मुख्य समाचार
अमेरिकामा घरबारविहीन हुनेको संख्या बढ्दो, गत वर्ष मात्र ७ लाख ७१ हजार घरबारविहीन
अमेरिकामा घरबारविहीन हुनेको संख्या बढ्दो, गत वर्ष मात्र ७ लाख ७१ हजार घरबारविहीन

— विकसित र शक्तिशाली मुलुकको अग्रस्थानमा रहेको अमेरिकामा बर्सेनि घरबारविहीनको संख्या बढ्दो छ । सामाजिक, आर्थिक, विकासका पूर्वाधार र राजनीतिक रूपमा विकसित अमेरिकामा अतिगरिबीको अवस्था नाघेपछि हुने घरबारविहीनको संख्या बर्सेनि बढ्दै गएको हो ।



यूएस डिपार्टमेन्ट एन्ड हाउसिङ अर्बन डेभलपमेन्ट (एचडीयू) ले सन् २०२४ मा गरेको गणनाअनुसार अमेरिकामा हाल ७ लाख ७१ हजार ४ सय ८० जना पूर्ण रूपमा घरबारविहीन छन् । यो संख्या कुल जनसंख्याको शून्य दशमलव २४ प्रतिशत हो ।

करिब ३२ करोड जनसंख्या रहेको अमेरिकामा १२ वर्षको अन्तरालमा घरबारविहीनको संख्यामा उतारचढाव देखिए पनि तुलनात्मक रूपमा बढेको एचडीयूको दाबी छ । ब्यागप्याक बेड नामक संस्थामार्फत एचडीयूले सार्वजनिक गरेको उक्त तथ्यांकमा २०१२ देखि २०१६ सम्म अमेरिकामा घरबारविहीन हुनेको संख्या घटिरहँदा २०१७ देखि २०२४ सम्ममा भने यो संख्या बर्सेनि बढेको देखिन्छ ।

एचडीयूको उक्त तथ्यांकअनुसार २०१२ मा ६ लाख २१ हजार ५ सय ५३ घरबारविहीन भएका थिए । २०१३ मा भने यो संख्या घटेर ५ लाख ९० हजार ३ सय ६४ पुगेको थियो भने २०१४ मा ५ लाख ७६ हजार ४ सय ५० जना घरबारविहीनको सूचीमा परेका थिए । २०१५ मा अझ घटेर ५ लाख ६४ हजार ७ सय ८ जना घरबारविहीन भएका थिए ।


त्यसैगरी २०१६ मा ५ लाख ४९ हजार ९ सय २८ जना घरबारविहीन हुँदा २०१७ मा उक्त संख्यामा वृद्धि हुँदै ५ लाख ५० हजार ९ सय ९६ पुगेको थियो । २०१७ देखि २०२४ सम्म घरबारविहीनको संख्या निरन्तर वृद्धि भएको एचडीयूको तथ्यांकले पुष्टि गरेको छ । अमेरिकामा घरबारविहीन हुनेको संख्या २०१८ मा ५ लाख ५२ हजार ८ सय ३०, २०१९ मा ५ लाख ६७ हजार ७ सय ६५ तथा २०२० मा ५ लाख ८० हजार ४ सय ६६ पुगेको थियो ।

कोराना प्रभावका कारण एचडीयूले २०२१ मा घरबारविहीनको गणना गरेको थिएन । कोरोनाकालपछि पुनः २०२२ मा सुरु गरिएको गणनाअनुसार त्यस वर्ष ५ लाख ८२ हजार ४ सय ६२, २०२३ मा ६ लाख ५३ हजार १ सय ४ जना र २०२४ मा अझ बढेर ७ लाख ७१ हजार ४ सय ८० जना घरबारविहीनको सूचीमा परेका छन् । कोरोनाकालपछि घरबारविहीन हुनेहरूको संख्या निरन्तर बढिरहेको छ । २०२३ मा ७० हजार ६ सय ४२ र २०२४ मा १ लाख १८ हजार ३ सय ७६ जना घरबारविहीन बढेका हुन्, जुन १८ प्रतिशतले वृद्धि हो ।



