मुख्य समाचार
अमेरिकी सरकारी कर्मचारीलाई मस्कले भने : पूरा गरेको कामको सूची पठाउनुहोस् नत्र राजीनामा दिनुहोस्
अमेरिकी सरकारी कर्मचारीलाई मस्कले भने : पूरा गरेको कामको सूची पठाउनुहोस् नत्र राजीनामा दिनुहोस्

: अमेरिकी संघीय सरकारी कर्मचारीहरूलाई शनिबार दिउँसो एउटा इमेल आयो। इमेलको विषयमा 'तपाईंले गत हप्ता के गर्नुभयो?' लेखिएको थियो।

उक्त इमेलमा 'गत हप्तामा तपाईंले पूरा गर्नुभएका कामहरूको सूची बनाउनुहोस् वा राजीनामा दिनुहोस्' लेखिएको थियो।

अर्बपति उद्यमी एलोन मस्कले यसअघि नै समाजिक सञ्जाल एक्समा एउटा पोस्ट गरेका थिए। यसमा उनले, 'कर्मचारीहरूले चाँडै नै एउटा इमेल प्राप्त गर्नेछन्। जसको उद्देश्य गत हप्तामा उनीहरूले कुन-कुन काम पूरा गरे भनेर जान्नु रहेको हुनेछ' भनेका थिए।


यदि कर्मचारी उक्त इमेलको जवाफ दिन असफल भए त्यसलाई राजीनामा मानिने जनाइएका थिए।

एलोन मस्क अमेरिकामा सरकारी दक्षता विभागको नेतृत्व गरिरहेका छन्। यस विभागको उद्देश्य अमेरिकी सरकारको खर्च घटाउनु हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्सलाई सम्बोधन गरेपछि कर्मचारीहरूले यो इमेल प्राप्त गरेका हुन्।

बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बंगलादेशको विदेश मन्त्रालयले भारतमा शरण लिएकी पूर्वप्रधानमन्त्री शेख हसिनाको अभिव्यक्तिलाई 'सार्वजनिक रूपमा उत्तेजक'भन्दै कडा प्रतिक्रिया जनाएको छ। मन्त्रालयले भारतले उनलाई यस्तो बयान दिन अनुमति दिइएकोमा 'आश्चर्य र निराश' व्यक्त गरेको छ। मन्त्रालयले उनको यस्तो अभिव्यक्ति बंगलादेशको 'लोकतन्त्र र सुरक्षाका लागि खतरा' भएको निष्कर्ष निकालेको छ। अवामी लिग शेख हसिनाको पार्टी हो जसलाई बंगलादेशमा ...
: बंगलादेशको अन्तरिम सरकारले चटगाउँको मिरसराईमा प्रस्तावित भारतीय आर्थिक क्षेत्र परियोजना रद्द गर्ने घोषणा गरेको छ। अब भारतीय आर्थिक क्षेत्रको सट्टा रक्षा औद्योगिक पार्क निर्माण गर्ने निर्णय गरिएको छ। बीबीसी बंगलाका अनुसार बंगलादेश आर्थिक क्षेत्र प्राधिकरण (बेजा) का कार्यकारी अध्यक्ष चौधरी आशिक महमुद बिन हारुनले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्। समाचार एजेन्सी बीएसएसका अनुसार पत्रकार सम्मेलनमा ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने सामानमा लाग्ने ट्यारिफ २५ प्रतिशत पुर्‍याउने घोषणा गरेका छन् । कार, काठजन्य सामग्री, औषधि तथा अन्य उत्पादनमा लाग्ने ट्यारिफ १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा छ । उनले यो जानकारी सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ’ मार्फत् दिएका छन् । ट्रम्पले यसलाई ‘रेसिप्रोकल ट्यारिफ’ भनेका छन् । कुनै देशले ...
दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा सोमबार यात्रु बहाक डुङ्गा डुब्दा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २८ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । फिलिपिन्स कोस्ट गार्ड (पीसीजी) का कमान्डर रोमेल दुआले डुङ्गामा सवार कम्तीमा ३१६ जनालाई उद्धार गरिएको बताएका छन् । पीसीजीले एमरवी त्रिशा केस्र्टिन– ३ जाम्बोङ्गा शहरबाट सुलु प्रान्तको जोलो टापु तर्फ जादै गर्दा डुबेको पुष्टि ...
मध्य अफगानिस्तानको दयाकुन्डी प्रान्तको प्रान्तीय राजधानी निलीमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण कम्तिमा चार जना विद्यार्थीको मृत्यु भएको प्रान्तीय प्रहरी कार्यालयले आइतबार विज्ञप्ति मार्फत जनाएको छ । विद्यार्थीहरूले आफ्नो कोठा तताउन परम्परागत स्टोभमा कोइला प्रयोग गरिरहेको अवस्थामा विषाक्त ग्यास कोठा भित्र जम्मा भएर उनीहरूको मृत्यु भएको विज्ञप्तिमा भनिएको छ । पीडितहरू राष्ट्रिय विश्वविद्यालय प्रवेश परीक्षाको तयारीका लागि प्रान्तको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम