मुख्य समाचार
जर्मनीमा सम्पन्न आम चुनावमा कन्जरभेटिभ सीडीयू पार्टी देशको सबैभन्दा ठूलो पार्टी
जर्मनीमा सम्पन्न आम चुनावमा कन्जरभेटिभ सीडीयू पार्टी देशको सबैभन्दा ठूलो पार्टी

— जर्मनीमा सम्पन्न आम चुनावमा कन्जरभेटिभ सीडीयू पार्टी देशको सबैभन्दा ठूलो पार्टी बनेको छ । यस पार्टीले सबैभन्दा बढी २८ दशमलव ६ प्रतिशत मत पाएको छ ।


सीडीयू/सीएसयू पार्टीका नेता फ्रिड्रिख मर्त्जले आफ्नो पार्टीको जितमा खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘आज हामी उत्सव मनाइरहेका छौं । भोलिदेखि काम गर्नेछौं ।’


जर्मनीमा चुनावपछि मतगणना सम्पन्न भइसकेको छ । चुनावी नतिजाअनुसार अल्टरनेटिभ फर जर्मन पार्टी (एएफडी) दोस्रो र सोशल डेमोक्रेटिक पार्टी तेस्रो भएको छ ।

चुनावी नतिजालाई लिएर यूरोपका नेताहरुको प्रतिक्रिया आउने क्रम जारी छ । ब्रिटेनका प्रधानमन्त्री कीएर स्टार्मरले भनेका छन्, ‘म जर्मनीको नयाँ सरकारसँग मिलेर काम गर्न र दुवै देशबीच पहिलेदेखि रहेको मजबुद सम्बन्धलाई अझ राम्रो बनाउँदै काम गर्नका लागि तयार छु ।’

उनले ब्रिटेन र जर्मनी दुवै एकसाथ मिलेर दुवै देशको सुरक्षा र विकासका लागि काम गर्ने प्रतिक्रिया दिएका छन् ।

यस्तै फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले कन्जरभेटिभ पार्टीका नेता फ्रिड्रिक मर्त्जलाई बधाई दिँदै दुई देश मिलेर शक्तिशाली युरोपका लागि काम गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। शिक्षा मन्त्रालयको वेबसाइटमा शुक्रबार जारी सूचनामा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको हो । प्रतिबन्धले इजरायली शैक्षिक प्रतिष्ठानहरूमा बच्चाहरूलाई उनीहरूको फोनको पहुँचबाट रोक्ने विश्वास गरिएको छ। शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२६ फेब्रुअरी २ देखि प्राथमिक विद्यालयमा नयाँ नीति लागू हुनेछ, ...
। वाल्ट डिज्नीले ओपनएआईमा १ अर्ब डलर लगानी गर्ने भएको छ । साथै, उक्त स्टार्टअपको सोरा एआई भिडियो जेनेरेटरलाई स्टार वार्स, पिक्सार र मार्वल फ्रान्चाइजीका पात्रहरू प्रयोग गर्न अनुमति दिने भएको छ । यो सम्झौताले हलिउडको कन्टेन्ट क्रिएसन गर्ने तरिकालाई नयाँ आकार दिन सक्ने अनुमान गरिएको छ । बिहीबार घोषणा गरिएको यो ३ वर्षे साझेदारी हलिउडको जेनेरेटिभ ...
। अभिनेता राजेश हमालले कुनै पनि पेशामा आफ्नो उच्चतम परिचय बनाउनु आवश्यक रहेको बताएका छन् । इमान्दारिताको साथ काम गर्दा मात्र त्यो कुरा सम्भव हुने उनले औंल्याए । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार ‘जिन्दगी र विज्ञापन’ सत्रमा उनले व्यक्तिगत परिचयलाई प्राथमिकता दिने नभइ कर्मलाई प्राथमिकता दिने व्यक्ति आवश्यक रहेको ...
: कम्बोडियासँग सीमा क्षेत्रमा एक सातादेखि जारी झडपपछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले संसद विघटन गरेका छन्। संसद विघटनसँगै देशमा ४५ देखि ६० दिनभित्र आम निर्वाचन हुने भएको छ। शुक्रबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री चर्नविराकुले आफू नेतृत्वको अल्पसंख्यक सरकारले तीन महिनाअघि सत्ता सम्हालेदेखि नै गम्भीर चुनौतीहरू सामना गर्नुपरेको उल्लेख गरेका छन्। विशेषगरी सीमा क्षेत्रमा भएका घातक ...
। अष्ट्रियामा विद्यालयमा छात्राहरुले हिजाब लगाउन नपाउने कडा कानून पारित भएको छ । सरकारी तथा निजी दुवै प्रकारका विद्यालयमा हिजाब प्रतिबन्ध गर्ने गरी कडा कानून पारित गरिएको हो । अष्ट्रियामा अहिले दक्षिणपन्थी पार्टीको नेतृत्वमा गठबन्धन सरकार छ । तीन मध्यमार्गी दलहरू समेत सहभागी छन् । सरकारले यो कानुनलाई ‘लैङ्गिक समानताप्रति स्पष्ट प्रतिबद्धता‘ भएको दाबी गरेको छ । ...