मुख्य समाचार
अमेरिकामा अस्पतालको आईसीयूमा गोलीबारी, प्रहरीसहित २ जनाको मृत्यु
अमेरिकामा अस्पतालको आईसीयूमा गोलीबारी, प्रहरीसहित २ जनाको मृत्यु

: अमेरिकी शहर पेन्सिलभेनियाको यूपीएम्सी मेमोरियल अस्पतालको आईसीयूमा शनिबार बिहान गोलीबारीमा एक प्रहरी अधिकारी र आक्रमणकारीको मृत्यु भएको छ भने ३ जना स्वास्थ्यकर्मीसहित ५ जना घाइते भएका छन्।

एक व्यक्तिले अस्पतालको आईसीयूमा प्रवेश गरेर गोली चलाएको छ। आक्रमणकारी ह्यान्डगन र झोला लिएर अस्पतालमा प्रवेश गरेका थिए।

आक्रमणकारी सिधै आईसीयूमा गएर गोली चलाएका थिए। गोली लागेर एक डाक्टर र एक नर्ससहित तीन कर्मचारी घाइते भएका छन्।


घटनालगत्तै आक्रमणकारीलाई पछि प्रहरीले गोली हानेर मारेको थियो। यस क्रममा एक प्रहरीको पनि मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको अधिकारीहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गत महिना फेब्रुअरी २५ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने दाबीसहित ल्याएको ५० लाख डलरको गोल्ड कार्ड बिक्री हुन थालेको छ । राष्ट्रपति ट्रम्पले विश्वका धनाढ्यहरुलाई लक्षित गर्दै अमेरिकामा कानुनीरुपमा स्थायी बसोबास र व्यवसाय गर्न सकिने प्रावधानसहित ५० लाख डलर (६८ करोड ५० लाख नेपाली रुपैंया)मा गोल्ड कार्ड खरिद गरेर अमेरिका आउन ...
— प्यालेस्टिनी समूह हमासले मध्यस्थकर्ता इजिप्ट र कतारले अघि सारेको गाजा युद्धविराम प्रस्ताव स्वीकार गरेको छ । प्रस्तावमा ५० दिनको युद्धविरामको बदलामा इजरायललाई थप पाँच बन्धक रिहा गर्ने उल्लेख छ । हमास नेता खलील अल-हय्याहले इजिप्ट र कतारका मध्यस्थकर्ताले पठाएको मस्यौदा सम्झौतालाई अनुमोदन गरेको जनाएका हुन् । इजरायलले गाजा क्षेत्रमा पुनः लडाइँ सुरू गरेपछि इजिप्टले ...
— बेलायतले म्यान्मारका लागि शनिबार एक करोड पाउन्ड (एक करोड २९ लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । म्यान्मारमा शुक्रबार गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको र राहत तथा उद्धार कार्यमा सघाउनका लागि बेलायत सरकारले सहायताको घोषणा गरेको हो । भूकम्पका कारण म्यान्मारमा एक हजार ६०० भन्दा बढीको मृत्यु हुनुका साथै व्यापक ...
। अमेरिकाको मिनेसोटा राज्यको एक आवासीय क्षेत्रमा शनिबार एउटा सानो विमान दुर्घटना हुँदा एक घरमा आगलागी भएको अमेरिकी सङ्घीय उड्डयन प्रशासनले जनाएको छ। सोकाटा टीबीएम ७ विमान स्थानीय समयअनुसार शनिबार राति १२:२० बजे उक्त घरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमान चालकको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ब्रुकलिन पार्क अग्नि विभागलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासीहरूलाई कुनै कानुनी सुनुवाइबिना नै डिर्पोट गर्न पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालत पुगेका छन् । ट्रम्पले यसअघि संघीय अदालतले जारी गरेको अस्थायी न्यायिक आदेश उल्ट्याउन र आप्रवासी निष्कासन प्रक्रिया सहज बनाउन अनुमति दिन माग गर्दै अदालतमा निवदेन दिएका हुन् । ट्रम्प भेनेजुएलाका झन्डै ३०० आप्रवासीलाई एल साल्भाडोरस्थित एक ठूलो जेलमा पठाएपछि थप ...