हाल घरबारविहीन हुनेमध्ये ६९ प्रतिशत पुरुष, २९ प्रतिशत महिला र २ प्रतिशत अन्य छन् । ५५ वर्षमाथिका १ लाख ४६ हजार १ सय ५४ र ७० वर्षमाथिका वयोवृद्धहरू ३२ हजार ७ सय ८० रहेका छन् भने बाँकी ५ लाख ९२ हजार ५ सय ४६ जना युवावस्थाका छन् । तीमध्ये ३४ प्रतिशत परिवार सहित बालबालिका छन् । हाल अमेरिकामा रहेका घरबारविहीनमध्ये २ लाख ७४ हजार २ सय २४ सडकपेटीमा बस्छन् । तीमध्ये १३ हजार ८ सय ५१ जना ७० वर्षमाथिका वृद्धवृद्धा छन् ।

सडकपेटीबाहेक उनीहरू स्थानीय निकाय, राज्य सरकार र संघीय सरकारले तोकेको खुला आकाशमुनि पाल टाँगेर र उनीहरूका लागि बनाइएको भवनमा बसोबास गर्ने एचडीयूले जनाएको छ । घरबारविहीन क्यालिफोर्निया, टेक्सस, भर्जिनिया, मेरिल्यान्ड, टेनिसी, फ्लोरिडा, वासिङ्टन, न्युजर्सी, नवरार्सका, नाभादा, जर्जिया, मिनिसोटा, मिसिगन, मिसिसिपी, वस्कन्सिन, ओरिगोन, इन्डियाना, इलिनोइस, कोलोराडो, केन्टुके, ओहायो, हवई र माइनमा सबैभन्दा बढी छन् ।

प्रत्येक दिन औसतमा २० जना घरबारविहीनको मृत्यु हुने गरेको तथ्यांक छ । होमलेस डेथ काउन्ट (एचडीसी) को तथ्यांकअनुसार घरबारविहीनमध्ये २०१८ मा ६ हजार ३ सय ४५, २०१९ मा ६ हजार ३ सय ६२ र २०२० मा ७ हजार ८ सय ७७ जनाको मृत्यु भएको थियो । एचडीसीले २०२० पछि भने घरबारविहीन मृतक संख्याको तथ्यांक सार्वजनिक गरेको छैन । पछिल्लो २०२० को तथ्यांकअनुसार प्रतिदिन औसतमा २१ जना घरबारविहीनको ज्यान गएको देखिन्छ ।

नेसनल एलायन्स टु एन्ड होमलेसनेसकी प्रमुख कार्यकारी अधिकृत एन ओलिभाले केही वर्षयता घरबारविहीनको संख्यामा वृद्धि हुनुले यसलाई नियन्त्रण गर्न अमेरिकाले केही नयाँ योजना अघि बढाउन आवश्यक रहेको बताएकी छन् । उनले २०२४ मा ७ लाख बढी घरबारविहीन हुनेबारे आफूले अनुमान नै नगरेको र यो संख्याले चकित भएको अमेरिकी सञ्चारमाध्यमहरूसँग प्रतिक्रिया दिएकी छन् । उनले पारिवारिक हिंसा, मानसिक स्वास्थ्य समस्या, शारीरिक स्वास्थ्य समस्या, बेरोजगार, रोजगार गुमाउनु, कम रोजगार हुनु वा नयाँ काम पाउन नसक्नु, लागूऔषध दुर्व्यसनी जस्ता मुख्य कारणले घरबारविहीन हुने दाबी गरेकी छन् ।

नेसनल हाउजिङ ल प्रोजेक्टका कार्यकारी निर्देशक समस रोलरले घरबारविहीन हुनबाट बच्न आधारभूत अवस्था सही दिशामा नजाँदा यो अवस्था सिर्जना भएको बताएका छन् । उनले अमेरिकाको ‘सिस्टम’ र आर्थिक हैसियत नै धेरै कडा हुँदा पनि यस्तो अवस्था सिर्जना भएको दाबी गरेका छन् । ‘घरबारविहीन बढ्नाले देशभरको ठूलो जनसंख्यालाई असर गरेको छ ।’ उनले तथ्यांकबारे टिप्पणी गर्दै भनेका छन्, ‘मानिसहरू जब आर्थिक हैसियतको अन्तिम अवस्थामा पुग्छन्, त्यसपछि उनीहरू घरबारविहीन भएका छन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...