मुख्य समाचार
महोत्तरीको बर्दिबास रहेका पाँचवटा अस्पताललाई बन्द गर्न निर्देशन
महोत्तरीको बर्दिबास रहेका पाँचवटा अस्पताललाई बन्द गर्न निर्देशन

: मधेश प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंहले महोत्तरीको बर्दिबास रहेका पाँचवटा अस्पताललाई बन्द गर्न निर्देशन दिएका छन्। अनुगमन गरेका ८ अस्पतालमध्ये सेवा सञ्चालन अनुमति नलिएका ५ वटा अस्पताललाई बन्द गर्न निर्देशन दिएका हुन्।


बर्दिबासमा सञ्चालित पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एण्ड डेन्टल क्लिनिक , ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिकलाई बन्द गर्न निर्देशन दिएका हुन्।

सेवा सञ्चालन अनुमतिपत्र बिनै सञ्चालनमा रहेका अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिँदै मुख्यमन्त्री सिंहले विधि र प्रक्रियाअनुसार मापदण्ड पूरा गरी अस्पताल सञ्चालन गर्न सुझाव दिए।


यसैगरी अनुगमन क्रममा बर्दिवास स्थित महेन्द्र डेन्टल क्लिनिकले सेवा सञ्चालन स्वीकृति लिएको पाइएको छ। सेवा सञ्चालन अनुमति लिएको जनसेवा हस्पिटल र डिएनबि मेडिकेयर सेन्टरलाई नवीकरण गराउन मुख्यमन्त्री सिंहले निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सुडानमा नरसंहार, साढे २ वर्षयता ४० हजारभन्दा बढीको हत्या
बैतडीमा ट्याक्टर दुर्घटना : एकजनाको मृत्यु, चालक फरार
अमेरिका-चीन सम्बन्ध: तनावको भूमध्यरेखामा शान्तिको ‘हटलाइन’
नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको छ
नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान