मुख्य समाचार
कोरियामा नेपाली कामदार मृत्यु घटनामा दोषीलाई कारबाहीको माग
कोरियामा नेपाली कामदार मृत्यु घटनामा दोषीलाई कारबाहीको माग

— कोरियामा कृषि कामदार गर्ने म्याग्दीको मालिका गाउँपालिका–१ का २८ वर्षीय तुल्सी पुन मगरको मृत्यु घटनामा दोषीलाई कारबाही गर्न भन्दै अधिकारकर्मीहरुले सोमबार दबाब दिएका छन् ।


राजधानी सउलबाट झन्डै ३६० किलोमिटर टाढा रहेको मोक्फो यङसानरोमा करिब ३ घण्टाको यात्रा गरी दूतावासबाट श्रम काउन्सिलर मैँया कडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष विपिन गुरुङ, प्रवासी ट्रेड युनियनका अध्यक्ष उदय राई, कोरियाली मानव अधिकारी संस्था लगायतका प्रतिनिधिहरु घटनास्थलमा पुगेर मगरको मृत्यु घटनाका दोषाीलाई कारबाहीको माग गरेका हुन् ।


कोरियाको बंगुर फार्म काम गर्दै आएका मगर गत शुक्रबार झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । कम्पनीका नेपाली सुपरभाइजर र कोरियन मालिकले काममा खटिँदा गालीगलौच गर्ने, तनाव दिने तथा यातना दिने लगायका काममा कारण मगरले मृत्युको बाटो रोजेको उनका सहकर्मीहरुले बताएका छन् । उनीसँगै उक्त फार्ममा काम गर्ने ७ जनाले पनि कम्पनीबाट कुटपिट गर्ने र गालीगलौच गरेकै कारण काम छोडेका छन् ।

मगरको शव त्यहीँको स्थानीय अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इराकका लागि नेपालका गैरआवासीय राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हसन् । त्यसअवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेको कुवेतस्थित नेपाली ...
: इजरायलमा अपहृत नेपाली नागरिक विपिन जोशीको परिवारले लामो प्रतीक्षापछि उनको एउटा जीवनको संकेतसहितको भिडियो सार्वजनिक गरेको छ। यो भिडियो इजरायली सेनाले 'युद्धका दौरान प्राप्त सामग्री' (IDF spoils)मा फेला पारेको र इजरायली गुप्तचर निकायमार्फत परिवारसम्म पुर्‍याइएको जनाइएको छ। परिवारका अनुसार उक्त भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ, जसमा विपिनलाई हमासको नियन्त्रणमा रहेको अवस्थामा देखिएको ...
श्रद्धा र आत्मीयताका साथ इजरायलमा नेपालीहरूको दशैं
। विदेशी जेलमा एक हजार भन्दा बढी नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही समयअघि सांसदको प्रश्नमा परराष्ट्र मन्त्रालयले दिएको जवाफ हालै संघीय संसद् सचिवालयले प्रकाशन गरेको छ । जसमा १ हजार १७१ नेपाली विदेशी जेलमा रहेको उल्लेख छ । यसमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । बाँकी जानकारी मन्त्रालयले उपलब्ध गराएको छैन । ...
। बेलायतको अल्डरसटमा कारको ठक्करबाट दुईजना वृद्ध नेपाली पैदलयात्रुको निधन भएको छ । फ्लीट रोडमा बुधबार बिहान करिब ६ः३० तिर निलो स्कोडा कारले ठक्कर दिँदा ७६ र ७७ वर्षीय दुई नेपाली पैदलयात्रीको घट्नास्थलमै निधन भएको ह्याम्पसायर प्रहरीले जनाएको छ । प्रहरीले मादक पदार्थ वा लागूऔषध सेवन गरी लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको आरोपमा कार चालक वकिङहाम निवासी ...