मुख्य समाचार
दस खेलाडीमा सीमित आर्सनललाई वेस्ट ह्यामले १–० ले पराजित
दस खेलाडीमा सीमित आर्सनललाई वेस्ट ह्यामले १–० ले पराजित

— आर्सनलको इंग्लिस प्रिमियर लिग उपाधि होडमा गम्भीर धक्का लागेको छ । दस खेलाडीमा सीमित आर्सनललाई वेस्ट ह्यामले १–० ले पराजित गरेको हो ।


पहिलो हाफमा जारोड बोवेनले गरेको एक मात्र गोल निर्णायक रह्यो ।


इमिरेट्समा भएको खेलको ७३ औं मिनेटमा मेयलेस लेविस–स्केलीलाई रातो कार्ड देखाइएको थियो । यो हारको अर्थ दोस्रो स्थानमा रहेको आर्सनल शीर्षको लिभरपुलसँग आठ अंकको दूरीमा रह्यो ।

खेलपछि आर्सनलका प्रशिक्षक मिखेल आर्टेटाले भनेका छन्, ‘म निकै धेरै निराश छुं । यो नतिजा हाम्रो लागि वास्तवमै ठूलो धक्का हो ।’ आइतबार लिभरपुलले म्यानचेस्टर सिटीको सामना गर्दैछ । अर्को खेलमा न्युकासल युनाइटेडले नटिङ फरेस्टविरुद्ध खेल्नेछ । शनिबारका अन्य खेलमा एस्टन भिल्लाले चेल्सीलाई २–१ ले हरायो ।

यस्तै ब्राइटनले साउथह्याम्पटनलाई ४–०, टोटनहमले इपस्विच टाउनलाई ४–१, क्रिस्टल प्यालेसले फुलहमलाई २–० र उल्भ्सले बर्नमाउथलाई १–० ले हरायो । एभरटन र म्यानचेस्टर युनाइटेडबीचको खेल भने २–२ को बराबरीमा समाप्त भयो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित