मुख्य समाचार
जनताको अवस्था बदल्न सबै एक भएर अघि बढौं : प्रचण्ड
जनताको अवस्था बदल्न सबै एक भएर अघि बढौं : प्रचण्ड

: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सबै एकताबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता भएको बताएका छन्।


राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधबार शुभकामना दिँदै उनले जनताको संघर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै संविधानको कार्यान्वयनमार्फत् समाजवादोन्मुख राज्यको आधारशीला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका हुन्।

'नेपाली जनताको बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको छ,'अध्यक्ष दाहालले भने,'यी उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, जनयुद्ध, २०६२/६३ को ऐतिहासिक जनआन्दोलनलगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनको निर्णायक भूमिका छ ।'


पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको मूल एजेण्डामार्फत बदलिएको प्रजातन्त्र दिवसले देशका चुनौती छिचोल्दै नवीनतम् सम्भावना प्राप्त गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना समेत गरेका छन् ।

उनले प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्ने सहिदप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य डिस्चार्ज भएका छन्। कीर्तिपुरस्थित बर्न अस्पतालबाट मेयर आचार्य डिस्चार्ज भएका हुन्। गत शनिबार पोखरा भ्रमण वर्षको उद्‍घाटनका क्रममा बेलुन पड्किँदा उनी घाइते भएका थिए। मेयर आचार्यसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडे घाइते भएका थिए। अर्थमन्त्री पौडेल यसअघि नै डिस्चार्ज भइसकेका छन्। मेयर आचार्यले प्राविधिक त्रुटि हुँदा आफूहरू घाइते भएको बताएका ...
: नेपालमा सञ्चालित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्थगित भएको छ। जनवरी २० मा राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशसँगै नेपालमा एमसीसीका परियोजना स्थगित भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरेर अमेरिकी सहायता सञ्चालित एमसीसी परियोजना ९० दिनका लागि स्थगित भएको जानकारी दिएको छ। 'अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज ...
: पक्राउ परेका दुई जना कार्यकर्ता रिहाइको माग गर्दै धरानमा पहिचानवादीले प्रदर्शन गरेका छन्। धरानमा सामाजिक सञ्जालमा अफबाह फैलाएको आरोपमा पक्राउ परेकी सिर्जना बेघा र ताप्लेजुङका पदम माबोलाई कालोमोसो दलेको आरोपमा पक्राउ परेका जसपा नेपाल धरानका उपाध्यक्ष सुमन चेम्जोङको रिहाइको माग गर्दै धरानमा पहिचानवादीहरुले विरोध प्रदर्शन गरेका हुन्। किराँत याक्थुम चुम्लुङ धरानको आयोजनामा पहिचानवादीहरूले विरोध ...
— जाजरकोटको कुशे गाउँपालिका–१ स्थित आधारभूत स्वास्थ्य केन्द्र काफलबाटामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाका देवीसरा वादीको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको छ । आज बिहान घाँस काट्दै गर्दा लडेर घटनास्थलमै मृत्यु भएको स्वास्थ्य चौकी टालेगाउँका स्वास्थ्य चौकी प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए । कुशे–१ को गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा भिरबाट ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भण्डाफोर सभा आयोजना गर्ने भएको छ। पार्टी महासचिव राजेन्द्र गुरुङले विज्ञप्ति जारी गरेर फागुन ९ गतेदेखि प्रदेश स्तरीय भण्डाफोर सभा आयोजना गर्ने जानकारी दिएका छन्। उनका अनुसार भोलि पोखराबाट भण्डाफोर सभाको सुरुवात हुनेछ। त्यस्तै बुटवलमा १७ गते, धनगढीमा १८ गते, जनकपुरमा २१ गते, काठमाडौंमा २५ गते र सुर्खेतमा २७ गते भण्डाफोर ...