मुख्य समाचार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई देशको दुर्लभ खनिज पदार्थमा पहुँच प्रदान गर्न तयार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई देशको दुर्लभ खनिज पदार्थमा पहुँच प्रदान गर्न तयार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई देशको दुर्लभ खनिज पदार्थमा पहुँच प्रदान गर्न तयार रहेको बताएका छन्। यसमा रूसले कब्जा गरेको युक्रेनका क्षेत्रहरू पनि समावेश छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकी समर्थनको बदलामा युक्रेनले अमेरिकासँग खनिजको सम्बन्धमा सम्झौता गर्नुपर्ने कुरा बताएका थिए।

पुटिनले अन्तर्वार्तामा आफूले संयुक्त परियोजनाहरूमा अमेरिकी साझेदार स्वीकार गर्ने बताएका छन्। यसमा फेब्रुअरी २०२२ मा युक्रेनमाथि आक्रमण गरेदेखि रूसले कब्जा गरेका क्षेत्रहरू पनि समावेश छन्।

युद्ध पछि रूसले पूर्वी युक्रेनका धेरै भागहरू कब्जा गरेको छ। पुटिनले युक्रेन र अमेरिका बीच खनिज सम्बन्धी सम्भावित सम्झौता चिन्ताको विषय नभएको पनि बताएका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डालासमा भारतीय मूलका मोटेल म्यानेजर चन्द्र नागमल्लैयाको हत्यापछि अमेरिकामा गैरकानुनी रुपमा रहिरहेका आप्रवासीमाथि निशाना साँधेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रथ सोशलमा लेखेका छन्, ‘टेक्सासको डालासमा चन्द्र नागमल्लैयाको हत्याको जानकारी पाएँ । उनी एक सम्मानित व्यक्ति थिए । उनकै पत्नी र छोराको अगाडि बर्बरतापूर्ण तरिकाले टाउको काटेर मारिएको छ ...

: अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गर्ने भएका छन्। भेटमा कतारमा इजरायली आक्रमण पछिको अवस्थाबारे छलफल हुने अपेक्षा गरिएको छ। गत हप्ताको आक्रमणमा हमासका नेताहरूलाई निशाना बनाइएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा धेरै विरोध भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसको आलोचना गरेका थिए। रुबियोले पहिले भनेका थिए,ʻस्पष्ट रूपमा हामी यसबाट खुसी ...
। इजराइलले पछिल्ला ७२ घण्टामा ६ देशहरूमा हमला गरेको छ। यसमा गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया रहेका छन्। यी आक्रमणहरूमा २०० भन्दा बढीको मृत्यु भएको छ र १००० भन्दा बढी घाइते भएका छन्। यी आक्रमण सोमबारदेखि बुधबारबीच भएका हुन्। इजराइलले यी देशहरूमा रहेका आतंककारी केन्द्रहरूलाई लक्ष्य बनाइरहेको जिकिर गरेको छ। इजरायलको यो कदमको ...
। अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले नेपालमा विकसित भएको घटनाबारे चासो राख्दै प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासको महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ, नागरिकको कडा योगदानले प्राप्त उपलब्धिहरूको रक्षा गर्नु वाञ्छनीय रहेको छ ।’ साथै नागरिकहरूविरुद्ध ...