मुख्य समाचार
एडीबीका नयाँ अध्यक्ष मासातो कान्दाले कार्यभार सम्हाले
एडीबीका नयाँ अध्यक्ष मासातो कान्दाले कार्यभार सम्हाले

— एसियाली विकास बैंक (एडीबी) का ११ औं अध्यक्षका मासातो कान्दाले सोमबारबाट औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।


कान्दाले मासात्सुगु आसाकावापछि अध्यक्षका रूपमा पदभार सम्हालेका हुन् । उनले अन्तर्राष्ट्रिय वित्त र विकास नीतिमा झन्डै चार दशक लामो अनुभव बटुलेका छन् । उनले जापानको अन्तर्राष्ट्रिय मामिलासम्बन्धी वित्त उपमन्त्रीका रूपमा पनि काम गरेका थिए । त्यस क्रममा बजारलाई स्थिरता दिने गरी इन्नोभेटिभ फाइनान्सियल सोलुसन र नीतिगत कदम चाल्न उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको एडीबीले जनाएको छ ।


पदभार ग्रहणपछि कान्दाले एडीबी अध्यक्षको भूमिकामा आउन पाउँदा गर्व महसुस गरिरहेको बताएका छन् । 'हाम्रो क्षेत्रका लागि यो एक महत्वपूर्ण समय हो, ६९ सदस्य राष्ट्रहरूको विश्वास र समर्पित कर्मचारीहरूको समर्थनले मलाई एडीबीको दिगो, समावेशी र उत्थानशील विकासलाई प्रवर्द्धन गर्ने दायित्व पूरा गर्ने प्रेरणा मिलेको छ,' उनले भनेका छन्, 'विकासका चुनौतीलाई आपसी सहयोगमार्फत सामना गर्दै एडीबीलाई उत्कृष्ट क्षेत्रीय साझेदारका रूपमा कायम राख्नेछौं ।'

कान्दाले एडीबीको संस्थागत विशेषज्ञतालाई प्रयोग गरी साझेदारसँग मिलेर सबैभन्दा धेरै आवश्यकतामा रहेका समुदायका लागि रूपान्तरणकारी परिवर्तन गर्ने प्रतिबद्धता जनाएका छन् ।

'हाम्रो सहयोगले एसिया तथा प्रशान्त क्षेत्रका मानिसहरूको जीवनमा स्थायी सुधार ल्याउने सुनिश्चिततासहित वास्तविक परिणाम प्राप्त गर्ने व्यवहारिक कदमहरूमा केन्द्रित हुनेछ,' उनले भने ।

सन् १९६६ मा स्थापना भएको एडीबीमा ६९ सदस्य राष्ट्र रहेका छन् । यसमा ४९ एसिया तथा प्रशान्त क्षेत्रका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...