— लउटारो मार्टिनेजको एक मात्र गोलको मद्दतले इन्टर मिलानले इटालीको सिरी ए मा जेनोआलाई १–० ले हराएको छ । यस जितपछि इन्टर शीर्ष स्थानमा उक्लेको छ र दोस्रोमा झरेको नेपोलीमाथि दबाब सिर्जना गरेको छ ।
नेपोलीले आइतबार कोमो १९०७ को सामना गर्दैछ । इन्टरको ५७ अंक भएको छ भने नेपोली एक अंकले मात्र पछाडि छ । अर्जेन्टिनी खेलाडी मार्टिनेजले ७८ औं मिनेटमा हेडबाट गोल गरे । उनको प्रहार ‘डिफ्लेक्ट’ हुँदै गोलमा परिणत भएको थियो ।
यो सिजन उनको यो दसौं गोल हो । आइतबारका अन्य खेलमा पार्माले बोलोग्नालाई २–० ले हरायो भने भेनेजिया र लाजियोले गोलरहित बराबरी खेले ।