मुख्य समाचार
रुसका दुर्लभ खनिजहरूको उत्खननका लागि अमेरिकासँग सहयोगको प्रस्ताव गरेका छन्
रुसका दुर्लभ खनिजहरूको उत्खननका लागि अमेरिकासँग सहयोगको प्रस्ताव गरेका छन्

— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कब्जामा लिएका युक्रेनी भू-भागसहित रुसका दुर्लभ खनिजहरूको उत्खननका लागि अमेरिकासँग सहयोगको प्रस्ताव गरेका छन् ।


सोमबार राति एक टेलिभिजन अन्तर्वार्तामा राष्ट्रपति पुटिनले युक्रेन युद्धबारे ट्रम्पको दृष्टिकोणको प्रशंसा गर्दै अमेरिकालाई रुसको खनिज स्रोत उत्खननको प्रस्ताव राखेका बीबीसीले जनाएको छ । रुस-युक्रेन युद्ध अन्त्यबारे दुई देशबीच पहल भइरहेका बेला पुटिनले अमेरिकाका लागि नयाँ प्रस्ताव राखेका हुन् ।


युक्रेनको सुरक्षा ग्यारेन्टीको बदलामा अमेरिका र युक्रेनले पृथ्वीका दुर्लभ धातुहरूमा पहुँच प्रदान गर्ने सम्झौतानजिक पुगेको अनुमानबारे पुटिनले अमेरिकासँग मिलेर त्यस्ता धातुको प्रयोग गर्न आमन्त्रित गरेका छन् ।

पुटिनले भने, 'यो प्रस्ताव युक्रेनको रुसी कब्जामा रहेका क्षेत्रहरूमा खनिज स्रोतहरू उत्खननमा पनि लागू हुन्छ ।' त्यसका साथै उनले अमेरिकी कम्पनीहरूले रूसमा ऊर्जा र आल्मुनियम उत्पादनजस्ता परियोजनामा भाग लिनुपर्ने पनि बताए ।

सरकारी टिभी संवाददाताले ट्रम्पले 'रूसका हातमा खेलेका हुन् ?' भनेर सोधेको प्रश्नको जवाफमा पुटिनले आफ्नो दृष्टिकोण फरक रहेको बताएका हुन् । ट्रम्पले 'युक्रेनको हितमा, युक्रेनी राज्यको हितमा, युक्रेनी राज्यको रक्षा गर्न' काम गरिरहेको पुटिनको भनाइ छ ।


युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पद छाड्नुपर्ने ट्रम्पको भनाइमा रुसी राष्ट्रपति पुटिन पनि सहमत देखिएका छन् । युक्रेनी राष्ट्रपति युक्रेनमा 'सेना, समाज र राज्यलाई भ्रष्ट बनाउने कारक' भएको पुटिनको दाबी छ ।

'अमेरिकी राष्ट्रपतिलाई पक्कै पनि यो थाहा छ,' पुटिनले भने, 'वास्तवमा रुसले जेलेन्स्की त्यहाँ रहिरहेको र शासनलाई भ्रष्ट बनाइरहेको हेर्न चाहन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सम्झौता गर्नु बेलायतका लागि ‘धेरै खतरनाक’ हुने टिप्पणी गरेका छन्। बेलायती प्रधानमन्त्री किएर स्टार्मर चीन भ्रमणमा रहेका बेला ट्रम्पले उक्त चेतावनी दिएका हुन्। बेलायत र चीनबीच व्यापार र लगानी प्रवर्द्धन गर्ने लक्ष्यसहित विभिन्न सम्झौताहरू भएका छन्। बेलायतीहरूलाई निश्चित समयका लागि चीन भ्रमण गर्दा भिसा पनि नपर्ने सम्झौतहरू भएको एजेन्सीहरूले ...
: न्यूजील्याण्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति बोर्डमा सामेल हुन अस्वीकार गरेको छ। न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार क्रिस्टोफर लक्सनले इमेल गरिएको विज्ञप्तिमा भनेका छन्,'हामीले हालको रूपमा शान्ति बोर्डमा सामेल नहुने निर्णय गरेका छौं।' अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका लागि 'बोर्ड अफ पिस' नामक संस्था ...
— गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, उनीहरुले शरणार्थी शिविरमा शरण लिइरहेको अवस्थामा आक्रमण भएको थियो । हमास प्राधिकरण अन्तर्गतको मन्त्रालयका महाप्रबन्धक मुनीर अल–बर्सलाई उदृत गर्दै एएफपीले थप २० जना घाइते भएको तथा इजरायलले अपार्टमेन्ट र शिविरका नागरिकहरूलाई लक्षित गरि आक्रमण गरेको जनाएको ...
— विश्वको सबैभन्दा ठूलो ई–कमर्स प्लाटफर्म अमेजनले आफ्ना कम्पनीहरूबाट विश्वव्यापी रूपमा झन्डै १६ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । पछिल्लो तीन महिनामा कम्पनीले गरेको यो दोस्रो ठूलो जनशक्ति छाँटकाँट हो । कम्पनीले आफ्ना बाँकी भौतिक स्टोर, किराना र गो मार्केटहरू बन्द गर्ने जनाएको छ । ग्राहकको हत्केला स्क्यान गरेर रकम भुक्तानी गर्न मिल्ने प्रविधि ‘अमेजन वान’ पनि ...
— सिंगापुर एयरलाइन्सले यात्रु चापलाई लक्षित गर्दै मार्च र अप्रिल २०२६ मा सिंगापुर–काठमाडौँ रुटमा वाइडबडी विमान सञ्चालन गर्ने भएको छ। कम्पनीका अनुसार सातामा दुई उडान वाइडबडी विमानमार्फत सञ्चालन हुनेछ । आगामी मार्च र अप्रिलमा यात्रुको चाप बढ्ने भएकाले उडान क्षमता विस्तार गर्न वाइडबडी विमान प्रयोग गर्न लागिएको सिंगापुर एयरलाइन्स नेपालले जनाएको छ। उक्त विमान हालसम्म त्रिभुवन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम