मुख्य समाचार
रुसका दुर्लभ खनिजहरूको उत्खननका लागि अमेरिकासँग सहयोगको प्रस्ताव गरेका छन्
रुसका दुर्लभ खनिजहरूको उत्खननका लागि अमेरिकासँग सहयोगको प्रस्ताव गरेका छन्

— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कब्जामा लिएका युक्रेनी भू-भागसहित रुसका दुर्लभ खनिजहरूको उत्खननका लागि अमेरिकासँग सहयोगको प्रस्ताव गरेका छन् ।


सोमबार राति एक टेलिभिजन अन्तर्वार्तामा राष्ट्रपति पुटिनले युक्रेन युद्धबारे ट्रम्पको दृष्टिकोणको प्रशंसा गर्दै अमेरिकालाई रुसको खनिज स्रोत उत्खननको प्रस्ताव राखेका बीबीसीले जनाएको छ । रुस-युक्रेन युद्ध अन्त्यबारे दुई देशबीच पहल भइरहेका बेला पुटिनले अमेरिकाका लागि नयाँ प्रस्ताव राखेका हुन् ।


युक्रेनको सुरक्षा ग्यारेन्टीको बदलामा अमेरिका र युक्रेनले पृथ्वीका दुर्लभ धातुहरूमा पहुँच प्रदान गर्ने सम्झौतानजिक पुगेको अनुमानबारे पुटिनले अमेरिकासँग मिलेर त्यस्ता धातुको प्रयोग गर्न आमन्त्रित गरेका छन् ।

पुटिनले भने, 'यो प्रस्ताव युक्रेनको रुसी कब्जामा रहेका क्षेत्रहरूमा खनिज स्रोतहरू उत्खननमा पनि लागू हुन्छ ।' त्यसका साथै उनले अमेरिकी कम्पनीहरूले रूसमा ऊर्जा र आल्मुनियम उत्पादनजस्ता परियोजनामा भाग लिनुपर्ने पनि बताए ।

सरकारी टिभी संवाददाताले ट्रम्पले 'रूसका हातमा खेलेका हुन् ?' भनेर सोधेको प्रश्नको जवाफमा पुटिनले आफ्नो दृष्टिकोण फरक रहेको बताएका हुन् । ट्रम्पले 'युक्रेनको हितमा, युक्रेनी राज्यको हितमा, युक्रेनी राज्यको रक्षा गर्न' काम गरिरहेको पुटिनको भनाइ छ ।


युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पद छाड्नुपर्ने ट्रम्पको भनाइमा रुसी राष्ट्रपति पुटिन पनि सहमत देखिएका छन् । युक्रेनी राष्ट्रपति युक्रेनमा 'सेना, समाज र राज्यलाई भ्रष्ट बनाउने कारक' भएको पुटिनको दाबी छ ।

'अमेरिकी राष्ट्रपतिलाई पक्कै पनि यो थाहा छ,' पुटिनले भने, 'वास्तवमा रुसले जेलेन्स्की त्यहाँ रहिरहेको र शासनलाई भ्रष्ट बनाइरहेको हेर्न चाहन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...