मुख्य समाचार
नेपालमा सञ्चालित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्थगित
नेपालमा सञ्चालित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्थगित

: नेपालमा सञ्चालित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्थगित भएको छ। जनवरी २० मा राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशसँगै नेपालमा एमसीसीका परियोजना स्थगित भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।


अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरेर अमेरिकी सहायता सञ्चालित एमसीसी परियोजना ९० दिनका लागि स्थगित भएको जानकारी दिएको छ। 'अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले २०८१ फागुन २ गतेको इमेल पत्रमार्फत नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्टअन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित 'एमसीसी फन्ड'बाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरूलाई जानकारी गराइन्छ,' अर्थ मन्त्रालयले भनेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले २० जनवरीमा सपथ लिएसँगै वैदेशिक सहायता ९० दिनका लागि निलम्बन गर्नेसम्बन्धी कार्यकारी आदेश जारी गरेको थियो। सो आदेशससँगै अमेरिकी सरकारको सहयोगमा सञ्चालित नेपालका सबै परियोजनाहरू स्थगित भएका छन्।


एमसीसी सम्झौतामा के छ?
एमसीसीअन्तर्गत अमेरिकी सरकारले ५० करोड डलर (५५ अर्ब रुपैयाँ) अनुदान स्वरूप उपलब्ध गराउनेछ। नेपालका तर्फबाट १३० मिलियन डलर (करिब १४ अर्ब रुपैयाँ)बराबर रकम विनियोजन गर्नुपर्नेछ। उक्त रकम ऊर्जा र यातायात विकासका क्षेत्रमा सम्झौता लागू भएको मितिदेखि पाँच वर्षभित्र परिचालन गरिसक्नुपर्ने प्रावधान छ।

सम्झौतामा विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मतसम्भार समेटिएको छ। काठमाडौंको उत्तरपूर्व अवस्थित लप्सीफेदीबाट काठमाडौंको पश्चिममा रहेको नुवाकोटको रातमाटेसम्मको खण्ड, रातमाटेबाट हेटौंडासम्मको खण्ड, रातमाटेबाट दमौलीसम्मको खण्ड, दमौलीबाट बुटवलसम्मको खण्ड र बुटवलबाट भारतको सिमानासम्मको खण्डमा ४ सय केभी क्षमताका प्रसारण लाइन बनाइनेछ। रातमाटे, दमौली र बुटवलमा तीनवटा सबस्टेसन बन्नेछन्।

अनुदानमध्ये ३ सय किलोमिटर प्रसारण लाइन र सबस्टेसन निर्माणमा करिब ४० करोड डलर खर्च गरिनेछ। सडकतर्फ पूर्व–पश्चिम राजमार्गको कपिलवस्तु चन्द्रौटाबाट लमही हुँदै बाँके र दाङमा पर्ने शिवखोलासम्म ३ सय ५ किलोमिटर स्तरोन्नतिमा करिब ५.२ करोड डलर खर्च गरिनेछ।

एमसीसीमा परेका गौरवका आयोजनाहरू
मन्त्रिपरिषद्को २०७५ असोज ५ गते बसेको बैठकले एमसीसीको सहयोगका दुई आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गर्‍यो। जसमा काठमाडौं लप्सेफेदीबाट धादिङको गल्छी–रातमाटे प्रसारण लाइन र दमौली–भरतपुर–बुटवल प्रसारण लाइन निर्माण आयोजना छन्।

एमसीसीको अनुदान कुन क्षेत्रमा परिचालन गर्ने भन्नेमा विज्ञसँग छलफल गरियो। सोही सन्दर्भमा अर्थ मन्त्रालयको संयोजकत्वमा समिति बनाइयो। समितिले आर्थिक वृद्धिका अवरोधहरू पहिचान गर्न विज्ञ टोलीद्वारा अध्ययन गरायो। त्यसपछि सरकारले सहयोगलाई प्रसारण लाइन र सडक स्तरोन्नतिमा खर्च गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य डिस्चार्ज भएका छन्। कीर्तिपुरस्थित बर्न अस्पतालबाट मेयर आचार्य डिस्चार्ज भएका हुन्। गत शनिबार पोखरा भ्रमण वर्षको उद्‍घाटनका क्रममा बेलुन पड्किँदा उनी घाइते भएका थिए। मेयर आचार्यसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडे घाइते भएका थिए। अर्थमन्त्री पौडेल यसअघि नै डिस्चार्ज भइसकेका छन्। मेयर आचार्यले प्राविधिक त्रुटि हुँदा आफूहरू घाइते भएको बताएका ...
: पक्राउ परेका दुई जना कार्यकर्ता रिहाइको माग गर्दै धरानमा पहिचानवादीले प्रदर्शन गरेका छन्। धरानमा सामाजिक सञ्जालमा अफबाह फैलाएको आरोपमा पक्राउ परेकी सिर्जना बेघा र ताप्लेजुङका पदम माबोलाई कालोमोसो दलेको आरोपमा पक्राउ परेका जसपा नेपाल धरानका उपाध्यक्ष सुमन चेम्जोङको रिहाइको माग गर्दै धरानमा पहिचानवादीहरुले विरोध प्रदर्शन गरेका हुन्। किराँत याक्थुम चुम्लुङ धरानको आयोजनामा पहिचानवादीहरूले विरोध ...
— जाजरकोटको कुशे गाउँपालिका–१ स्थित आधारभूत स्वास्थ्य केन्द्र काफलबाटामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाका देवीसरा वादीको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको छ । आज बिहान घाँस काट्दै गर्दा लडेर घटनास्थलमै मृत्यु भएको स्वास्थ्य चौकी टालेगाउँका स्वास्थ्य चौकी प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए । कुशे–१ को गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा भिरबाट ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भण्डाफोर सभा आयोजना गर्ने भएको छ। पार्टी महासचिव राजेन्द्र गुरुङले विज्ञप्ति जारी गरेर फागुन ९ गतेदेखि प्रदेश स्तरीय भण्डाफोर सभा आयोजना गर्ने जानकारी दिएका छन्। उनका अनुसार भोलि पोखराबाट भण्डाफोर सभाको सुरुवात हुनेछ। त्यस्तै बुटवलमा १७ गते, धनगढीमा १८ गते, जनकपुरमा २१ गते, काठमाडौंमा २५ गते र सुर्खेतमा २७ गते भण्डाफोर ...
: राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसका अवसरमा लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन्। प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना दिँदै उनले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई स्थापित गरेको बताएका छन्। ‘लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्‌भाव तथा समृद्धि सहित ...