मुख्य समाचार
दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सुरु
दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सुरु

: दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता बुधafरदेखि सुरु भएको छ। भद्रपुरस्थित मेची रंगशाला भएको उद्‍घाटन खेलमा घरेलु टोली आयोजक भद्रपुर ब्लेजर्सले पाहुना टोली भारत दार्जिलिङ पुलिस फुटबल क्लबमाथि संर्घषपूर्ण जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ। भद्रपुर ब्लेजर्सले दार्जिलिङ पुलिस फुटबल क्लबलाई ४-३ गोल अन्तरले पराजित गरेका थिए ।


दर्शकले भरिभराउ अत्यन्तै रोमाञ्चक खेलको तेस्रो मिनेटमा भद्रपुरका तर्फबाट विदेशी खेलाडी साम कार्लोस १८ याडबाट दोस्रो वार च्याप्दै गरेको प्रहार गोल भएको थियो। खेलको ३९औं मिनेटमा भद्रपुरका स्ट्राइकर मिलन राईले गरेको प्रहार दार्जिलिङका गोल रक्षक निगम सिंहबाट रिवाउन्स भएको थियो। सो बललाई भद्रपुरका कप्तान आशिष चापागाईँले गोल गर्दै खेललाई २-० को स्थितिमा पुर्‍याएका थिए । खेलको ४२ औं मिनेटमा भद्रपुरका सत्यम शर्माले मैदानको मध्य भागबाट सिङ्गल खेल्दै गोल गर्न सफल भए। दार्जिलिङका गोलरक्षक सिंहसँग वान-टु-वान स्थितिमा उनले गोल गरे । खेलको ७२ औं मिनेटमा विशाल दर्जीको क्रस पासमा प्रताप राईले गोल गर्दै भद्रपुरको जित सुनिश्चित गरे।

पहिलो हाफमा फितलो प्रदर्शन गरेको दार्जिलिङले दोस्रो हाफमा आयोजक भद्रपुरमाथि दबाब सृजना गरेको थियो। खेलको ५०औं मिनेटमा प्रशान्त राईले पेनाल्टी एरियामा पाएको पासलाई गोलमा परिणत गरे। खेलको ५५औं मिनेटमा नयन प्रधानले अर्को गोल थपे। आशिष देवानको क्रस पासमा पेनाल्टी एरियामा अनमार्क रहेका प्रधानले सुन्दर गोल गरे। खेलको ७० औं मिनेटमा दार्जिलिङका रूड गुलितले गोल गर्दै खेललाई ३-३ को बराबरीमा ल्याए पनि प्रतियोगिताबाट बाहिरिनु पर्‍यो। खेलको ३४औं मिनेटमा आशिष चापागाईंको क्रस पासमा मिलन राईले गरेको पावरफुल प्रहार दार्जिलिङका गोलरक्षक सिंहले पञ्च गरेर बचाउ गरे। ५३औं मिनेटमा आशिष चापागाईँले विपक्षी गोल रक्षकसँग वान भर्सेस वानको स्थितिमा गोल गर्ने सकेनन्। खेलको अधिकांश समय दार्जिलिङले विपक्षी भद्रपुरमाथि खासै मुभ बनाउन सकेन। टेक्निकल खेल प्रदर्शन गरेको दार्जिलिङले दोस्रो हाफमा दबाब सृजना गरेको भएपनि पहिलो खेलबाटै घर फर्कियो। खेलको प्लेयर अफ द म्याच विजेता टिमका आशिष चापागाईं भए। उनले नगद २१ हजारसहित टर्फी पाएका छन्।


खेलपछि भएको पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै भद्रपुरका प्रशिक्षक सचिन्द्र धिमालले पहिलो हाफमा नतिजा आफ्नो पक्षमा पारेपछि टिमले दोस्रो हाफमा दबाबको सामना गर्नु परेको धारणा राखे। उनले वैकल्पिक खेलाडीले अन्तिम समयमा परिणाम आफ्नो पक्षमा पार्न सफल भएको र आगामी खेलमा यसलाई सुधारेर लैजाने बताए। उता दार्जिलिङका प्रशिक्षक शिव तामाङले टिमले सुरूवातमै गोल खाएपछि दबाब झेल्नु परेको बताए। टिम सेट नभई गोल खानु विपक्षी टिमलाई नतिजा सुम्पिनु परेको उनको भनाइ छ । खेलको दोस्रो हाफमा खेलाडीले मैदानमा राम्रो प्रदर्शन गरेपनि एक गोलले हार बेहोर्नु परेको उनको भनाइ छ। बिहीबारको खेल झापा ११ एफसी र मछिन्द्र फुटबल क्लबबीच हुने आयोजक समितिले जनाएको छ।

गोल्डकपमा घरेलु टोली भद्रपुर ब्लेजर्स सहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यु रोड टिम, सशस्त्र प्रहरीको एपिएफ एफसी र झापा ११ एफसी सहभागी हुनेछन्। गोल्डकपमा तीन विदेशी टिम दार्जिलिङ पुलिस एफसी भारत, ट्रान्सपोर्ट युनाइटेड एफसी भुटान, काउर्न बाजार प्रगति संघ बंगलादेशसहित १० टिम सहभागी छन्। गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ। गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित