मुख्य समाचार
क्यालिफोर्निया नर्दन क्षेत्र (बेएरिया) मा नेपालीपन झल्किने नेपाली सामुदायिक केन्द्र भवन स्थापना
क्यालिफोर्निया नर्दन क्षेत्र (बेएरिया) मा नेपालीपन झल्किने नेपाली सामुदायिक केन्द्र भवन स्थापना

: नेपालीमुलका बासिन्दाहरूको बहुसंख्यक रुपमा बसोबास रहेको क्यालिफोर्निया नर्दन क्षेत्र (बेएरिया) मा नेपालीपन झल्किने नेपाली सामुदायिक केन्द्र भवन स्थापना भएको छ । नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) को अगुवाइमा सामुदायिक भवन स्थापना भएको हो ।


‘यहाँ बसोबास गर्ने नेपालीहरूले नेपालीले नेपाली सामुदायिक भवन निर्माणका लागि लामो समयदेखि पहल गर्दै आएका थिए,'नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) का अध्यक्ष प्रितेश कार्कीले भने ‘जुन पहलले आज मूर्त रुप लियो ।’

उनका अनुसार अमेरिकामा बसोबास गर्ने नेपालीहरूको सबैभन्दा पुरानो मध्येको एक संस्था नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) ले सन् १९९४ मा स्थापनादेखि नै आफ्नै सामुदायिक भवन स्थापनाको उद्देश्य राखेको थियो । ‘बेएरियावासी तपाई सम्पूर्ण सहयोगी हात र मन जोडिएर चन्दा संकलनबाट भवन खरिद गर्न सफल भएका छौं,'उनले थपे, ‘यो हामी सबैको साझा प्रयत्नको प्रतिफल हो। यो ऐतिहासिक अवसरमा सामुदायिक केन्द्र खरिदका लागि सहयोग सबैप्रति कृतज्ञ छौं ।’


बेएरियाको रिचमण्ड सिटी ३६९ चेल्सी एभिन्युमा रहेको रिलिजिएस प्रोपर्टी सुरूमा २४ लाख ७० हजार अमेरिकी डलरमा बिक्रीमा राखिएकोमा हामीले हालको १८ लाख ६० हजारमा अफर परेको उनले बताए । अहिले नेपाली समुदायका झण्डैं पाँचसय व्यक्ति एवं संस्थाबाट संकलित करिब ७ लाख डलर,न्यायले अघिल्ला अभियानमा संकलन गरेको र खातामा रहेको ९५ हजार डलर, समुदायकै सदस्यबाट सापटी लिएको १ लाख ८० हजार डलरसमेत गरेर ४५ प्रतिशत डाउनपेमेन्ट र बाँकी रकम बैंक ऋणबाट भवन खरिद गरिएको हो।

‘हामीले खरिद गरेको भवन करिब १० हजार ८ सय स्क्वायरफिटको भवन संरचना क्षेत्र र ५४ हजार स्क्वायरफिटको पार्किङ छ । भवनमा ५ सय २८ सिट क्षमताको सभाकक्ष,२ सय सिटको क्याफ्टेरिया,६ वटा अफिस कोठा,११० भन्दा बढी गाडी पार्किङ र शौचालय रहेको उनले सुनाए ।

अमेरिकाको क्यालिफोर्नियाका बासिन्दा नेपालीमुलका पत्रकार दीपक दाहालले करिब ७० हजार नेपाली बसोबास रहेको नर्दन क्षेत्रमा आफ्नै सामुदायिक भवन भएपछि विभिन्न चाडपर्व एवं धर्म,संस्कृति अनुसारका सामाजिक सांस्कृतिक कार्यक्रम गर्न सहज हुने विश्वास लिएको बताए । उनले यस क्षेत्रमा बसोबास गर्ने नेपालीमध्ये करिब ७ सय व्यक्ति र परिवार प्रत्यक्ष सहयोगबाट जोडिए पनि यो सामुदायिक केन्द्र सबैको साझा सम्पत्ति रहेको बताए ।

संस्थाका अध्यक्ष कार्कीले संस्थाले लिएको सापटी फिर्तासहित बैंक ऋणसमेत तिरेर छिट्टै भवन पेडअफ गर्ने योजना रहेको बताए । उनले सिंगो समुदाय एकजुट हुँदा यो कठिन विषय भने होइन,मासिक किस्ताको भार नपर्ने गरी भवन पेडअफ गर्न सकियो भने हामीले समुदायका सेवाका अझै थुप्रै कार्यक्रम गर्न अझै सहज हुने विश्वास व्यक्त गरे। उनले सम्पूर्ण बेएरियाबासी नेपाली समुदायसँग आफूले सकेको चन्दा सहयोगमार्फत् यो साझा संकल्पमा जोडिन अपील गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इराकका लागि नेपालका गैरआवासीय राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हसन् । त्यसअवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेको कुवेतस्थित नेपाली ...
: इजरायलमा अपहृत नेपाली नागरिक विपिन जोशीको परिवारले लामो प्रतीक्षापछि उनको एउटा जीवनको संकेतसहितको भिडियो सार्वजनिक गरेको छ। यो भिडियो इजरायली सेनाले 'युद्धका दौरान प्राप्त सामग्री' (IDF spoils)मा फेला पारेको र इजरायली गुप्तचर निकायमार्फत परिवारसम्म पुर्‍याइएको जनाइएको छ। परिवारका अनुसार उक्त भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ, जसमा विपिनलाई हमासको नियन्त्रणमा रहेको अवस्थामा देखिएको ...
श्रद्धा र आत्मीयताका साथ इजरायलमा नेपालीहरूको दशैं
। विदेशी जेलमा एक हजार भन्दा बढी नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही समयअघि सांसदको प्रश्नमा परराष्ट्र मन्त्रालयले दिएको जवाफ हालै संघीय संसद् सचिवालयले प्रकाशन गरेको छ । जसमा १ हजार १७१ नेपाली विदेशी जेलमा रहेको उल्लेख छ । यसमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । बाँकी जानकारी मन्त्रालयले उपलब्ध गराएको छैन । ...
। बेलायतको अल्डरसटमा कारको ठक्करबाट दुईजना वृद्ध नेपाली पैदलयात्रुको निधन भएको छ । फ्लीट रोडमा बुधबार बिहान करिब ६ः३० तिर निलो स्कोडा कारले ठक्कर दिँदा ७६ र ७७ वर्षीय दुई नेपाली पैदलयात्रीको घट्नास्थलमै निधन भएको ह्याम्पसायर प्रहरीले जनाएको छ । प्रहरीले मादक पदार्थ वा लागूऔषध सेवन गरी लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको आरोपमा कार चालक वकिङहाम निवासी ...