मुख्य समाचार
युक्रेनको सुरक्षाको ग्यारेन्टी हाम्रो हातमा छैन
युक्रेनको सुरक्षाको ग्यारेन्टी हाम्रो हातमा छैन

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्ने कुरा युरोपको हातमा रहेको बताएका छन्। यसमा अमेरिका पनि सामेल हुने कुनै ग्यारेन्टी नभएको उनले बताए।


ट्रम्पले आफ्नो मन्त्रिपरिषद् बैठक र ह्वाइट हाउसमा बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको भेटअघि उक्त बयान दिएका हुन्। स्टारमरले केहीअघि रूसलाई फेरि युक्रेनमा आक्रमण गर्नबाट रोक्न अमेरिकाले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिनुपर्ने बताएका थिए।

ट्रम्पले यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रबार 'ठूलो सम्झौता' मा हस्ताक्षर गर्न अमेरिका आउने उल्लेख गरेका थिए।


युक्रेनी राष्ट्रपति जेलेन्स्की संयुक्त राज्य अमेरिकासँग खनिज सम्झौता गर्न तयार भएको जनाएका छन्।

मिडिया रिपोर्टहरूमा अमेरिकाले युक्रेनको ५०० अर्ब डलर बराबरको खनिज पदार्थको प्रयोग गर्ने भनिएको प्रारम्भिक सर्त त्यागेको बताइएको छ।

खनिज सम्झौताको बदलामा अमेरिकाले युक्रेनलाई कुनै सुरक्षा ग्यारेन्टी भने दिएको छैन। जेलेन्स्कीको भने युद्ध अन्त्य गर्नुअघि युक्रेनको सम्पूर्ण सुरक्षाको ग्यारेन्टी सुनिश्चित हुनुपर्ने मुख्य सर्त रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...