मुख्य समाचार
अमेरिकाले थप दुई जना नेपालीलाई निष्कासन
अमेरिकाले थप दुई जना नेपालीलाई निष्कासन

: अमेरिकाले थप दुई जना नेपालीलाई निष्कासन गरेको छ। अवैधरूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई नेपाल फर्काइएको स्रोतले जानकारी दिएको छ।

नेपाल फर्काइनेमा केसी र बुढाथोकी थरीका दुई व्यक्ति रहेको स्रोतको भनाइ छ। उनीहरूलाई एयर इन्डियाबाट भारत हुँदै काठमाडौं फर्काइएको हो। कानुन विपरीत अमेरिकामा बस्दै आएका उनीहरूलाई यसै साता फर्काइएको हो।

यसअघि यसै साता अन्य दुई जनालाई पनि निष्कासन गरिएको थियो। अमेरिकाले गैर कानुनीरूपमा बस्दै आएका जैसवाल र कार्की थरीका व्यक्तिलाई निष्कासन गरेको थियो।


गत जनवरी २० मा राष्ट्रपतिको सपथ लिएसँगै ट्रम्प गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति आक्रामक बनेका छन्। त्यस्ता आप्रवासीहरूलाई ट्रम्प प्रशासनले धमाधम अमेरिकाबाट निष्कासन गरिरहेको छ। भारतलगायत केही देशमा अमेरिकी सैन्य जहाजबाट नै आप्रवासीहरूलाई फिर्ता पठाइएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कतारले विभिन्न अपराधमा जेल जीवन विताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ। रमजान र ईद पर्वको अवसरमा कतारले १८ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्त जारी गर्दै कता सरकारप्रति आभार प्रकट गरेको छ। नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन ...
: अमेरिकाले अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लोपटक अमेरिकाले ६ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका ती नेपालीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा जिसी, भण्डारी, बुढा, कुसारी, बस्नेत र बानियाँ थरीका एक-एक जना रहेका छन्। एयर इन्डियाको विमानबाट उनीहरूलाई नेपाल फर्काइएको हो। स्रोतका अनुसार ...
। रुसी सेनामा भर्ती भई युद्धमा ज्यान गुमाएका र घाइते भएका नेपालीका परिवारहरु क्षतिपूर्ति लिन मस्को पुगेका छन् । क्षतिपूर्ति पाउने नेपाली परिवारहरु कति संख्यामा छन् भन्ने अहिले नै स्पष्ट भइसकेको छैन । तर क्षतिपूर्ति दाबी र बेपत्तालाई खोज्दै करिब एक दर्जन हाराहारी व्यक्तिका नातेदार मस्को पुगेको अनुमान छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले अनलाइनखबरसँग भने, ...
: वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका विभिन्न कारणले मृत्यु हुने नेपालीको संख्या १ सय ३६ पुगेको छ। साउदीस्थित नेपाली दूतावासका अनुसार गत साउनदेखि चैत १० सम्म मृत्यु हुने नेपालीको संख्या १ सय ३६ पुगेको हो। नौ महिनाभित्र विभिन्न कारणले मृत्यु भएका १ सय ३६ नेपालीको शवमध्ये १२१ वटा नेपाल पठाइएको छ। ...
: अपराधमा संलग्न एक नेपालीलाई अष्ट्रेलियाले निष्कासन गरेको छ। घरेलु हिंसामा संलग्न ती नेपालीलाई अष्ट्रेलियाको अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा थापा थरीका एक जना रहेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार थापालाई गत साता नेपाल फर्काइएको हो। उनलाई थाइ एयरको जहाजबाट काठमाडौं नेपाल फर्काइएको हो। 'घरेलु हिंसामा मुछिएका थापालाई त्यहाँको प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो। आवश्यक ...