मुख्य समाचार
स्पेनले चार जना नेपालीलाई निष्कासन गरेको छ
स्पेनले चार जना नेपालीलाई निष्कासन गरेको छ

: कानुन उल्लंघन गरेको आरोपमा स्पेनले चार जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले स्पेनमा बस्दै आएका उनीहरूलाई यसै साता निष्कासन गरी नेपाल पठाइएको हो।


स्रोतका अनुसार एक जनालाई टर्कीस एयरलायन्सको विमानबाट र बाँची तीन जनालाई कतार एयरलायन्सको विमानबाट काठमाडौं पठाइएको हो। निष्कासनमा पर्नेमा राना, खनाल, भण्डारी र केसी थरी रहेका छन्। राना 'ओभरस्टे' गरेको आरोपमा निष्कासनमा परे पनि बाँकी तीन जनालाई कुन कानुनअन्तर्गत निष्कासन गरिएको भन्ने विषय खुलाइएको छैन।

दलाल र आकर्षक कमाइको प्रलोभनमा परेर नेपालीहरू युरोप पुग्ने गरेका छन्। तर, त्यहाँको कानुनबारे जानकार नहुँदा नेपालीहरू निष्कासनमा पर्ने गरेका छन्। गत माघमा स्पेनले ८ जना नेपालीलाई निष्कासन गरेको थियो। पासपोर्ट फ्याँकेर लुकीछिपी बस्दै आएका नेपालीहरू निष्कासनमा परेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इराकका लागि नेपालका गैरआवासीय राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हसन् । त्यसअवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेको कुवेतस्थित नेपाली ...
: इजरायलमा अपहृत नेपाली नागरिक विपिन जोशीको परिवारले लामो प्रतीक्षापछि उनको एउटा जीवनको संकेतसहितको भिडियो सार्वजनिक गरेको छ। यो भिडियो इजरायली सेनाले 'युद्धका दौरान प्राप्त सामग्री' (IDF spoils)मा फेला पारेको र इजरायली गुप्तचर निकायमार्फत परिवारसम्म पुर्‍याइएको जनाइएको छ। परिवारका अनुसार उक्त भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ, जसमा विपिनलाई हमासको नियन्त्रणमा रहेको अवस्थामा देखिएको ...
श्रद्धा र आत्मीयताका साथ इजरायलमा नेपालीहरूको दशैं
। विदेशी जेलमा एक हजार भन्दा बढी नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही समयअघि सांसदको प्रश्नमा परराष्ट्र मन्त्रालयले दिएको जवाफ हालै संघीय संसद् सचिवालयले प्रकाशन गरेको छ । जसमा १ हजार १७१ नेपाली विदेशी जेलमा रहेको उल्लेख छ । यसमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । बाँकी जानकारी मन्त्रालयले उपलब्ध गराएको छैन । ...
। बेलायतको अल्डरसटमा कारको ठक्करबाट दुईजना वृद्ध नेपाली पैदलयात्रुको निधन भएको छ । फ्लीट रोडमा बुधबार बिहान करिब ६ः३० तिर निलो स्कोडा कारले ठक्कर दिँदा ७६ र ७७ वर्षीय दुई नेपाली पैदलयात्रीको घट्नास्थलमै निधन भएको ह्याम्पसायर प्रहरीले जनाएको छ । प्रहरीले मादक पदार्थ वा लागूऔषध सेवन गरी लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको आरोपमा कार चालक वकिङहाम निवासी ...