मुख्य समाचार
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्तिका लागि आफू जुनसुकै कदम उठाउन तयार
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्तिका लागि आफू जुनसुकै कदम उठाउन तयार

। रसिया-युक्रेन युद्धलाई तीन वर्ष पुगेको सन्दर्भमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्तिका लागि आफू जुनसुकै कदम उठाउन तयार रहेको बताएका छन् । कीभमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यदि आफ्नो राजीनामाले शान्ति ल्याउँछ वा युक्रेनलाई नेटो सदस्यता दिलाउँछ भने म पद त्याग्न तयार छु ।’

उनले भने, ‘ट्रम्प सधैंका लागि रहँदैनन्, तर रसियाबाट हुने खतरा स्थायी रहन्छ। हामीलाई यो महत्त्वपूर्ण छैन कि ट्रम्प सत्तामा रहँदासम्म पुटिनले हमला गर्दैनन्। हामीलाई यस्तो स्थायी सुरक्षा ग्यारेन्टी चाहिन्छ, जुन ट्रम्प र पुटिन दुवैको सत्ता सकिएपछि पनि कायम रहोस् ।’




जेलेन्स्कीले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्पष्ट सन्देश दिँदै भने, ‘हामीले अमेरिकाबाट पाएको ५०० अर्ब डलर सहायता ऋण होइन। म त १०० अर्ब डलरलाई पनि ऋण मान्दिनँ। अमेरिकाले हामीलाई सहायता दिएको हो, जुन ऋण होइन भन्नेमा बाइडेन र म सहमत थियौँ ।’

ट्रम्प आगमनले बदलेको अवस्था




ट्रम्पले गत साता जेलेन्स्कीलाई तानाशाह भनेका थिए। ट्रुथ सोसल नामक आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले जेलेन्स्कीलाई ‘एक सामान्य कमेडियन र बिना चुनावको तानाशाह’ बताएका थिए।

ट्रम्पले युक्रेनमा जेलेन्स्कीको लोकप्रियता घटेर मात्र ४ प्रतिशतमा पुगेको दाबी पनि गरेका थिए ।

यसबारे प्रतिक्रिया दिँदै जेलेन्स्कीले भनेका थिए, ‘ट्रम्प गलत जानकारीका आधारमा भ्रममा छन्।’

एकसाथ २६७ ड्रोन हमला

युद्धको तीन वर्ष पूरा हुनुभन्दा ठीक एक दिनअघि रसियाले युक्रेनमा एकैसाथ २६७ ड्रोन प्रहार गरेको छ। युक्रेनी वायुसेना कमान्डका प्रवक्ता यूरी इग्नातका अनुसार रसियाले यति ठूलो संख्यामा ड्रोन आक्रमण यो पहिलो पटक हो।

युक्रेनी अधिकारीहरूका अनुसार खार्किभ, पोल्टावा, सुमी, कीभ लगायत कम्तीमा १३ शहरमा ड्रोन आक्रमण भएको छ। युक्रेनी सेनाले रसियाले ३ ब्यालिस्टिक मिसाइलहरू समेत प्रहार गरेको दाबी गरेको छ ।

‘युद्ध जारी छ’

यस आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले एक विज्ञप्ति जारी गर्दै ‘युद्ध जारी छ’ रहेको बताएका छन् । उनले अन्तर्राष्ट्रिय समुदायलाई यो क्षेत्रमा शान्ति स्थापनार्थ सहयोग गर्न आग्रह गरे।

जेलेन्स्कीका अनुसार, यो सातामा मात्र रसियाले युक्रेनमा १,१५० ड्रोन, १,४०० बम र ३५ मिसाइल प्रहार गरिसकेको छ ।

बीबीसीका अनुसार, आक्रमणका कारण धेरै भवनहरू क्षतिग्रस्त भएका छन् । इमरजेन्सी सेवाका अनुसार, हालसम्म तीन जना घाइते भएका छन्। केही रिपोर्टहरूका अनुसार खेरसोनमा दुई जनाको मृत्यु भएको छ, तर यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।

त्यसैगरी, क्रीवी रीहमा पनि एक जनाको मृत्यु भएको छ । क्रीवी रीह युक्रेनको एक औद्योगिक सहर हो, जहाँ राष्ट्रपति जेलेन्स्की जन्मिएका थिए ।

के गर्दैछ युक्रेन ?

रसियाको आक्रमणको जवाफमा युक्रेनले पनि रसियामाथि हमला गरेको छ । रसियाको रक्षा मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै युक्रेनले २० ड्रोनमार्फत आक्रमण गरेको, तर तिनीहरूलाई सबैलाई नष्ट गरिएको दाबी गरेको छ ।

यता युक्रेनी सुरक्षा फौजले रसियाले प्रहार गरेको १३८ ड्रोन नष्ट गरेको दाबी गरेको छ। युक्रेनका अनुसार, तीमध्ये ११९ वटा डिकोय ड्रोन थिए, जसलाई वास्तविक हमला नभई दुश्मनको ध्यान भड्काउन प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजराइलले पछिल्ला ७२ घण्टामा ६ देशहरूमा हमला गरेको छ। यसमा गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया रहेका छन्। यी आक्रमणहरूमा २०० भन्दा बढीको मृत्यु भएको छ र १००० भन्दा बढी घाइते भएका छन्। यी आक्रमण सोमबारदेखि बुधबारबीच भएका हुन्। इजराइलले यी देशहरूमा रहेका आतंककारी केन्द्रहरूलाई लक्ष्य बनाइरहेको जिकिर गरेको छ। इजरायलको यो कदमको ...
। अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले नेपालमा विकसित भएको घटनाबारे चासो राख्दै प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासको महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ, नागरिकको कडा योगदानले प्राप्त उपलब्धिहरूको रक्षा गर्नु वाञ्छनीय रहेको छ ।’ साथै नागरिकहरूविरुद्ध ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक तथा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको बिहीबार एक कार्यक्रममा गोली प्रहार गरी हत्या गरिएको छ। घटना युटा राज्यस्थित युटा भ्याली विश्वविद्यालयमा भएको हो। किर्क त्यहाँ ‘द अमेरिकन कमब्याक टुर’ कार्यक्रममा सहभागी भएका थिए । सामाजिक सञ्जालमा भाइरल भिडियोमा देखिएअनुसार, किर्क एउटा टेन्ट मुनि माइक समातेर बोलिरहेका थिए। त्यही क्रममा अकस्मात् ...
: नेपालमा हालै भएका घटनाक्रमप्रति चीनले प्रतिक्रिया जनाएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालका सबै पक्ष आन्तरिक मामिला सम्हाल्न सक्षम रहेको भन्ने कुरामा आफू विश्वस्त रहेको बताए। उनले नेपालमा सामाजिक व्यवस्था र स्थिरताको प्रारम्भिक पुनर्स्थापना हुने आशा व्यक्त गरे। प्रवक्ता जियानले विरोध प्रदर्शन पछि परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित चिनियाँ दूतावासले चिनियाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघलाई चीन र भारतमाथि १०० प्रतिशतसम्मको भन्सार कर लगाउन अपील गरेका छन्। ट्रम्प र युरोपेली संघबीचको वार्तासँग परिचित एक स्रोतले बीबीसीलाई यो जानकारी दिएको हो। ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अन्त्य गर्न बाध्य पार्ने आफ्नो प्रयासको एक भागको रूपमा यो अपील गरेका हुन्। मंगलबार अमेरिका र ईयूका अधिकारीबीच रुसमाथि आर्थिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम