मुख्य समाचार
च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गत इङ्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका सेफिफाइनल प्रवेश
च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गत इङ्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका सेफिफाइनल प्रवेश

च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गत इङ्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका सेफिफाइनल प्रवेश गरेको छ। इङ्ल्यान्डमाथि ७ विकेटको जितसहित दक्षिण अफ्रिका समूह बीको विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो।


टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्ड ३८.२ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको थियो। इङ्ल्यान्डले दिएको १८० रनको लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो। दक्षिण अफ्रिकाको लागि रस्सी भान डेर डुसेनले सर्वाधिक ७२ रन बनाए। उनले ८७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।

हेनरिच कालासिनले ५६ बलमा ११ चौकासहित ६४ रनको अर्धशतकीय पारी खेले। ओपनर रेयान रिकेल्टन २५ बलमा २७ रन बनाउँदै बोल्ड हुँदा अर्का ओपनर त्रिस्टन स्टब्सडकआउट भए। त्यसअघि ब्याटिङ गरेको इङ्ल्यान्डका लागि जोय रुटले सर्वाधिक ३७ रन बनाए। फिल साल्ट ८ रनमा, जेमी स्मिथ विना कुनै रन र बेन डकेट २४ रनमा आउट भए। त्यसपछि पनि कुनै खेलाडीले ठूलो पारी खेल्न सकेनन्। जो रुटले सर्वाधिक ३७ रन जोड्दा जोफ्रा आर्चरले २५ तथा जोस बटलरले २१ रन बनाए।


बलिङमा मार्को जानसेनले ९ ओभर बलिङ गर्दै ३९ रन खर्चेर ३ विकेट लिए। वियान मल्डरले ७ ओभर २ बल बलिङ गर्दै २५ रन दिएर ३ विकेट झारे। केशव महाराजले भने २ विकेट आफ्नो नाममा लेखाए। जितले दक्षिण अफ्रिका ५ अंक सहित समूह ‘बी’ को विजेता बन्यो। यसअघि अष्ट्रेलिया र दक्षिण अफ्रिकाको खेल वास आउट भएको थियो। दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १ सय ७ रनले हराएको थियो।

४ अंक जोड्दै सेमिफाइनल पुगिसकेको अस्ट्रेलिया समूह उप विजेता बन्यो। ३ अंक बनाएको अफगानिस्तान र अंकको खाता नखोली इङ्ग्ल्यान्ड समूह चरणबाटै बाहिरिए। यससँगै सेमिफाइनल समिकरण पूरा भएको छ। समूह ए बाट भारत र न्यूजिल्याण्ड सेमिफाइनल पुगेका छन्। सेमिफाइनल अघि आज यी दुई टिमले एक अर्काको सामना गर्दै छन्। यो खेलले समूह एको समूह विजेता चुन्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...