मुख्य समाचार
रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३–१ ले हराएको छ सँगैयुरोपेली च्याम्पियन्स लिगमा अन्तिम १६ मा प्रवेश
रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३–१ ले हराएको छ सँगैयुरोपेली च्याम्पियन्स लिगमा अन्तिम १६ मा प्रवेश

— रियल म्याड्रिडले केयलियन एमबापको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा बुधबार म्यानचेस्टर सिटीलाई ३–१ ले हराएको छ र यससँगै प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । हारले सिटी प्रतियोगिताबाट बाहिरिएको छ ।



डिफेन्डिङ च्याम्पियनका लागि एमबापेले ४, ३३ र ६१ औं मिनेटमा तीन गोल गरे । निको गोन्जालेजले दोस्रो हाफको इन्युरी समयमा सिटीका लागि सान्त्वना गो फर्काए । यो जितसँगै दुई लेगको नकआउट प्ले–अफमा रियलले ६–३ को अग्रता लिएको छ ।

बोरुसिया डर्टमुन्ड, पीएसभी आयनहोभन र पेरिस सेन्ट जर्मेन (पीएसजी) पनि अन्तिम १६ मा पुग्न सफल रहे । डर्टमुन्डले स्पोर्टिङ लिस्वनसँग गोलरहित बराबरी खेल्यो र समग्रमा ३–० को अग्रता लियो ।

आयनहोभनले भने युभेन्ट्सलाई ३–१ ले पराजित गर्दै समग्रमा ४–३ ले अगाडि रह्यो । पीएसजीले भने ब्रेस्टलाई सजिलै ७–० ले हरायो र समग्रमा १०–० ले अगाडि रहन सफल रह्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित