मुख्य समाचार
इटालियन स्टार गोलरक्षक जियानलुइजी वुफनले नेपाल आउन पाउँदा आफ्नो लागि सपना पूरा भएको बताएका छन्
इटालियन स्टार गोलरक्षक जियानलुइजी वुफनले नेपाल आउन पाउँदा आफ्नो लागि सपना पूरा भएको बताएका छन्

: इटालियन स्टार गोलरक्षक जियानलुइजी वुफनले नेपाल आउन पाउँदा आफ्नो लागि सपना पूरा भएको बताएका छन्। तेस्रो संस्करणको केपी ओली कप २०२५ को फाइनलमा सहभागी हुन उनी नेपाल आएका हुन्।


आइतबार पत्रकार सम्मेलनमा बोल्दै वुफनले नेपालको झन्डा निकै फरक भएका कारण नेपाल आउनु आफ्नो लागि ‘ड्रीम कम्स ट्रु मोमेन्ट’ भएको बताए। २८ वर्ष लामो करिअरमा निकै चर्चा कमाएका वुफन भन्छन्, ‘मैले लामो समय खेल्न निकै मेहनत गरेको छु।’ आफ्नो कामलाई माया गर्दै यहाँसम्म आइपुगेको उनले सुनाए। null

उनी पहिलो पटक नेपाल आएका हुन्। उनी अर्को पटक पनि नेपाल आउन चाहेको उनले बताए। ‘मलाई आशा छ। पहिलो प्राथमिकता भनेको केपी ओली कपको फाइनलमा सहभागी हुनु हो। त्यसपछि म नेपाल अर्को पटक पनि आउन चाहन्छु। त्यो बेला म शहर घुम्न पनि चाहन्छु। मन्दिरहरू हेर्न चाहन्छु। म अर्को पटक आउने मौका चाहन्छु।’


उनलाई पत्रकार सम्मेलनको क्रममा विश्वका दुई चर्चित स्टार मेस्सी र रोनाल्डोको बारेमा समेत प्रश्न राखिएको थियो। जसको उत्तरमा उनी भन्छन्, ‘मलाई थाहा छैन। मेस्सी, रोनाल्डो, म्यारडोना या पेले भनेर भन्न सक्दिनँ। उहाँहरु सबैले फुटबलमा एउटा फरक इतिहास बनाउनु भएको छ।’

उनले नेपाली फुटबलले लामो दूरी तय गर्न अझ धेरै भौतिक पूर्वाधार र फुटबल खेल्ने वातावरण हुनु पर्ने बताए। ‘नेपाली फुटबललाई अगाडि बढाउन धेरै पूर्वाधारहरू हुनुपर्छ। धेरै युवा खेलाडीलाई फुटबल खेल्ने माहोल सिर्जना हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...