लाखौं नेपालीहरू विभिन्न कम्पनीहरूमा कार्यरत छन्। कतिपय प्रक्रिया पुर्‍याएर त्यहाँ पुगेका छन् भने कतिपय गैरकानुनी तरिकाबाट पनि मलेसियामा काम गरिरहेका छन्।


कानुन विपरीत काम गर्ने नेपालीहरूलाई त्यहाँको अध्यागमनले बेला-बेला पक्राउ गरी अनुसन्धान पनि गर्ने गरेको छ। यसैबीच मलेसियाको अध्यागमनले ठूलो संख्यामा नेपालीहरूलाई निष्कासन (डीपोर्ट) गरेको छ।

स्रोतका अनुसार मलेसियाले एकैपटक १८ जना नेपालीलाई निष्कासन गरेको हो। उनीहरूलाई यसै साता मलिन्दो एयरलायन्सको विमानबाट नेपाल फर्काइएको स्रोतले जनाएको छ।


नेपाल फर्काइनेमा चन्द, तामाङ, चौधरी, बलोन, बुढाथोकी, श्रेष्ठ, तमेली, यादव, सार्की, घर्तीमगर, शेर्पा, कानु, आले मगर, सुनार, रिमाल, यादव, लिम्बु र तामाङ थर रहेका छन्। कानुन विपरीत बसोबास गरिरहेको आरोपमा उनीहरूलाई मलेसियाको अध्यागमनले निष्कासन गरेको हो। गत पुसमा पनि मलेसिया सरकारले १३ जना र मंसिरमा २६ जना नेपालीलाई निष्कासन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इराकका लागि नेपालका गैरआवासीय राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हसन् । त्यसअवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेको कुवेतस्थित नेपाली ...
: इजरायलमा अपहृत नेपाली नागरिक विपिन जोशीको परिवारले लामो प्रतीक्षापछि उनको एउटा जीवनको संकेतसहितको भिडियो सार्वजनिक गरेको छ। यो भिडियो इजरायली सेनाले 'युद्धका दौरान प्राप्त सामग्री' (IDF spoils)मा फेला पारेको र इजरायली गुप्तचर निकायमार्फत परिवारसम्म पुर्‍याइएको जनाइएको छ। परिवारका अनुसार उक्त भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ, जसमा विपिनलाई हमासको नियन्त्रणमा रहेको अवस्थामा देखिएको ...
श्रद्धा र आत्मीयताका साथ इजरायलमा नेपालीहरूको दशैं
। विदेशी जेलमा एक हजार भन्दा बढी नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही समयअघि सांसदको प्रश्नमा परराष्ट्र मन्त्रालयले दिएको जवाफ हालै संघीय संसद् सचिवालयले प्रकाशन गरेको छ । जसमा १ हजार १७१ नेपाली विदेशी जेलमा रहेको उल्लेख छ । यसमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । बाँकी जानकारी मन्त्रालयले उपलब्ध गराएको छैन । ...
। बेलायतको अल्डरसटमा कारको ठक्करबाट दुईजना वृद्ध नेपाली पैदलयात्रुको निधन भएको छ । फ्लीट रोडमा बुधबार बिहान करिब ६ः३० तिर निलो स्कोडा कारले ठक्कर दिँदा ७६ र ७७ वर्षीय दुई नेपाली पैदलयात्रीको घट्नास्थलमै निधन भएको ह्याम्पसायर प्रहरीले जनाएको छ । प्रहरीले मादक पदार्थ वा लागूऔषध सेवन गरी लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको आरोपमा कार चालक वकिङहाम निवासी ...