मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम ल्याउने घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम ल्याउने घोषणा

— धनाढ्य विदेशीहरूका लागि अमेरिकाले अब भिसा बेच्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम ल्याउने घोषणा गरेका हुन् ।


राष्ट्रपति ट्रम्पका अनुसार ‘गोल्ड कार्ड’ ५० लाख अमेरिकी डलर (६९ करोड ५० लाख रुपैयाँ) मा खरिद गर्न सकिनेछ ।राष्ट्रपति ट्रम्पले धनाढ्य विदेशीहरूलाई लक्ष्य गरी यो कार्यक्रम घोषणा गरेका हुन् ।


अमेरिकी सञ्चार माध्यमहरूका अनुसार ‘गोल्ड कार्ड’ किनेपछि कुनै पनि व्यक्तिले अमेरिकामा बस्न र काम गर्न पाउनेछन् भने अमेरिकी नागरिकता लिने प्रक्रिया पनि सहज हुनेछ ।

‘हामीले गोल्ड कार्ड बिक्री गर्दैछौं,’ ट्रम्पले ओभल अफिसबाट भनेका छन्, ‘तपाईंहरूसँग ग्रिन कार्ड छ, तर यो गोल्ड कार्ड हुनेछ । हामी यसको मूल्य करिक ५ मिलियन डलर राख्नेछौं र यसले ग्रिन कार्ड भएकाहरूले पाउने अधिकारका साथै नागरिकता प्राप्तिको बाटो खोल्नेछ । धनाढ्य मानिसहरू यो कार्ड किनेर हाम्रो देशमा आउनेछन् ।’

ट्रम्पले 'गोल्ड कार्ड' बिक्री दुई साताभित्रै सुरू गर्ने बताएका छन् । दशौं लाख विदेशीले यो कार्ड खरिद गर्ने उनको अपेक्षा छ ।


‘के तपाईंले रूसी अर्बपतिलाई पनि यो कार्ड बिक्री गर्दै हुनुहुन्छ ?’ भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले भने, ‘हो, सम्भवत: । म केही रूसी अर्बपतिहरूलाई चिन्छु, जो निकै असल छन् ।’

ट्रम्पले 'गोल्ड कार्ड' बेच्ने घोषणा गरिरहेका बेला छेउमा उभिएका वाणिज्यमन्त्री होवार्ड लुटनिकले उक्त कार्डले अमेरिकी सरकारको 'ईबी-५' भिसा कार्यक्रमलाई प्रतिस्थापन गर्नेछ । 'ईबी-५' ले विदेशी लगानीकर्तालाई रोजगारी सिर्जनाका लागि अमेरिकी परियोजनामा लगानी गर्न अनुमति दिन्छ । त्यसपछि मात्र उनीहरूले आप्रवासनका लागि भिसा आवेदन दिन सक्छन् ।



सन् १९९२ मा सुरू भएको 'ईबी-५' भिसा कार्यक्रमको मुख्य उद्देश्य विदेशी लगानी आकर्षित गर्नु हो । यस कार्यक्रमअन्तर्गत एक व्यक्तिले कम्तीमा १० लाख ५० हजार अमेरिकी डलर लगानी गरेर रोजगारी सिर्जना गर्नुपर्छ ।

ट्रम्प र उनको परिवारसँग जोडिएका व्यवसायहरूले पनि सम्पत्ति जोड्न यो कार्यक्रमको प्रयोग गरेका छन् । ट्रम्पको पहिलो कार्यकालमा पनि सांसद्‍हरूले यो कार्यक्रम आफ्नो लक्ष्यबाट विचलित भएको र सुधारको आवश्यकता रहेको बताएका थिए ।

२०१९ मा ट्रम्प प्रशासनले लक्षित आर्थिक क्षेत्रका लागि न्यूनतम लगानी ९ लाख डलर र अन्य क्षेत्रका लागि १८ लाख डलर तोकेका थिए । तर उक्त कदम सन् २०२१ मा प्रयास एक संघीय न्यायाधीशले खारेज गरिदिएका थिए ।

पछिल्लोपटक भने यो कार्यक्रम सन् २०२२ मा जो बाइडेन प्रशासनको समयमा नवीकरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मलेसिया र इन्डोनेसियाले एलोन मस्कको कम्पनी एक्सको एआई च्याटबट ग्रोकलाई प्रतिबन्ध लगाएका छन्। यो एआई उपकरणमाथि प्रतिबन्ध लगाउने यी विश्वका पहिलो देशहरू हुन्। ग्रोकले प्रयोगकर्तालाई तस्बिर उत्पन्न गर्न अनुमति दिन्छ। यद्यपि, हालका हप्तामा यो मानिसहरूको सहमति बिना उनीहरूको तस्बिर सम्पादन गर्न प्रयोग गरिएको छ। मलेसिया र इन्डोनेसियाले ग्रोकलाई महिला र बालबालिका संलग्न अश्लील र गैर-सहमतिपूर्ण तस्बिर ...
: इरानमा सैन्य हस्तक्षेप गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको जवाफमा चीनले प्रतिक्रिया जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनिन्, "चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोग वा धम्कीको विरोध गर्दछ।" पत्रकार सम्मेलनमा यस विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनिन्, "हामीले सधैं देशको आन्तरिक मामिलामा विदेशी हस्तक्षेपको विरोध गर्दै आएका ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई 'भेनेजुएलाको कार्यवाहक राष्ट्रपति' घोषणा गरेका छन्। ट्रम्पले ट्रुथ सोसलमा आफ्नो एउटा तस्बिर पोस्ट गर्दै आफूलाई "भेनेजुएलाको कार्यवाहक राष्ट्रपति" भनेका हुन्। जनवरी ३ मा अमेरिकाले भेनेजुएलाविरुद्ध कारबाही गर्दै त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई 'कब्जा' गरेको थियो। मादुरोले हतियार र लागूपदार्थ तस्करीको आरोपमा अमेरिकामा मुद्दाको सामना गरिरहेका छन्।
: इरानले अमेरिकासँग वार्ताका लागि कूटनीतिक माध्यम खुला रहेको बताएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले भने, "हामी वार्ताका लागि तयार छौं। तर वार्ता निष्पक्ष हुनुपर्छ, जसमा समान अधिकार र पारस्परिक सम्मान समावेश हुनुपर्छ।" यद्यपि, अराघचीले इरान युद्ध चाहँदैन, तर युद्धको लागि पूर्ण रूपमा तयार रहेको बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही घण्टा अघि इरानले वार्ता गर्न चाहेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रयोग गर्न सकिने सैन्य र गोप्य विकल्पबारे जानकारी दिएको रक्षा विभागका दुई अधिकारीले बीबीसीसँग बताएका छन्। सम्भावित अमेरिकी हस्तक्षेपका लागि लामो दूरीको क्षेप्यास्त्र आक्रमण एक विकल्प बनेको छ। तर पेन्टागनका अधिकारीहरूले साइबर अपरेशन र मनोवैज्ञानिक अभियान प्रतिक्रिया पनि अगाडि बढाइने उल्लेख छ। तीन हप्तादेखि जारी सरकार विरोधी प्रदर्शनमा ६०० ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम