मुख्य समाचार
कोरियामा नेपाली कामदार मृत्यु घटनामा दोषीलाई कारबाहीको माग
कोरियामा नेपाली कामदार मृत्यु घटनामा दोषीलाई कारबाहीको माग

— कोरियामा कृषि कामदार गर्ने म्याग्दीको मालिका गाउँपालिका–१ का २८ वर्षीय तुल्सी पुन मगरको मृत्यु घटनामा दोषीलाई कारबाही गर्न भन्दै अधिकारकर्मीहरुले सोमबार दबाब दिएका छन् ।


राजधानी सउलबाट झन्डै ३६० किलोमिटर टाढा रहेको मोक्फो यङसानरोमा करिब ३ घण्टाको यात्रा गरी दूतावासबाट श्रम काउन्सिलर मैँया कडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष विपिन गुरुङ, प्रवासी ट्रेड युनियनका अध्यक्ष उदय राई, कोरियाली मानव अधिकारी संस्था लगायतका प्रतिनिधिहरु घटनास्थलमा पुगेर मगरको मृत्यु घटनाका दोषाीलाई कारबाहीको माग गरेका हुन् ।


कोरियाको बंगुर फार्म काम गर्दै आएका मगर गत शुक्रबार झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । कम्पनीका नेपाली सुपरभाइजर र कोरियन मालिकले काममा खटिँदा गालीगलौच गर्ने, तनाव दिने तथा यातना दिने लगायका काममा कारण मगरले मृत्युको बाटो रोजेको उनका सहकर्मीहरुले बताएका छन् । उनीसँगै उक्त फार्ममा काम गर्ने ७ जनाले पनि कम्पनीबाट कुटपिट गर्ने र गालीगलौच गरेकै कारण काम छोडेका छन् ।

मगरको शव त्यहीँको स्थानीय अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार भूतपूर्व ब्रिटिश गोर्खाहरुका माग सम्बन्धमा संयुक्त अधिराज्यका रक्षामन्त्री जोन हिली र भेट्रान मन्त्री श्रीमती लुइस स्यान्डर–जोन्ससँग भर्चुअल बैठक गरे । गोर्खा अभियन्ताहरुको आमरण अनसन अन्त्य गर्दै बेलायतले वार्ता थालेको झण्डै ५ वर्षमा सोमबार भएको बैठक विशेष थियो । किनभने, १९ अगष्ट, २०२१ मा बेलायत सरकार वार्तामा बस्न तयार भए यता ...
: दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित सिओल अन्तर्राष्ट्रिय ट्राभल फेयर (एसआईटीएफ) २०२६ मा नेपालको पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिएको छ। सिओलस्थित कोएक्स प्रदर्शनी केन्द्रमा जुन ४ देखि ७ सम्म आयोजित एसआईटीएफ-२०२६ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा गएको ७ वटा नेपाली पर्यटन व्यवसायीको टोलीले नेपालका आकर्षक एवं उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गरिएको हो। उक्त चारदिने अन्तर्राष्ट्रिय पर्यटन ...
। बेलायती राजा चार्ल्स तृतीयले नवगठित गोर्खा आर्टिलरी युनिटको प्रसंसा गरेका छन् । विल्टसायरको लार्कहिल ब्यारेकमा सैनिकहरूको परेडमा भाग लिँदै राजा चार्ल्सले गोर्खा सैनिकको दृढता र प्रतिबद्धताको प्रसंसा गरेका हुन् । सो अवसरमा राजालाई २१ तोपको सलामीसहित स्वागत गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै राजा चार्ल्सले भने, ‘यसले बेलायत र नेपालबीचको स्थायी र मूल्यवान सम्बन्धको गहिराइ ...
। पोर्चुगलमा गठन भएको तीन वटा गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्ये सुजन लामा नेतृत्वको कार्यसमितिले सरकारी मान्यता पाएको छ । एक वर्ष अघि तीन वटा कार्य समिति गठन भई सबै एनआरएनएले समानान्तर गतिविधि गर्दै आएका थिए । एक वर्ष अघि सुजन लामाले आफ्नो नेतृत्वमा गठन भएको कार्यसमिति बैधानिक र कानूनसम्मत रहेकोले आधिकारिक मान्यता प्रदान गर्न पोर्चुगलको ...
: कोरियामा कार्यरत एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । कोरियाको पोछन क्षेत्रमा कार्यरत ओखलढुंगाको मोलुंग गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षका गणेश थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । ३ वर्षअघि कृषि क्षेत्रको कामदारका रुपमा कोरिया आएका उनी गाई फर्ममा कार्यरत थिए । फर्ममा आवश्यक ...