मुख्य समाचार
आफ्नो उत्पादन क्षमता विस्तार गर्न टेक्ससको ह्युस्टनमा अत्याधुनिक कारखाना सहितका पूर्वाधार निर्माण गर्ने घोषणा
आफ्नो उत्पादन क्षमता विस्तार गर्न टेक्ससको ह्युस्टनमा अत्याधुनिक कारखाना सहितका पूर्वाधार निर्माण गर्ने घोषणा

— एप्पलले आफ्नो उत्पादन क्षमता विस्तार गर्न टेक्ससको ह्युस्टनमा अत्याधुनिक कारखाना सहितका पूर्वाधार निर्माण गर्ने घोषणा गरेको छ । ठूला अमेरिकी कम्पनीहरूले पहिले आफ्नै देशमा लगानी गर्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइमा साथ दिँदै एप्पलले यस्तो पूर्वाधार बनाउने बताएको हो । उक्त कारखानामा विशेषगरी एआई सर्भर उत्पादन गरिने कम्पनीको योजना छ ।


यो परियोजनाका लागि एप्पलले ६ खर्ब भन्दा बढी अमेरिकी डलर लगानी गर्दै छ । यसअन्तर्गत आगामी चार वर्षमा २० हजारभन्दा बढी अनुसन्धान तथा विकास (आर एन्ड डी) सम्बन्धी रोजगारी सिर्जना गर्ने र कम्पनीको प्राविधिक क्षमतामा व्यापक बिस्तार गर्ने लक्ष्य राखिएको छ ।


सो कारखाना २ लाख ५० हजार वर्ग फिट क्षेत्रमा फैलिएको हुने र यसले एप्पलका उच्चस्तरीय एम फाइभ चिपसहितका सर्भर निर्माण गर्ने बताइएको छ । त्यसले कम्पनीको एआईसम्बन्धी सेवा सञ्चालनमा सघाउने कम्पनीको लक्ष्य छ । यी सर्भरले एप्पलले निकै जोडतोडका साथ प्रचार गर्दै आएको एप्पल इन्टेलिजेन्स जस्ता एआईमा आधारित सुविधालाई विकास र विस्तार गर्ने कम्पनीको दाबी छ ।

यो पूर्वाधार सन् २०२६ सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । यसै वर्षको अन्त्यदेखि नै सुरुआती उत्पादन थालिहाल्ने एप्पलले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी टिम कुकले यस योजनाबारे उत्साही हुँदै रोयटर्सलाई भनेका छन्, 'हामी अमेरिकी नवप्रवर्तनको भविष्यप्रति अत्यन्तै आशावादी छौँ र यो ५०० अर्ब डलरको प्रतिबद्धतासँगै अमेरिकी प्रविधिमा लामो समयादेखि गर्दै आएको लगानीलाई थप मजबुत बनाउन पाउँदा उत्साहित छौँ ।'


यो घोषणा ट्रम्प प्रशासनले ठूला प्रविधि कम्पनीहरूलाई देशभित्रै थप लगानी गर्न र उत्पादन क्षमता बढाउन प्रत्यक्ष/अप्रत्यक्ष दबाब दिइरहेको समयमा आएको हो । एप्पलको प्रतिबद्धतामा उन्नत उत्पादकत्व कोषलाई १० अर्ब अमेरिकी डलर पुर्‍याउने योजनासमेत समावेश छ । यो कोष विभिन्न परियोजनाहरूमा लगानी गरिनेछ । यसमा ताईवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) को एरिजोना उत्पादन प्लान्टमा उच्चस्तरीय सिलिकनको उत्पादन जस्ता योजना पनि सामेल छन् ।


प्रविधि उद्योगका विश्लेषक गिल लुरियाका अनुसार एप्पलको यो घोषणाले ठूला कम्पनीहरू ट्रम्प प्रशासनप्रति उदार बन्दै गएको राजनीतिक संकेत दिएको बताएका छन् । तर, यसले घरेलु उत्पादन क्षमता सुदृढ पार्ने र विभिन्न राज्यमा नयाँ रोजगारी सिर्जना हुने उनले उल्लेख गरेका छन् ।



ह्युस्टनका मेयर सिल्भेस्टर टर्नरले पनि एप्पलको निर्णयलाई स्वागत गरेका छन् । अमेरिकी कम्पनीहरूले विदेशमा ठूला कारखाना खोल्ने र त्यसबाट विदेशी सरकारले फाइदा उठाउने कदमको ट्रम्पले कडा आलोचना गर्दै आएका छन् । उनले ठूला प्रविधि कम्पनीलाई आफ्नै देशमै लगानी गर्न भनेका छन् ।

एप्पलको चीनस्थित झेङझाउमा रहेको आइफोन सिटी, जेनेरल मोटर्सको चीनमा रहेको उत्पादन प्लान्ट, फोर्डको चीन, मेक्सिको र जर्मनीमा रहेका उत्पादन प्लान्ट, बोइङको चीनमा रहेको एसेम्बल प्लान्ट, इन्टेलले आयरल्यान्ड, इजरायल र चीनमा खोलेका चिप उत्पादन केन्द्रसँगै ट्रम्पकै नजिकका उद्योगी इलन मस्कले चीन, जर्मनी र नेदरल्यान्ड्सको गिगाफ्याक्ट्रीबाट उत्पादन गर्ने १० लाखभन्दा बढी सवारीसाधन सकेसम्म अमेरिकामा उत्पादन हुनुपर्ने धारणा ट्रम्पले राख्ने गरेका छन् ।

विदेशी सरकारहरूले ठूला अमेरिकी कम्पनीलाई लगाउने करलाई 'ओभरसिज एक्स्टोर्सन' अर्थात् विदेशी असुली भन्ने गरेका ट्रम्पको भिजनलाई सघाउन इन्टेल, फोर्ड, जेनेरल मोटर्स, माइक्रोन, टेस्लाजस्ता कम्पनीले पनि धमाधम अमेरिकामै उत्पादन पूर्वाधार बढाउने कदमहरू अघि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...