मुख्य समाचार
भारतले च्याम्पियन्स ट्रफी क्रिकेटमा आइतबार पाकिस्तानलाई ६ विकेटले पराजित
भारतले च्याम्पियन्स ट्रफी क्रिकेटमा आइतबार पाकिस्तानलाई ६ विकेटले पराजित

— विराट कोहलीको अविजित १ सय रनमा भारतले च्याम्पियन्स ट्रफी क्रिकेटमा आइतबार पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । कोहलीले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो ५१ औं शतक बनाएपछि भारतले २ सय ४२ रनको लक्ष्य ४३ औं ओभरमा २ सय ४४ रन बनाउँदै पूरा गरेको थियो ।


लगातार दोस्रो हारपछि डिफेन्डिङ च्याम्पियन पाकिस्तान प्रतियोगिताबाट बाहिरिने खतरा प्रबल बनेको छ । पाकिस्तान पहिलो खेलमा न्युजिल्यान्डसँग पनि पराजित रहेको थियो ।


लगातार दोस्रो विजयसँगै भारतले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ र समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने प्रावधान छ ।

भारतबाट कप्तान रोहित शर्माले २० रन मात्र बनाउन सके । अर्का ओपनर शुबमन गिलले ५२ बल खेली ७ चौकासहित ४६ रन बनाए । श्रेयश ऐरले पनि अर्धशतक बनाए । कोहलीसँग तेस्रो विकेटमा १ सय १४ रन जोडेका ऐरले ६७ बल खेली ५ चौका र १ छक्कासहित ५६ रन बनाए । हार्दिक पाण्ड्या ८ रनमा आउट भए । पाकिस्तानबाट साहिन अफ्रिदीले २ विकेट लिए ।

आफ्नो इनिङ्सका क्रममा कोहली एकदिवसीय अन्तर्राष्ट्रियमा १४ हजार रन पूरा गर्ने तेस्रो खेलाडी बनेका थिए । पाकिस्तानसँगको खेल अगाडि कोहलीले २ सय ९८ एकदिवसीय अन्तर्राष्ट्रियमा १३ हजार ९ सय ८५ रन बनाएका थिए । भारतकै सचिन तेन्दुलकर (१८,४२६ रन) र श्रीलंकाका कुमार सांगाकारा (१४,२३४) ले एकदिवसीय अन्तर्राष्ट्रियमा कोहलीले भन्दा बढी रन बनाएका छन् ।

जुनमा अमेरिका र वेस्ट इन्डिजमा भएको ट्वान्टी–२० विश्वकपमा भारतलाई उपाधि दिलाएपछि कोहली र रोहित दुवैले ट्वान्टी–२० अन्तर्राष्ट्रियबाट संन्यास लिएका थिए । यी दुवै खेलाडी टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो उत्कृष्ट फर्म निकाल्न संघर्ष गरिरहेका थिए । रन बनाउन नसक्दा यी दुवैले चाँडै संन्यास लिने हल्ला चलेका थिए ।

यसअघि साउद सकिल र मोहम्मद रिजवानले डटेर खेले पनि पाकिस्तान ४९.४ ओभरमा २ सय ४१ रनमै अलआउट भएको थियो । सकिलले ६२ र कप्तान रिजवानले ४६ रन बनाउँदै ढिला गरे पनि तेस्रो विकेटमा १ सय ४ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । सकिलले ७६ बल खेली ५ चौका र रिजवानले ७७ बल खेली ३ चौका प्रहार गरे ।



ओपनरद्वय इमाम उल हक २६ बलमा १० र बाबर आजम २६ बल खेली ५ चौका प्रहार गरी २३ रनमा आउट भएका थिए । सलमान अघा १९ र तैयब ताहिर ४ रनमा आउट भए पनि देब्रेहाते खुसदिल साहले ३९ बलमा २ छक्का प्रहार गर्दै ३८ रन बनाएपछि स्लो पिचमा पाकिस्तानको स्कोर चुनौतीपूर्ण देखिएको थियो ।

देब्रेहाते स्पिनर कुलदीप यादवले ९ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । पाण्ड्याले ८ ओभरमा ३१ रन खर्चेर २ तथा हर्षित राना, अक्षर पटेल र रवीन्द्र जडेजाले १–१ विकेट लिए । च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेको भारतले प्रतियोगिताको सबै खेल यूएईमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित