मुख्य समाचार
दस खेलाडीमा सीमित आर्सनललाई वेस्ट ह्यामले १–० ले पराजित
दस खेलाडीमा सीमित आर्सनललाई वेस्ट ह्यामले १–० ले पराजित

— आर्सनलको इंग्लिस प्रिमियर लिग उपाधि होडमा गम्भीर धक्का लागेको छ । दस खेलाडीमा सीमित आर्सनललाई वेस्ट ह्यामले १–० ले पराजित गरेको हो ।


पहिलो हाफमा जारोड बोवेनले गरेको एक मात्र गोल निर्णायक रह्यो ।


इमिरेट्समा भएको खेलको ७३ औं मिनेटमा मेयलेस लेविस–स्केलीलाई रातो कार्ड देखाइएको थियो । यो हारको अर्थ दोस्रो स्थानमा रहेको आर्सनल शीर्षको लिभरपुलसँग आठ अंकको दूरीमा रह्यो ।

खेलपछि आर्सनलका प्रशिक्षक मिखेल आर्टेटाले भनेका छन्, ‘म निकै धेरै निराश छुं । यो नतिजा हाम्रो लागि वास्तवमै ठूलो धक्का हो ।’ आइतबार लिभरपुलले म्यानचेस्टर सिटीको सामना गर्दैछ । अर्को खेलमा न्युकासल युनाइटेडले नटिङ फरेस्टविरुद्ध खेल्नेछ । शनिबारका अन्य खेलमा एस्टन भिल्लाले चेल्सीलाई २–१ ले हरायो ।

यस्तै ब्राइटनले साउथह्याम्पटनलाई ४–०, टोटनहमले इपस्विच टाउनलाई ४–१, क्रिस्टल प्यालेसले फुलहमलाई २–० र उल्भ्सले बर्नमाउथलाई १–० ले हरायो । एभरटन र म्यानचेस्टर युनाइटेडबीचको खेल भने २–२ को बराबरीमा समाप्त भयो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यो सिजनमा हिमाल आरोहीबाट १९ करोडभन्दा धेरै राजस्व संकलन भएको छ। विभिन्न ४२ वटा हिमाल आरोहणको अनुमतिबाट १९ करोड १३ लाख ८९ हजार ४४२ रुपैयाँ राजस्व आम्दानी भएको पर्यटन विभागले जनाएको छ। आरोहण अनुमति मागेका ८०२ जनाबाट सो परिमाणमा राजस्व संकलन भएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण ...
: आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै ...
: हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ। नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाए। विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला ...
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...