मुख्य समाचार
जर्मनीमा सम्पन्न आम चुनावमा कन्जरभेटिभ सीडीयू पार्टी देशको सबैभन्दा ठूलो पार्टी
जर्मनीमा सम्पन्न आम चुनावमा कन्जरभेटिभ सीडीयू पार्टी देशको सबैभन्दा ठूलो पार्टी

— जर्मनीमा सम्पन्न आम चुनावमा कन्जरभेटिभ सीडीयू पार्टी देशको सबैभन्दा ठूलो पार्टी बनेको छ । यस पार्टीले सबैभन्दा बढी २८ दशमलव ६ प्रतिशत मत पाएको छ ।


सीडीयू/सीएसयू पार्टीका नेता फ्रिड्रिख मर्त्जले आफ्नो पार्टीको जितमा खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘आज हामी उत्सव मनाइरहेका छौं । भोलिदेखि काम गर्नेछौं ।’


जर्मनीमा चुनावपछि मतगणना सम्पन्न भइसकेको छ । चुनावी नतिजाअनुसार अल्टरनेटिभ फर जर्मन पार्टी (एएफडी) दोस्रो र सोशल डेमोक्रेटिक पार्टी तेस्रो भएको छ ।

चुनावी नतिजालाई लिएर यूरोपका नेताहरुको प्रतिक्रिया आउने क्रम जारी छ । ब्रिटेनका प्रधानमन्त्री कीएर स्टार्मरले भनेका छन्, ‘म जर्मनीको नयाँ सरकारसँग मिलेर काम गर्न र दुवै देशबीच पहिलेदेखि रहेको मजबुद सम्बन्धलाई अझ राम्रो बनाउँदै काम गर्नका लागि तयार छु ।’

उनले ब्रिटेन र जर्मनी दुवै एकसाथ मिलेर दुवै देशको सुरक्षा र विकासका लागि काम गर्ने प्रतिक्रिया दिएका छन् ।

यस्तै फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले कन्जरभेटिभ पार्टीका नेता फ्रिड्रिक मर्त्जलाई बधाई दिँदै दुई देश मिलेर शक्तिशाली युरोपका लागि काम गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका र इरानबीचको पाकिस्तानमा भएको वार्ता असफल भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच कुनै सहमति हुन नसकेको जानकारी दिएका छन् । उनले भने, ‘हामी यहाँबाट एउटा धेरै सरल प्रस्ताव दिएर जाँदैछौं, यही हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो । अब हेर्नेछौं, इरानले यसलाई स्वीकार गर्छ कि गर्दैन ।’ इस्लामाबादमा आयोजित ...
: अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामाबादबाट स्वदेश फर्किएको छ। उनी 'एयर फोर्स टु' विमानमार्फत अमेरिकातर्फ प्रस्थान गरेका हुन्। बीबीसीका अनुसार पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलको प्रस्थानको पुष्टि गरेका छन्। इस्लामाबादबाट उड्नुअघि आयोजित पत्रकार सम्मेलनमा जेडी भेन्सले करिब २१ घण्टा लामो छलफलका बाबजुद अमेरिका र इरान ...
: इरानी उच्चस्तरीय प्रतिनिधिमण्डल अमेरिकासँगको सम्झौतामा सहमति नजुटेपछि स्वदेश फर्किएको छ। इरानी संसदका सभामुख मोहम्मद बगेर गालिबाफको नेतृत्वमा आएको उक्त टोली स्थानीय समयअनुसार आज बिहान करिब ८ बजेपछि इस्लामाबादबाट उडेको हो। यसअघि, अमेरिकी प्रतिनिधिमण्डल पनि शान्ति वार्तामा कुनै ठोस सम्झौता हुन नसकेपछि पाकिस्तानबाट फर्किसकेको छ। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भेन्सले गरेका थिए। गत मंगलबार राति ...
: इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिका सँग ‘दुई–तीन महत्वपूर्ण विषयमा सहमति नजुटेका कारण’ सम्झौता हुन नसकेको बताएका छन् । उनले इरान न्यूज नेटवर्कसँग कुरा गर्दै पाकिस्तानको मध्यस्थतामा २४–२५ चरणका अप्रत्यक्ष वार्ता भएको जानकारी दिएका छन् । केही विषयमा अमेरिकी प्रतिनिधिमण्डलसँग सहमति बने पनि दुई–तीन मुद्दामा विचार नमिल्दा अन्तिम सम्झौता हुन नसकेको उनले जानकारी दिएका ...
: पाकिस्तानी राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच २१ घण्टा चलेको वार्ता कुनै नतिजा बिना समाप्त भयो । यो जानकारी अमेरिकी उपराष्ट्रपतिले दिएका हुन्, जो वार्ताका लागि पाकिस्तान आएका थिए । आइतबार बिहान ६ बजेपछि पत्रकार सम्मेलनमा जेडी भान्सले पाकिस्तानले अमेरिका र इरानबीच दूरी घटाउन र सम्झौता गराउन पूरा प्रयास गर्‍यो, तर हामी कुनै सम्झौतामा पुग्न ...