मुख्य समाचार
जापानको अध्यागमनले चार नेपालीलाई निष्कासन गरेको छ
जापानको अध्यागमनले चार नेपालीलाई निष्कासन गरेको छ

: जापानको अध्यागमनले चार नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा जापानमा बस्दै आएका उनीहरूलाई निष्कासन गरिएको हो।


निष्कासनमा पर्नेमा विष्ट, राजभाट, बस्याल र पौडेल थरी रहेको स्रोतले बताएको छ। उनीहरूलाई कोरियन एयरलायन्स र थाइ एयरलायन्सको विमानबाट नेपाल फर्काइएको हो। उनीहरू यसै साता काठमाडौं आइपुगेको स्रोतको भनाइ छ। जापानको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको हो।

पछिल्लो समय जापानले पनि अवैधरूपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्न थालेको छ। विभिन्न प्रवेशाज्ञामा जापान पुगेका आप्रवासीहरूलाई कडाइ गर्न थालेपछि नेपालीहरू समेत त्यसको मारमा पर्न थालेका हुन्।


फागुनको पहिलो साता पनि पाँच जना नेपालीलाई जापानले निष्कासन गरेको थियो। निष्कासित हुनेमा मगर, थापामगर, तामाङ, गौचन र चेम्जोङ थर भएका एक/एक जना रहेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको राजधानी टोकियोमा महँगीको मार यथावत् रहेको सरकारी तथ्याङ्कले देखाएको छ। विशेषगरी खाद्यान्नको मूल्य निरन्तर आकासिएको छ, जसले आम उपभोक्ताको भान्सामा प्रत्यक्ष असर पारेको छ। शुक्रबार आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, टोकियोको मूल उपभोक्ता मूल्य सूचकाङ्क अगस्ट महिनामा गत वर्षको सोही महिनाको तुलनामा २.५ प्रतिशतले बढेको छ। सन् २०२० लाई आधार वर्ष मानेर ...
: जापानको पश्चिमी यामागुची प्रान्तस्थित युद्धकालीन चोसेई खानीको स्थलमा फेला परेका हड्डीहरू मानव अवशेष भएको पुष्टि भएको छ। स्थानीय प्रहरीले बुधबार जानकारी दिँदै फेला परेका तीनवटा हड्डी र एउटा खोपडी मानव अवशेष नै भएको बताएको हो। जापानी नागरिक समूह ‘किजामु काई’का अनुसार ती अवशेष सन् १९४२ मा खानीमा भएको एउटा दुर्घटनामा मृत्यु भएका करिब १८० जना ...
। जापानको हिरोशिमा अमेरिकाले आणविक बम खसालेको ८० वर्ष पूरा भएको छ । आणविक बम बिस्फोटको ८० वर्ष पुगेको सन्दर्भ पारेर जापानको पश्चिमी शहर हिरोशिमा हजारौं मानिस भेला भएका छन् । उक्त विस्फोटको प्रभावमा परेर पनि बाँचेकाहरू, जापानका प्रधानमन्त्री शिगेरु इशिबा, हिरोशिमाका मेयर काजुमी मात्सुइसँगै सरकारी अधिकारीहरू, १२० देश तथा क्षेत्रका प्रतिनिधिहरू शान्ति पार्कमा भेला ...
। रुसमा शक्तिशाली भूकम्प गएपछि सुनामीको खतराको बढेको भन्दै जापानमा १९ लाखभन्दा बढी मानिसलाई घर छाड्न आदेश जारी भएको छ । मंगलबार रुसको सुदूरपूर्वी तटीय क्षेत्र कामचट्का प्रायद्वीप नजिक ८.८ म्याग्निच्युडको भूकम्प गएको हो । जापानको मौसम विज्ञान विभागले आफ्नो पूर्वी तटका अधिकांश क्षेत्रमा सुनामीको खतरा जारी भएको अलजजिराले उल्लेख गरेको छ । विभागले समून्द्री क्षेत्रमा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र जापानबिच एक प्रमुख व्यापार सम्झौतामा सहमत भएको घोषणा गरेका छन्। ट्रम्पले सम्झौताअन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्नेछ र १५ प्रतिशत पारस्परिक भन्सार शुल्क तिर्ने जानकारी गराएका छन्। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा भनेका छन्,'हामीले जापानसँग एक विशाल सम्झौता सम्पन्न गरेका छौं। सम्भवत: अहिलेसम्मकै सबैभन्दा ...