मुख्य समाचार
कीर्गिस्तानलाई ५-० गोल अन्तरले पराजित गर्दै म्यानमार एक खेल अगावै प्रतियोगिताको फाइनल प्रवेश
कीर्गिस्तानलाई ५-० गोल अन्तरले पराजित गर्दै म्यानमार एक खेल अगावै प्रतियोगिताको फाइनल प्रवेश

: म्यानमार काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा कीर्गिस्तानलाई ५-० गोल अन्तरले पराजित गर्दै म्यानमार एक खेल अगावै प्रतियोगिताको फाइनल प्रवेश गरेको हो।


म्यानमारलाई जित दिलाउन योन वादी र मे हिइत लुले दुई-दुई गोल गरिन् भने सानदार लिनले एक गोल गरिन्। योनले दोस्रो मिनेटमै म्यानमारलाई आग्रता दिलाएकी थिइन्। सानदार लिनले खेलको ३०औं मिनेटमा गोल गरिन्। त्यस्तै खेलको ३६ औ मिनेटमा मे हिइत लुले गोल गरिन् भने पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा योनले व्यक्तिगत दोस्रो गरिन्। त्यस्तै दोस्रो हाफको ४९औं मिनेटमा मे हिइत लुले अर्को गोल गरेकी थिइन्।

यसअघि पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो। पराजित कीर्गिस्तान उपाधि होडबाट बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित