मुख्य समाचार
आफ्नो उत्पादन क्षमता विस्तार गर्न टेक्ससको ह्युस्टनमा अत्याधुनिक कारखाना सहितका पूर्वाधार निर्माण गर्ने घोषणा
आफ्नो उत्पादन क्षमता विस्तार गर्न टेक्ससको ह्युस्टनमा अत्याधुनिक कारखाना सहितका पूर्वाधार निर्माण गर्ने घोषणा

— एप्पलले आफ्नो उत्पादन क्षमता विस्तार गर्न टेक्ससको ह्युस्टनमा अत्याधुनिक कारखाना सहितका पूर्वाधार निर्माण गर्ने घोषणा गरेको छ । ठूला अमेरिकी कम्पनीहरूले पहिले आफ्नै देशमा लगानी गर्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइमा साथ दिँदै एप्पलले यस्तो पूर्वाधार बनाउने बताएको हो । उक्त कारखानामा विशेषगरी एआई सर्भर उत्पादन गरिने कम्पनीको योजना छ ।


यो परियोजनाका लागि एप्पलले ६ खर्ब भन्दा बढी अमेरिकी डलर लगानी गर्दै छ । यसअन्तर्गत आगामी चार वर्षमा २० हजारभन्दा बढी अनुसन्धान तथा विकास (आर एन्ड डी) सम्बन्धी रोजगारी सिर्जना गर्ने र कम्पनीको प्राविधिक क्षमतामा व्यापक बिस्तार गर्ने लक्ष्य राखिएको छ ।


सो कारखाना २ लाख ५० हजार वर्ग फिट क्षेत्रमा फैलिएको हुने र यसले एप्पलका उच्चस्तरीय एम फाइभ चिपसहितका सर्भर निर्माण गर्ने बताइएको छ । त्यसले कम्पनीको एआईसम्बन्धी सेवा सञ्चालनमा सघाउने कम्पनीको लक्ष्य छ । यी सर्भरले एप्पलले निकै जोडतोडका साथ प्रचार गर्दै आएको एप्पल इन्टेलिजेन्स जस्ता एआईमा आधारित सुविधालाई विकास र विस्तार गर्ने कम्पनीको दाबी छ ।

यो पूर्वाधार सन् २०२६ सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । यसै वर्षको अन्त्यदेखि नै सुरुआती उत्पादन थालिहाल्ने एप्पलले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी टिम कुकले यस योजनाबारे उत्साही हुँदै रोयटर्सलाई भनेका छन्, 'हामी अमेरिकी नवप्रवर्तनको भविष्यप्रति अत्यन्तै आशावादी छौँ र यो ५०० अर्ब डलरको प्रतिबद्धतासँगै अमेरिकी प्रविधिमा लामो समयादेखि गर्दै आएको लगानीलाई थप मजबुत बनाउन पाउँदा उत्साहित छौँ ।'


यो घोषणा ट्रम्प प्रशासनले ठूला प्रविधि कम्पनीहरूलाई देशभित्रै थप लगानी गर्न र उत्पादन क्षमता बढाउन प्रत्यक्ष/अप्रत्यक्ष दबाब दिइरहेको समयमा आएको हो । एप्पलको प्रतिबद्धतामा उन्नत उत्पादकत्व कोषलाई १० अर्ब अमेरिकी डलर पुर्‍याउने योजनासमेत समावेश छ । यो कोष विभिन्न परियोजनाहरूमा लगानी गरिनेछ । यसमा ताईवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) को एरिजोना उत्पादन प्लान्टमा उच्चस्तरीय सिलिकनको उत्पादन जस्ता योजना पनि सामेल छन् ।


प्रविधि उद्योगका विश्लेषक गिल लुरियाका अनुसार एप्पलको यो घोषणाले ठूला कम्पनीहरू ट्रम्प प्रशासनप्रति उदार बन्दै गएको राजनीतिक संकेत दिएको बताएका छन् । तर, यसले घरेलु उत्पादन क्षमता सुदृढ पार्ने र विभिन्न राज्यमा नयाँ रोजगारी सिर्जना हुने उनले उल्लेख गरेका छन् ।



ह्युस्टनका मेयर सिल्भेस्टर टर्नरले पनि एप्पलको निर्णयलाई स्वागत गरेका छन् । अमेरिकी कम्पनीहरूले विदेशमा ठूला कारखाना खोल्ने र त्यसबाट विदेशी सरकारले फाइदा उठाउने कदमको ट्रम्पले कडा आलोचना गर्दै आएका छन् । उनले ठूला प्रविधि कम्पनीलाई आफ्नै देशमै लगानी गर्न भनेका छन् ।

एप्पलको चीनस्थित झेङझाउमा रहेको आइफोन सिटी, जेनेरल मोटर्सको चीनमा रहेको उत्पादन प्लान्ट, फोर्डको चीन, मेक्सिको र जर्मनीमा रहेका उत्पादन प्लान्ट, बोइङको चीनमा रहेको एसेम्बल प्लान्ट, इन्टेलले आयरल्यान्ड, इजरायल र चीनमा खोलेका चिप उत्पादन केन्द्रसँगै ट्रम्पकै नजिकका उद्योगी इलन मस्कले चीन, जर्मनी र नेदरल्यान्ड्सको गिगाफ्याक्ट्रीबाट उत्पादन गर्ने १० लाखभन्दा बढी सवारीसाधन सकेसम्म अमेरिकामा उत्पादन हुनुपर्ने धारणा ट्रम्पले राख्ने गरेका छन् ।

विदेशी सरकारहरूले ठूला अमेरिकी कम्पनीलाई लगाउने करलाई 'ओभरसिज एक्स्टोर्सन' अर्थात् विदेशी असुली भन्ने गरेका ट्रम्पको भिजनलाई सघाउन इन्टेल, फोर्ड, जेनेरल मोटर्स, माइक्रोन, टेस्लाजस्ता कम्पनीले पनि धमाधम अमेरिकामै उत्पादन पूर्वाधार बढाउने कदमहरू अघि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...