मुख्य समाचार
बार्सिलोना र एटलेटिको म्याड्रिडले ४–४ को रोमाञ्चक बराबरी खेले
बार्सिलोना र एटलेटिको म्याड्रिडले ४–४ को रोमाञ्चक बराबरी खेले

— बार्सिलोना र एटलेटिको म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा मंगलबार ४–४ को रोमाञ्चक बराबरी खेलेका छन् । एटलेटिकोले सुरुमा दुई गोलले अग्रता लिएपछि दुई गोलले पछाडि रहेको स्थितिमा बराबरी खेलेको हो ।


डिएगो सिमोनीको एटलेटिकोका लागि सुरआती छ मिनेट भित्र जुलियन एल्भारेज र एन्टोन ग्रिजमनले गोल गरे । त्यसपछि बार्सिलोनाका तर्फबाट पेड्रि गोन्जालेज, पउ कुबरसी, इनिगो मार्टिनेज र रोबर्ट लेवनडोस्कीले गोल गरे ।


खेलको अन्त्यतिर मार्कोस लोरेन्ट र एलेक्जान्डर सोरिथले गोल गरे । अब अप्रिल २ मा मेट्रोपोलिटानो स्टेडियममा दोस्रो लेगको सेमिफाइनल हुनेछ । अब बुधबार अर्को सेमिफाइनल पहिलो लेगमा रियल म्याड्रिड र रियल सोसिडाड भिड्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यो सिजनमा हिमाल आरोहीबाट १९ करोडभन्दा धेरै राजस्व संकलन भएको छ। विभिन्न ४२ वटा हिमाल आरोहणको अनुमतिबाट १९ करोड १३ लाख ८९ हजार ४४२ रुपैयाँ राजस्व आम्दानी भएको पर्यटन विभागले जनाएको छ। आरोहण अनुमति मागेका ८०२ जनाबाट सो परिमाणमा राजस्व संकलन भएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण ...
: आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै ...
: हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ। नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाए। विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला ...
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...