: नेपाली पुरुष फुटबल टिमको प्रशिक्षकका रूपमा अष्ट्रेलियन प्रशिक्षक म्याट रोस नियुक्त भएका छन्। उनलाई अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव किरण राईले १ वर्षको सम्झौता पत्र हस्तान्तरण गरेका हुन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्झौतामा हस्ताक्षर गरिएको हो। एन्फाले सोमबार नवनियुक्त प्रशिक्षक म्याटसँग पत्रकार सम्मेलन राखेको छ।