मुख्य समाचार
२०२४ मा ८ लाख १८ हजार ५ सय आप्रवासीले पाए अमेरिकी नागरिकता
२०२४ मा ८ लाख १८ हजार ५ सय आप्रवासीले पाए अमेरिकी नागरिकता

— अमेरिकामा कागजातविहित आप्रवासी फर्काउनेसँगै कानुनी प्रक्रिया पुरा गरेकालाई नागरिक बनाउने प्रावधान पनि छ । अमेरिकी सरकारले बर्सेनी लाखौं आप्रवासीलाई ग्रिन कार्ड प्रदान गर्छ । ग्रिन कार्डको अवधि ४ वर्ष पारगरी कानुनी प्रक्रिया पुरा गरेकाले भने नागरिकता पाउँछन् ।


अमेरिकामा ग्रिन कार्ड लिएर बसोबास गर्दै आएका आप्रवासीमध्ये सन् २०२४ मा मात्र ८ लाख भन्दा बढी अमेरिकी नागरिक बनेका छन् । कागजात र प्रक्रिया पूरा गरेका आप्रवासीले कानुनअनुसार नागरिकता पाएसँगै उनीहरू अमेरिकी नागरिक बनेका हुन् ।


युएस सिटीजनसीप एण्ड इमिग्रेसन सर्भिसेज् (युएससीआईएस)ले वेवसाइटमार्फत २०२४ मा मात्र ८ लाख १८ हजार ५ सय आप्रवासीले नागरिकता पाएको तथ्यांक सार्वजनिक गरेको हो । जसमध्ये १८ देखि ६५ वर्षसम्मका ४ लाख ४९ हजार २ सय पुरुष, ३ लाख ६५ हजार ६ सय महिला र ३ हजार ७ सय अन्य छन् ।

तथ्यांकअनुसार जनवरी २०२४ मा ६८ हजार ५ सय, फ्रेबुअरीमा ६९ हजार ५ सय, मार्चमा ७७ हजार २ सय, अप्रिलमा ७१ हजार ७ सय, मेमा ७६ हजार ३ सय, जुनमा ६९ हजार ९ सय, जुलाइमा ६७ हजार ४ सय, अगस्तमा ६४ हजार ८ सय, सेप्टेम्बरमा ७२ हजार ९ सय, अक्टोबरमा ६३ हजार ३ सय, नोभेम्बर ६३ हजार ९ सय र डिसेम्बर ५३ हजार ५ सय आप्रवासी अमेरिकी नागरिक बनेका हुन् ।

नागरिक बन्ने आप्रवासीमा मेक्सीकोका १ लाख ७ हजार ७ सय, भारतका ४९ हजार ७ सय, फिलिपिन्सका ४१ हजार २ सय, डोमिनिकन रिपब्लिकन ३९ हजार ९ सय, क्युवा ३३ हजार ७ सय, भियतनामका ३३ हजार ४ सय, चीनका २४ हजार ३ सय, इल साल्भाडोरका २१ हजार ९ सय, जमाइकाका २० हजार, कोलम्बियाका २७ हजार ९ सय र बाँकी ४ लाख २८ हजार ८ सय विभिन्न देशका रहेको युएससीआईएसको तथ्यांक छ ।

२०२४ सहित ११ वर्ष अवधिमा ८५ लाख ४८ हजार ८० आप्रवासीले नागरिकता पाएका छन् । जसमध्ये २०२३ मा ८ लाख ७८ हजार ६ सय, २०२२ मा ९ लाख ६९ हजार र २०२१ मा ८ लाख १४ हजारले नागरिकता पाएका छन् । सन् २०२० मा ६ लाख २८ हजार, २०१९ मा ८ लाख ४३ हजार ६ सय ९३, २०१८ मा ७ लाख ६१ हजार ९ सय १, २०१७ मा ७ लाख ७ हजार २ सय ६५, २०१६ मा ७ लाख ५३ हजार ६०, २०१५ मा ७ लाख २० हजार ६ सय ४५ र २०१४ मा ६ लाख ५३ हजार ४ सय १६ आप्रवासी अमेरिकी नागरिक बनेका थिए ।

युएससीआईएसले नागरिक बन्ने आप्रवासीमध्ये सबै भन्दा बढी संख्या रहेको १० देशको नामसहित सार्वजनिक गरेको तथ्यांकमा नागरिकता पाउने नेपालीको संख्या भने उल्लेख गरेको छैन । ‘संयुक्त राज्य अमेरिकाले विश्वका सबै भागबाट आप्रवासीहरुलाई स्वागत गर्ने लामो इतिहास छ । बितेको एक दशकमा हामीले ७९ लाखभन्दा बढी अंगीकृत नागरिकलाई हाम्रो राष्ट्रको संरचनामा स्वागत गरेका छौं,’ युएससिआईएसले वेबसाइटमा उल्लेख गरेको छ ।



अमेरिकी नागरिक बन्ने निर्णय गर्नु आप्रवासीको जीवनको एउटा महत्त्वपूर्ण कोसेढुङ्गा हो । नागरिकताका लागि उम्मेदवारहरुले हामीलाई अमेरिकीहरुको रुपमा बाँध्ने एकीकृत सिद्धान्तहरुप्रति प्रतिबद्ध छन् भनेर देखाउनुपर्छ । त्यो प्रतिबद्धताको बदलामा उनीहरुले अमेरिकी नागरिकताका आधारभूत अधिकार र विशेषाधिकारहरुको उपभोग गर्नेछन् ।

धेरैजसो ती आप्रवासीहरु टेक्सस, फ्लोरिडा, न्यूयोर्क, क्यालिफोर्निया, न्यूजर्सी, इल्लोनोइस्, भर्जिनिया, जर्जिया, म्यासाच्युसेट्स, वासिङ्टन, पन्सिलभेनिया, मेरिल्याण्ड, न्यूमेक्सिको, नर्थ क्यारोलिना, मा बसोबास गर्दै आइरहेका थिए । युएससीआईएसका अनुसार आप्रवासीले अमेरिकी नागरिक बन्न मुख्य पाँच प्रक्रिया अनिवार्य पुरा गर्नुपर्ने हुन्छ । ग्रीनकार्ड लिएको चार वर्ष पुरा भएको हुनुपर्ने, अनलाइन वा भौतिक रुपमा आवेदन दिनुपर्ने, बायोमेट्रिक्स स्क्रिनिङ, अन्तर्वार्ता पास गर्नुपर्ने, नागरिक शास्त्र र अंग्रेजी परीक्षा दिनुपर्ने र नागरिकता पाएपछि शपथ लिनुपर्ने प्रावधान छ ।

आप्रवासीलाई अमेरिकी नागरिक बन्न र बसोबास कडाइका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प नयाँ कानुनहरु अघि बढाइरहेका छन् । उनले कागजातविहीन आप्रवासीलाई फर्काउने र कानुनी रुपमा बसोबास गरिरहेकालाई पनि ग्रिन कार्ड प्रदान गर्न नयाँ प्रावधानहरु ल्याउने प्रक्रिया अघि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...