मुख्य समाचार
चीनले दक्षिण कोरियाली फिल्म, के-पप र टिभी श्रृंखलामाथि लगाएको अघोषित प्रतिबन्ध हटाउने
चीनले दक्षिण कोरियाली फिल्म, के-पप र टिभी श्रृंखलामाथि लगाएको अघोषित प्रतिबन्ध हटाउने

। चीनले दक्षिण कोरियाली फिल्म, के-पप र टिभी श्रृंखलामाथि लगाएको अघोषित प्रतिबन्ध हटाउने तयारी गरेको छ । डेडलाइन म्यागेजिनका अनुसार सम्भवतः मे महिनादेखि यसको थालनी हुनेछ ।

‘ प्रतिबन्धहरू खुकुलो पार्नुले चीन ‘वुल्फ वारिअर’ कूटनीतिक नीतिबाट विश्वभर आफूविरोधी भावनालाई कम गर्ने उद्देश्यले ‘स्माइल पोलिसी’तर्फ सरेको संकेत देखिन्छ’ समाचारमा भनिएको छ ।


यस कदमलाई वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको अस्थिरताको प्रतिक्रियाको रूपमा पनि व्याख्या गर्न सकिन्छ, जसले धेरै राष्ट्रहरूमा ट्यारिफ लगाउने धम्की दिइरहेको छ, यद्यपि अमेरिकी राष्ट्रपतिको चीनप्रतिको दृष्टिकोण अझै स्पष्ट छैन ।

अमेरिकी थाड मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गरेपछि चीनले सन् २०१६ मा कोरियाली संगीत, चलचित्र, नाटक, खेल र अन्य सबै प्रकारका पप संस्कृतिको वितरणमा प्रतिबन्ध लगाउन थालेको थियो ।


बेइजिङले आधिकारिक रूपमा प्रतिबन्धलाई कहिल्यै स्वीकार गरेको छैन । थोरै कोरियाली फिल्म र नाटक चिनियाँ हल वा स्ट्रिमिङ प्लेटफर्ममा रिलिज भएका छन् । चीनले के-पप कलाकारलाई देशमा प्रदर्शन गर्न अनुमति समेत दिएको छैन ।

कोरिया इकोनोमिक डेली (केईडी)का अनुसार सन् २०२६ मा चीनमा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनका लागि चीनको तयारीलाई सम्हाल्ने एक वरिष्ठ अधिकारीले भने, ‘चीन सरकारले दक्षिण कोरियासँगको सहकार्यलाई बलियो बनाउन आवश्यक देखेको छ ।’

‘अर्को महिनादेखि, हामी सांस्कृतिक आदानप्रदान विस्तार गर्ने पहिलो चरणको रूपमा दक्षिण कोरियामा निजी स्तरको सांस्कृतिक प्रतिनिधिमण्डल पठाउनेछौं । मे महिनामा सांस्कृतिक सहयोगलाई पूर्ण रूपमा पुनः सुरु गर्ने लक्ष्य राखेका छौं’ ती अधिकारीले केईडीलाई भने ।

कोरियाको मनोरञ्जन बजार पनि प्रतिबन्धले पूर्णरुपमा प्रभावित भएको छ । केडीबी फ्युचर स्ट्राटेजी रिसर्च इन्स्टिच्युटको अध्ययनअनुसार चिनियाँ प्रतिबन्धले सन् २०१७ मा कोरियाली उद्योगलाई १५.३ बिलियन अमेरिकी डलरको क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटमा नेपाल–चीनबीच चलचित्र, संस्कृति र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । सो भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप ...
। ‘मिस युनिभस नेपाल २०२६’ को आवेदन खुला भएको छ । आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चरले पत्रकार सम्मेलनमार्फत इच्छुकलाई आवेदन दिन भनेको हो । प्रतियोगिताको औपचारिक अडिसन सुरु भएको जनाइएको छ । यस वर्षको प्रतियोगिताको नारा ‘तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ’ राखिएको छ । आयोजकका अनुसार नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी तथा नेतृत्वदायी युवतीको ...
। ‘द रोलिङ स्टोन्स’ को सात वर्षदेखि कायम मासिक कन्सर्ट आम्दानीको कीर्तिमान तोड्दै दक्षिण कोरियाली के-पप समूह बीटीएसले इतिहास रचेको छ । बिलबोर्ड बक्सस्कोर इतिहासमा ब्यान्डले कुनै पनि समूहद्वारा एक महिनामा सबैभन्दा धेरै कन्सर्ट आम्दानी गर्ने उपलब्धि हासिल गरेको छ। सार्वजनिक तथ्यांकअनुसार, बीटीएसले मे २ देखि २८ सम्म भएका केवल १२ वटा कार्यक्रममा ६ लाख ४१ ...
। बलिउड अभिनेता आमिर खानले प्रेमिका गौरी स्प्राटसँग आइतबार दिउँसो मुम्बईमा आयोजित समारोहमा विवाह गरेका छन् । विवाह समारोहबाट ताजा तस्वीर सार्वजनिक भएको छ जहाँ, आमिर–गौरीसहित परिवारका अन्य सदस्यलाई देख्न सकिन्छ । आमिरका छोरा जुनैद र आजाद पनि विवाहमा सहभागी देखिन्छन् । झरीको बाबजुद मुम्बईमा निकट आफन्तको सहभागितामा आमिर र गौरीले विवाह गरेका हुन् । आमिरको ...
विश्व चर्चित गायिका टेलर स्विफ्ट र उनका अमेरिकी फुटबल खेलाडी तथा मंगेतर ट्राभिस केल्सेको विवाह उत्सव न्यूयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनबाट सुरु भएको चर्चा छ । बिहीबार साँझ अभिनेत्री लेना डनहाम, स्विफ्टका लामो समयदेखि सहकार्य गर्दै आएका निर्माता ज्याक एन्टोनोफलगायत दम्पतीका चर्चित साथी औपचारिक पोशाकमा कार्यक्रममा पुगेका देखिएका थिए । हवाई दृश्यमा कालो एसयूभीहरूको लामो लर्को सेतो क्यानोपी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम