मुख्य समाचार
बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (बर्लिनाले)मा ‘ड्रोमर’ले गोल्डेन बियर जितेको छ
बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (बर्लिनाले)मा ‘ड्रोमर’ले गोल्डेन बियर जितेको छ

— बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (बर्लिनाले)मा ‘ड्रोमर’ले गोल्डेन बियर जितेको छ । यौनिक तथा अल्पसंख्यक समुदाय(क्वेयर)को प्रेमकथामा आधारित यो फिल्मले फेस्टिभलको सबैभन्दा ठूलो अवार्ड जितेको हो । फिल्ममा यस्तो एक किशोरीको कथा देखाइएको छ, जो आफ्नो महिला शिक्षकसँग प्रेममा पर्छिन् । मुख्य प्रतिस्पर्धामा ‘ड्रोमर’सँग १८ फिल्मले प्रतिस्पर्धा गरेको थियो ।


त्यस्तै यो वर्ष ‘सिल्भर बियर ग्रान्ड जुरी प्राइज’ फिल्म ‘द ब्लु ट्रेल’ले जित्दा ‘सिल्भर बियर जुरी प्राइज’ भने ‘द मेसेज’ले पायो । ‘लिभिङ द ल्यान्ड’बाट हुओ मोङले उत्कृष्ट निर्देशकको सिल्भर बियर अवार्ड उचाल्दा रोज ब्रनले ‘इफ आइ ह्याड लेग्स इ वुड किक यु’बाट ‘सिल्भर बियर फोर बेस्ट लिडिङ पर्फमेन्स’को अवार्ड उचालिन् ।


चर्चित निर्देशक रिचर्ड लिंकलेटर निर्देशित फिल्म ‘ब्लु मुनबाट अभिनेता एन्ड्रु स्कटले ‘बेस्ट सपोर्टिङ पर्फमेन्स’का लागि सिल्भर बियर जिते । रडु जुडेले ‘कन्टिनेन्टल २५’बाट उत्कृष्ट पटकथाका लागि सिल्भर बियर जित्दा कलामा गरिएको योगदानका लागि ‘द आइस टावर’बाट लुसिल हाचिहालेलोभिच सिल्भर बियर उचालिन् ।

बर्लिनालेको ७५ औं संस्करणमा यो वर्ष ‘कोकी साओ’बाट क्वेन्टन मिलरले ‘कुपरा फिल्ममेकर अवार्ड, बर्लिनाले सर्ट्स’ जित्यो । त्यस्तै, ‘सिल्भर बियर जुरी प्राइज’ युरिक्को मिसुसुरीले जितिन् । उत्कृष्ट सर्टतर्फ ‘गोल्डेन बियर’ भने ‘लोयड वङ, अनफिनिस्ड’ले जित्यो । जुरी बर्लिनाले डकुमेन्ट्री अवार्डतर्फ ‘होल्डिङ लियाट’ले स्पेशल मेन्सन पाउँदा प्रस्पेक्टिभ्स जुरीतर्फ ‘द डेभिल्स स्मोक्स’ले अवार्ड उचाल्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित